भरोसा नेपालले गरेको सार्वजनिक सुनावाई कार्यक्रममा सहभागी दृष्टिविहिन राधेश्याम पलाञ्चोकले दृष्टिविहिनलाई पनि अशक्त भत्ता उपलव्ध गर्न पहल गरिदिन आयोजकलाइ आग्रह गरे । “ शारिरीक अशक्त लेखपढ गर्न सक्छन्, जागिर खान सक्छन् तर हामीलाई हिँडडुल गर्नको लागि अर्को एक जना सहयोगी चाहिन्छ, अनि हामी कसरी अशक्त भएनौँ ” पलाञ्चोकले प्रश्न गरे ।
कार्यक्रम सञ्चालक शिव अधिकारीले सम्वधित पक्षलाई उत्तर दिन अनुरोध गरे तर महिला विकास कार्यलय काभ्रेकी बरिष्ठ महिला विकास अधिकृत माया लोहनी कार्यक्रममा अनुपस्थित थिइन् । प्रश्नको उत्तर दिदै जिल्ला स्वास्थ्य कार्यलय काभ्रेका प्रमुख डा. अर्जनप्रसाद सापकोटाले निर्देशिका नै परिवर्तन गर्नुपर्ने बताए । “निर्देशिकाले अपांगताबारे अर्कै व्याख्या गरेको छ, निर्देशिका नै बदल्नुपर्ने भएकाले अपांगताको क्षेत्रमा काम गर्ने संघसंस्थालाई पहल गर्न अनुरोध गर्दछु । ” सापकोटाले भने ।
अर्का दृष्ट्रिविहिन सुरेश धितालले अपांगता मैत्री सरचना नभइ नक्सा पास नगर्न स्थानीय निकायलाई आग्रह गरे । उनले अपांगता भएकाहरुको बजेट विकास निर्माणमा खर्च हुने गरेको गुनासो गरेका थिए ।
स्थानीय निकाय (गाविस, नगरपालिका)को सिफारिसका आधारमा जिल्लामा स्वास्थ्य, महिला विकास, प्रशासन लगायतका कार्यलयको सहभागिता हुने जिल्ला स्तरीय समितिले रातो, निलो, पहेलो र सेतो गरी ४ खाले अपांगताको परिचयपत्र दिने गर्छन् । रातोको लागि मासिक १ हजार भत्ता दिने गरिएको छ । निलो हुनेको लागि जिल्ला विकास समिति काभ्रेले मासिक ३ सयका दरले १ सय ५० जनालाई भक्ता दिँदै आएको छ । पहेलो र सेतो खालको परिचयपत्र हुनेले भने छात्रवृति, यातायातमा छुट लगायतका सुविधा पाउने गरेका छन् । बजेट अनुदान तथा सञ्चालन कार्यविधिमा कुल बजेटको १५ प्रतिशत रकम (दलित, जनजाति, अपांगता भएकाहरु ) विनियोजन गर्नुपर्ने व्यवस्था छ ।
सार्वजनिक सुनुवाईमा सरकारी निकायको बेवास्ता
सार्वजनिक महत्व र चासो राख्ने अधिकाशं सरकारी निकायका कार्यलय प्रमुख सार्वजनिक कार्यक्रममा सहभागी भएनन् । प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारीले समेत कार्यक्रममा सहभागिता जनाएनन् ।
जिल्ला प्राविधिक कार्यलयका प्रमखु इञ्जिनियर कृष्णलाल पिया निमित्त स्थानीय विकास अधिकारीको हैसियतमा सहभागी थिए । तर अधिकाशं गुनासोमा आफु नयाँ भुमिकामा रहेकोले यसबारे केही जानकारी नभएको बताइरहे । जिल्ला विकास समितिकै महिला शशक्तिकरण इकाइकी अधिकृत माया बादे, छत्रेबाँझका सचिव सुवर्णदास श्रेष्ठ, खनाथोकका सचिव भैरवप्रसाद खनाल सहभागी थिए । नेपाली कांग्रेसका सचिव शंखबुद्ध लामा, एनेकपा माओवादीका पुर्व संयनत्र प्रतिनिधी इन्द्रबहादुर थिङ र एमालेका सचिवालय सदस्य इन्द्रबहादुर तामाङ पार्टी प्रतिनिधीको रुपमा सहभागी थिए ।
सार्वजनिक चासोको प्रहरी, शिक्षा, प्रहरी, मालपोत, नापी, खानेपानी तथा सरसरफाई, निर्वाचन, सहकारी, कृषि, बनका कार्यलय प्रमुख कार्यक्रममा सहभागी भएनन् । उनीहरु शाखा तथ्याकं कार्यलय काभ्रेले आयोजना गरेको होटल अरनिकोमा आयोजना गरेको गरिवीको तथ्याकं सार्वजनिक गर्ने कार्यक्रममा सहभागी थिए । ती कार्यलयले प्रतिनिधीको रुपमा अन्य कर्मचारीलाई समेत पठाएनन् । सहभागीले समेत कार्यलय प्रमुखको जवाफ नपाउँदा निराश थिए । भरोसा नेपालका अध्यक्ष शिव अधिकारीले सबै कार्यलयलाई निमन्त्रणा गरिएपनि वेवास्था गरिएको बताए । जिम्मेवार निकायको अनुपस्थिती रहेकाले करिव ४० जना सहभागी मात्रै हलमा थिए ।
बक्समा
अपांगता भएकाको शिक्षामा पहुँच कम
धुलिखेल ÷ जिल्लामा अपांगता भएकाहरुको शिक्षामा कम पहुँच भएको सरोकारवालाहरुले बताएका छन् । उनीहरुले पहुँच बढाउन सरोकारवालाहरु लाग्नुपर्नेमा जोड दिएका छन् ।
तथ्याकं अनुसार, जिल्लामा अपांगता भएका करिव १ सय ३० जना बालवालिकाले शिक्षा लिइरहेका छन् । काभ्रे बहिरा विद्यालयमा ६५ जना, आदर्श बाल विकास केन्द्रमा २२ जना सुस्तमनस्थिती पुनस्र्थापना केन्द्रमा १२ जना, खरेलथोकमा १० जना र महादेवस्थानमा १० जना अपांगता भएकाले शिक्षा लिइरहेका छन् । १२ जनाले प्रवेशिका परिक्षा उर्तीण भएकोमा २ जना मात्रै क्याम्पस तहसम्म पुगेका छन् ।
काभ्रे आधारभुत शिक्षा कार्यक्रमको सन् १९९५ को तथ्याकं अनुसार, अपांगता भएका कुल ७ हजार ३ सय ९३ मध्ये ३ हजार ४ सय ४० जना बालवालिका छन् । २०६८ सालको जनगणना अनुसार, ६ हजार ६ सय ७० जना बालवालिकामा अपांगता छ । काभ्रे बहिरा विद्यालयकी प्रधानाध्यापक कृष्णप्यारी नकर्मी यो संख्या बढ्न सक्ने अनुमान गर्छिन् । “यकिन तथ्याकं नभएपनि ७ हजार भन्दा बढी छन् भन्ने अनुमान गरिएको छ । ” उनले भनिन् ।
कार्यक्रमका सहभागीले समुदाय र सरोकारवालाहरुकै कम चासो भएको गुनासो गरे । अपांगता रोग नभइ एक अवश्था मात्रै भएको समान व्यवहार हुनुपर्नेमा उनीहरुले जोड दिए । विद्यालयका संरचना अपांगता मैत्री बनाउन पनि उनीहरुको सुझाव थियो । कार्यक्रममा जिल्ला शिक्षा कार्यलयका उपसचिव नरेन्द्रकुमार पौडेल, खगेन्द्रकुमार प्रसाई, महिला विकास कार्यलयकी प्रमुख महिला विकास अधिकृत माया लोहनी, आदर्श बालविकास केन्द्रका प्रिन्सिपल मणिराज श्रेष्ठ लगायतले जिल्लाको अवस्थाबारे चर्चा गरेका थिए ।
अपांगता भएकाहरुलाई आत्मनिर्भर बनाउन जिल्लाको काभ्रे, पात्लेखेत, पाँचखाल, पोखरीचौरी, कुशादेवी, उग्रचण्डी नाला, रविओपी, शारदाबतासे, मेथिनकोट, पोखरीनारायणस्थान, चापाखोरी र चलाल गणेशस्थानमा समुदायमा आधारित पुनस्र्थापना कार्यक्रम लागु भइरहेको छ ।
यसैविच, सिविर कार्यक्रम लागु भएका १२ गाविसका १० जनालाई बनेपामा ३ दिने अपांगता सम्वन्धी अभिमुखिकरण कार्यक्रम गरिएको छ । प्रमुख महिला विकास अधिकृत माया लोहनी, अपागं बाल अस्पतालका सिविर कार्यक्रम संयोजक नित्र देउजा, कृष्णप्यारी नकर्मी लगायतले अपांगता परिचयपत्र र सिविआर कार्यक्रमबारे चर्चा गरेका थिए । असार १५ गते देउपुरमा कार्यक्रम गरिएको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |