logo
२०८३ अषाढ ४, बिहिबार |
📰
🔍

काभ्रेमा सामुहिक बलात्कार पछि हत्या

प्रभातफेरी अनलाइन७७४२ पटक पढिएको प्रकाशित मिति: २०७४ भाद्र २२, बिहिबार(८ साल अघि)

Notice: Trying to get property 'post_title' of non-object in /home/namunawe/prabhatpheri.com.np/wp-content/themes/namuna-prabhat-news 026/single.php on line 85
Post Thumbnail

काभ्रेपलान्चोक, २१ भदौ । गत भाद्र १३ गते काभ्रेको बनेपा नगरपालीका ८ पुन्यमती खोला नजिकै मकैबारी भित्र एक स्थानिय महिलालाई सामुहिक बलात्कार पछि हत्या भएको पृष्टि भएको छ ।

काभ्रे जिल्ला बनेपा नगरपालीका वडा नम्बर १० बस्ने ५७ वर्षया नानु आले मगरलाई सामुहीक बलात्कर पछि हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले पत्रकार सम्मेलन गर्दै घटनामा संलग्न अभियुक्तहरुलाई सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार काभ्रे भुम्लुका गोपाल परियार, धुलिखेलका साधुराम विक ,नमोबुद्धका महेश परियार, सिन्धुपाल्चोक मेलम्चीका सिताराम थापा रामेछापका प्रकास परियार र काभ्रे कोशीपारीका दिलबहादुर प्रधान सहित ६ जनाले नानु आले मगरलाइ मकैबारीमा बलात्कार पछि हत्या गरेर फरार रहेका थिए ।

६ जनाले लगातार ५७ वर्षिय महिलालाई बलात्कार गरेर हत्या गरेको अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एस्पी सहकुलबहादुर थापा बताए । काभ्रे प्रहरीका अनुसार अभियुक्तहरुलाई जबजस्ती करणी र कर्तव्य ज्यान उद्योग अन्तर्गत जिल्ला अदालत काभ्रेमा मुद्दा दर्ता गरेको जानकारी दिनुभयो ।