भदौ २५ – लियोनल मेस्सीको ह्याट्रिकको मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा विजयी यात्रा कायम राखेको छ ।
लिग अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले स्पानियोललाई ५–० ले हरायो । बार्सिलोनाको जितमा मेस्सीले २६, ३५ र ६७ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । मेस्सीले बार्सिलोनाबाट गरेको यो ३८ औं ह्याट्रिक हो । यस्तै ८७ औं मिनेटमा जेराड पिके तथा ९० औं मिनेटमा लुइस स्वारेजले गोल गरेपछि बार्सिलोनाले ५–० को शानदार जित दर्ता गर्यो ।
यो खेलमा उस्मान डेम्बेलेले बार्सिलोनाबाट डेब्यु गरेका थिए । उनी ६८ औं मिनेटम सबस्टिच्युडको रुपमा मैदान छिरेका हुन् । जितपछि शीर्ष स्थानको बार्सिलोनाको ३ खेलबाट ९ अंक भएको छ । राति नै भएको खेलमा लेभान्टेसँग १–१ को बराबरीमा रोकिएको रियल मड्रिड तीन खेलबाट पाँच अंकसहित छैटौं स्थानमा छ ।
राति भएका अरु खेलमा सेभिल्लाले एइबरलाई ३–० ले हरायो भने भ्यालेन्सिया र एथ्लेटिको मड्रिडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |