तिमी छौ र पो म छु भन्ने लाग्छ मलाई किन किन ।
तिमी बिनाको जीवन साँच्चै कल्पना पनि गर्न सक्दिन ।।
तिमीसँगका हरेक पल लाग्छ मलाई धेरै धेरै मीठा ।
यात्रा पनि अत्यास लाग्दो लाग्छ सब चिज तीता ।।
दोबाटोमा तिमीले छाडिदिदा अनायसै म त झस्किएछु, ।
गयौ तिमी सपनी मै टाढा टाढा लाग्यो अब रित्तिएछु ।।
बुझाउँ म कसरी यो नबुझ्ने मन छ आफैलाई जलाई ।
आफ्नो भन्नु तिमी नै हौ सुनाउँ म भन पीडा कल्लाई ।।
कहिले नपुगेको ठाउँ पुग्दा त म तर्सिएछु, म त त्यसै ।
नशोचेको मैले आज हुँदा विरक्तिन पुग्यो तन मन यसै ।।
अरुण मस्त नशामा घ्वार घ्वार गर्दै निदाइरहेको थियो भने सरु छटपटी नै छटपटीमा यता उता हल्लिरहेकी थिइन् । सरु अरुण नशामा यसरी सधैं डुबिरहेकोमा चिन्तित थिइन् । तर अरुण भने उनको कुनै कुरा नै सुन्न चाहन्नथे । त्यसैले सरु आफूलाई यो कुरामा धेरै अभाग्यशाली ठान्थिन् । तर पनि एकदिन अवश्य नै अरुण आफ्नो मायामा आउने नै छ भन्ने पूर्ण विश्वास थियो ।
अरुण बिस्तारै नशाबाट उत्रदैथियो । अरुण अर्धचेत अवस्थामा नै बबैराउँदै थियो —“साला त्यसले मलाई धम्काउने । त्यसलाई त …………। सजनी भन त्यसलाई म के गरु ? मलाई कसैले हेपेको मन पर्दैन । म पनि ठूलाबडा कै एक सन्तान हुँ । कसले मलाई हेप्न सक्छ । प्रिया तिमी पनि यार आउ न बसौं रमाइलो गरौं । यार तिमी छौ र पो म छु ।”
अरुण त्यसै त्यसै आफ्नो तालमा बर्बराइरहेको थियो । उसले के बोल्दैछ सरु अनविज्ञ थिईन् । अरुणको ताल देखेर सरु छक्क परिरहेकी थिइन् । सरु उसलाई नै कुरेर बसिरहेकी थिइन् । अरुणमा बिस्तारै बिस्तारै होस फिर्दैथियो । जब अरुण पूर्ण होसमा आयो । उसले आफूलाई नयाँ ठाउँमा पाएर उ आफै छक्क प¥यो । उसले नयाँ ठाउँमा आफूलाई पाएपछि सरुलाई प्रश्न ग¥यो–“ म यहाँ कसरी ? सरु के भयो मलाई ? तिमी पनि निकै तनावमा देखिन्छौ । के भोर त्यस्तो ?”
सरु अरुण होसमा आएपपछि केहि खुसी देखिइन् । उनी बोलिन्–“तिमी सडकमा लडेर बेहास भएर ढलिरहेको थियौ मैले बाटोमा भेटेर यहाँ ल्याएकी हुँ । खासै त्यस्तो केही भएको छैन रे डाक्टरले भनेको तर ओभरडोजका कारण यस्तो भएको रे । अब तिमीले नशा छाडेनुपर्छ रे । नत्र बिस्तारै बिस्तारै यो नशाले तिमीलाई र तिम्रो स्वास्थ्यलाई नै सखाप गर्दै छ रे । त्यसैले प्लीज तिमी नशा लिन छाडिदेउ न । तिमी यति राम्रो मान्छे किन यति राम्रो आफ्नो जीवनलाई बर्बाद गर्दैछौ ? अरुण अब यो बाटो छाडिदेउ न है ।”
सरुले भनेको ती वाक्य उसलाई हेपेर बोलेको झैं लाग्यो । उसको एकाएक कन्सिरीको रौं तात्न थाल्यो । जुरुक्क उठेर सरुलाई नै खाउँला झैं गरि हेर्दै भन्यो–“के ठानेकी छौ तिमीले आफूले आफूलाई हँ ? खाएँ त खाएँ मैले आफ्नै सम्पत्ति खाएँ । तिमीलाई किन टाउको दुख्यो हँ । तिमी मलाई अनाहकमा उपदेश नदेउ । तिमी आफूलाई खुबै जान्ने सम्झन्छौ किन ? को हौ तिमी मेरो ? मलाई अनावश्यक अर्ति उपदेशको खाचो छैन ।” अरुण जुरुक्क उठेर हातमा लगाएको स्लाइन आफैले छुटाएर सरासर अस्पतालबाट निक्लियो ।
सरुले उसलाई रोक्ने प्रयास गरिन् तर सरुलाई नै धकेलेर अरुण बाहिरियो । सरु अक्क न बक्क भई हेरेको हे¥यै भईन् । उसको आँखाबाट अनायसै आँसु झर्न थाल्यो । “आखिर किन अरुणले मेरो भावना बुझ्दैन । म भने उसको लागि सबथोक लुटाउन तयार । तर…………… उ भने किन मसँग त्यतिकै त्यतिकै तर्किएर हिँड्छ ? ” मनमनै भनिन् । सरुले आफूलाई आफैले सम्हाल्ने कोशिस गरिन् । आफ्नो रसाएको आँखालाई सलको एकछेउले पुछिन् अनि अस्पतालको बिल तिरेर आफ्नो बाटो लागिन् ।
सरुले आँसुमा डुब्दै अरुणको व्यवहारलाई झलझली सम्झन थाली । मनमनै भनिन्–“ठीकै छ तिमी मबाट जति नै टाढा हुन खोजे पनि म तिमीलाई एक दिन आफ्नो बनाएर नै छाड्छु । यदि मेरो चोखो मायामा शक्ति छ भने म तिमीलाई एक दिन न एक दिन मेरो मायामा डुबाएर नै छाड्छु । खैर तिमी राम्ररी सुध्रिदिए पुग्छ । म हरदिन तिम्रो सुस्वास्थ्यको कामना गरिरहन्छु । मेरो माया निस्वार्थ अनि निश्चल छ तिमीलाई मेरो मायाले एक दिन एक दिन सहि बाटोमा ल्याएर नै छाड्नेछ ।”
सरुले जति नै पहल गर्दा पनि अरुणले गाँजाको नशा त्याग्न सकेको थिएन । सधैं सधैं गाँजाको नशामा झुम्म भएर बस्नु नै उसको दैनिकी हुन थाल्यो । बिस्तारै बिस्तारै उसको घर परिवारले पनि उसको खर्च कटौती गर्दै जान थाल्यो । ऊ बेखर्ची बन्न पुगे पछि सबै साथिभाइहरुले पनि साथ छाडे । म तिमी बिना मरिहाल्छु भन्ने उसको थुप्रै प्रेमिकाहरु पनि बिस्तारै बिस्तारै टाढिन थाले ।
साथिभाइ प्रेमिका सबैले त्यागेपछि ऊ त्यसै त्यसै पागल झैं हुन थाल्यो । त्यसमाथि पनि आफूले भने जस्तो नशा सेवन गर्न नपाएपछि ऊ त्यसै त्यसै तड्पिन थालेको थियो । जुन कुराबाट सरु अनविज्ञ थिइनन् । उनले ठूलो प्रयास पश्चात अरुणलाई फकाएर पुनस्र्थापना केन्द्रमा लगेर उपचार गराउन सफल भइन् ।
बिस्तारै बिस्तारै अरुण कुलतबाट टाढिदै जान थाल्यो । उसलाई आफ्नो जीवनको महत्व बारे पनि बिस्तारै बिस्तारै ज्ञान हुँदै जान थाल्यो । आफ्नो स्वास्थ्य र ज्यानको पनि माया लाग्न थाल्यो । साँच्चै नै सरुको साँचो मायाले अरुणलाई ताने झैं भो । बिस्तारै बिस्तारै अरुण सरुको नजिक आउन थाल्यो ।
क्रमशः
(घटना सत्य भए पनि पात्रहरु फेरिएका छन्)
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |