Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मध्यमार्गका सफलताका बाह्रौं वर्ष

प्रभातफेरी अनलाइन ५७२० पटक पढिएको प्रकाशित मिति: २०७४ श्रावण १, आईतबार (८ साल अघि)
मध्यमार्गका सफलताका बाह्रौं वर्ष

ज्ञानमणि नेपाल कालोटोपी

[email protected]

पत्रकारिता आफैंमा चुनौतीपूर्ण पेशा हो । यो विषयमा जानकार हुँदा हुँदै पनि काभ्रेली पत्रकारितामा एउटा फरकधारको साप्ताहिक पत्रिका उदाएको थियो । मध्यमार्ग साप्ताहिक , पाठकमुखि पत्रकारिता हाम्रो प्रतिवद्धता नारा लिएर शुरु गरिएको यसपत्रिकाले आज सम्म आफूलाई १२ वर्ष सफलतापूर्वक हिंडाई सकेको छ । यस अवधिमा धेरै अप्ठ्याराहरु आए । समस्याहरु पनि नआएका होइनन् । जति बेला आफूलाई मध्यमार्गले कहिल्यै विश्राम दिलाएन । न खरायो जसरी दौडियो, न बसायो कछुवाकै तालमा । आफ्नै गतिमा निरन्तर अगाडि वढ्नु नै मध्यमार्गले १२ वर्ष पार गर्नुको मुख्य कारण हो भन्दा फरक पर्दैन ।
मध्यमार्गका शुरुवाती दिनहरु आफैंमा चुनौंतीपूर्ण थिए । झण्डै २ दर्जन पत्रिकाहरुका विचमा जिल्लामा संर्घष गर्नु र आफूलाई अलगधारमा उभ्याउनु चानचुने कुरा होइन । अहिले पनि जिल्लामा ३ दर्जन भन्दा धेरै पत्रपत्रिकाहरु प्रकाशित छन् । त्यस मध्ये चुनौतीहरुलाई पाखा लगाएर मध्यमार्ग अघि जानु आफैंमा ठूलो कुरा भएको प्रष्टै छ । हुन त मध्यमार्गमा मेरो यात्रा करिव ६ वर्ष जतिको मात्रै भएको छ । त्यस अघि जतिबेला मैले जिल्लाबाट पत्रकारिता शुरु गरेको थिएँ, त्यसपछि मात्र यसको जन्म भएको हो । शुरुवातकै चरणमा पनि मध्यमार्गले अरु भन्दा भिन्न खालको पत्रकारिता गरिरहेको थियो । प्रत्येक हप्ताको आइतबार प्रकाशित हुने पत्रिकालाई अरु भन्दा थप जिम्मेवारी हुन्छ । सबैले आइतबारका पत्रिकाले के लेख्यो भनेर विशेष चासोका रुपमा हेर्ने गरेको पाइएको छ । कतिपय अन्य पत्रिकाले पहिलो समाचारलाई नै अन्तिम सम्म पछ्याउने हुँदा पनि आइतबारको पत्रिकालाई थप चुनौती हुन्छ । यति मात्र होइन , नियमित प्रकाशित हुन नसकेर कतिपय पत्रिकाहरु प्रकाशन नै बन्द भएका छन् । तर मध्यमार्गले आफूलाई यस्तो घिट्घिटे अवस्थामा कहिल्यै पनि उभ्याउनु परेको छैन । यो नै उसको ठूलो सफलता हो ।
पत्रिका प्रकाशित हुनु मात्र होइन , निष्पक्ष रुपमा र पाठकहरुको रुचि अनुशार प्रकाशित हुन सक्यो भने मात्र त्यो पत्रिका सफल भएको मान्न सकिन्छ । बिगतका वर्षहरु भन्दा यसवर्ष मध्यमार्ग यसअर्थमा पनि फरक छ कि उसले यसवर्ष देखि जिल्लामा आफूलाई क वर्गको साप्ताहिक पत्रिकाको रुपमा मान्यता दिलाएको छ । यसलाई अहिले सम्मकै ठूलो उपलब्धि मान्न सकिन्छ ।
प्रत्येक दिन देश र जनताले आफूलाई सुसुचित भएको मान्न खोज्नु अनौंठो होइन । यसको अन्त्य गर्न मध्यमार्ग प्रयासरत छ । पाठक र शुभचिन्तकहरुको माग अनुशार नै मध्यमार्ग वेभसाइटमा पनि प्रकाशित हुन थालेको छ । यो अहिलेको प्रविधीको युगमा आवश्यक पनि हो । तर पनि समय अनुशार अझैं यसले आफूलाई फड्को मार्न सक्नुपर्छ । १३ औं वर्षमा प्रवेश गर्दा सम्म मध्यमार्गले जिल्लामा आफ्नो छुट्टै ठाउँ बनाइसकेको छ । यसको विकल्पमा अरु कुनै पत्रिका हुनै सक्दैन । यसको श्रेय पाठक, शुभचिन्तक र विज्ञापनदाताहरु लाई नै जान्छ ।
चुनौती र समस्या रहँदै पनि मध्यमार्ग साप्ताहिक आज १२ वर्ष पुरा गरि १३ औं वर्षमा प्रवेश गरेको खवर पाठकसामु पु¥याउन पाउँदा गर्व लाग्नु स्वभाविक हो । यस विचमा अरुले भोगेका साझा समस्या मध्यमार्गले पनि नभोगेको होइन तर समस्याहरुलाई पन्छाउँदै अगाडि जाने क्रममा आज यसले एउटा ठूलै फड्को मारेको प्रष्टै छ । प्रकाशन शुरु देखि नै आइतबार निस्किनु प्रत्येक पत्रिकाको चुनौती हो । तर मध्यमार्गले अरुको भर पर्नु परेको छैन । कुनै दिन पत्रिका बन्द गर्नु परेको खबर पनि हामीले अहिले सम्म दिनु परेको छैन । झण्डै ३ दर्जन पत्रिकाहरुको भिडमा यसले आफूलाई अलग्गै पहिचान दिएर आफ्नो साग जोगाएको छ भन्दा फरक पर्दैन ।
जिल्लामा भएका र हुने गरेका प्रत्येक विषय मध्यमार्गका उठानका विषयहरु भए । यो अवधीमा मध्यमार्गले कृषि, शिक्षा, राजनिती, सामाजिक , आर्थिक , खेलकुद , र महिलाहरुका विषयलाई मात्र उठाएन । जिल्लामा लुकेर बसेका खोजमुलक विषयलाई पनि उत्तिकै प्रस्तुत ग¥यो । भ्रष्ट्राचारका विषय र अनियमितताका खवरलाई पनि निर्भिकतापूर्वक पस्कने प्रयास ग¥यो मध्यमार्गले । त्यसैले त आज मध्यमार्ग साँच्चै को मध्यमार्ग भएको छ । अब आउने दिनमा पनि यसले आफ्नो गतिलाई पटक्कै विश्राम गर्ने छैन । बरु थप नयाँ जोश र जाँगरका साथ अगाडि वढ्ने छ । प्रत्येक पाठकहरु, विज्ञापनदाता र शुभेच्छुकहरुको माया र ममता नै मध्यमार्ग अझ अगाडि जान सक्ने उर्जाहरु भएको कुरा बताइरहनु पर्दैन ।
बदलिंदो समयसँगै मध्यमार्गले आफ्नो स्वरुप पनि परिवर्तन गर्दै जाने छ । कुनैपनि मान्छे वा अन्य वस्तु आफैंमा पूर्ण हुदैन । मान्छेकै कुरा गर्ने हो भने पनि जन्मिएपछि उसले आफ्नो अस्तित्वलाई बचाउन कति धेरै संघर्ष गर्नुपर्छ । कति चुनौतीको सामना गर्नुपर्छ । गाँस, वास र कपासको लागि जीवनभरि हण्डर खानुपर्छ । यति गरेर मात्र उसले आफ्नो लक्ष्य प्राप्त गर्न सक्छ । त्यस्तै मध्यमार्गले पनि अझ धेरै गर्न बाँकी छ । यसले अहिले सम्म जति ग¥यो त्यो नै सबै थोक अवस्य पनि होइन । आगामी दिनहरुमा कसरी अगाडि जाँदा राम्रो हुन्छ भनेर सुझाव र सल्लाह मध्यमार्गले सधैं यहाँहरुबाट अपेक्षा गरेको थियो विगतमा र गरिरहने छ आगामी दिनहरुमा पनि । प्रतिष्पर्धाको विचमा नयाँआयाम थप्दै अगाडी जान प्रयास गर्नु आज मध्यमार्गका लागि चुनौती बनेको छ । आगामी दिनमा पनि यो एउटा गतिशिल उर्जा बनोस् । यसले पाठकहरुको मन जितोस् र आउँदा दिनमा जिल्लाकै उदाहरणिय पत्रिका बन्न सफल रहोस् । १२ बर्ष पुरा गरेको अवसरमा मध्यमार्गलाई प्रगतीको शुभकामना ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

  • प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0