Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

चैते धान थन्क्याउन कृषकहरु व्यस्त

प्रभातफेरी अनलाइन २२४९ पटक पढिएको प्रकाशित मिति: २०७० अषाढ २४, सोमबार (१२ साल अघि)
चैते धान थन्क्याउन कृषकहरु व्यस्त

ज्ञानमणि कालोटोपी÷धाईटार
देशका धेरैजसो भागमा असार लागे सँगै रोपाईं गर्न कृषकहरुलाई धमाधम भएपनि जिल्लाका केहिभागमा भने गएको चैत महिनामा रोपिएको चैतेधान थन्क्याउन कृषकहरुलाई भ्याईनभ्याइ भएको छ ।
जिल्लाको मण्डनभेग र यस आसपासका कुन्तावेसि, सिपाघाट, रानीटार, दोलालघाट, पाँचखाल, धाईटार लगायतका सिंचाई सुविधा पूगेका फाँटहरुमा अहिले चैतेधान पाकेर थन्क्याउने बेला भएकाले  कृषकहरु यतातिर पनि व्यस्त देखिएका हुन् ।
केहि वर्ष देखि पानी कम पर्न थाले पछि चैतेधान रोपाईं प्रभावित भएको भएपनि जति ठाउँमा रोपाईं गरिएको थियो त्यहाँ अहिले धान राम्रै फलेको छ । चैतेधान थन्क्याए लगत्तै पुनः रोपाईं गर्नुपर्ने भएकाले कृषकहरुलाई धमाधम भएको धाईटारका कृषक मुरलीप्रसाद पौडेलले बताउनुभयो ।  यस वर्ष कृषकहरुले जिल्लाको करिव ५ सय हेक्टर जमिनमा लगाईएको चैतेधान धन्क्याउने तयारी गर्दै रहेको जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यसरी वर्षमा एउटै खेतबाट २ पटक सम्म धानको उत्पादन गर्ने कृषकहरुको संख्या पछिल्ला दिनहरुमा वढ्दै गएको कृषक पौडेलले बताउनुभयो । यो सिजनमा कृषकहरुले ताइचिन, जापानिज तथा असारे जातका धानहरुको खेती गरेका र यसको अहिले बजार भाउ पनि रामै्र रहेको बताईएको छ ।
चैते धान खेती तर्फ कृषकहरु आकर्षित भए पनि उनीहरुका लागि सिंचाई नै मुख्य समस्याका रुपमा रहेकाले सोचे जस्तो यसको उत्पादन गर्न भने अझै नसकिएको कृषकहरुको गुनासो छ । यसका अतिरिक्त रासायनिक मलको मुल्यवृद्धि र कामदारको अभाव तथा ज्यालादरमा भएको वृद्धि लगायतका समस्याहरुले त सधैं झैं कृषकहरुलाई समस्या पारिरहेकै छ । तैपनि कृषकहरुले चैतेधान रोपाईं नछोडेकाले यो सिजन उनीहरुका लागि धान रोपाईं सँगै थन्क्याउने सिजनका रुपमा पनि परिचित रहँदै आएको सम्बन्धित कृषकहरु बताउँछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0