Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

चन्दा नपाएपछि बुढीगण्डकी सम्झौता रद्द : ओलीे, चुनाव खर्च जुटाउन सम्झौता खारेज

प्रभातफेरी अनलाइन ७०९० पटक पढिएको प्रकाशित मिति: २०७४ कार्तिक २८, मंगलबार (८ साल अघि)
चन्दा नपाएपछि बुढीगण्डकी सम्झौता रद्द : ओलीे, चुनाव खर्च जुटाउन सम्झौता खारेज

काठमाडौं- नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको संयुक्त सरकार रहेका बेला वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले दवाद दिएर गराएको बुढीगण्डकी सम्झौता भनेजती चुनाव खर्च नपाएपछि रद्ध गराएको बाम गठबन्धनले आरोप लगाएका छन् ।

 

प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भनेजति चन्दा नपाएपछि बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि भएको ठेक्का सम्झौता रद्द गर्न खोजिएको बताएका हुन् । बुढीगण्डकीको ठेक्का रद्द र वामपन्थी गठबन्धनका उम्मेदवारमाथि भएको आक्रमणमा सरकार र विप्लव समूहको साँठगाँठ रहेको उनको दाबी छ । सरकार फाँसिवादी ढंगले चलेको भन्दै ओलीले यसबीचमा गरेका निर्णयहरु नयाँ सरकारले खारेज गर्ने चेतावनी समेत दिएका छन् ।

वाम गठबन्धनका काठमाडौंका उम्मेदवारहरुको परिचयात्मक कार्यक्रममा एमाले अध्यक्ष ओलीले भने, ‘यही सरकारले सम्झौता र्गयो, यहि सरकार खारेज गर्न खोज्दैछ । कुरा प्रष्टै छ, चन्दा धेरै चाहियो !’ सरकारप्रति आक्रामक रुपमा प्रस्तुत भएका ओलीले वाम गठबन्धनका उम्मेदवारमाथि आक्रमण र बम हमला गर्ने सन्दर्भमा पनि सरकार र विप्लव समूहबीच साँठगाँठ रहेको आरोप लगाए ।

 

उनले अघि भने, यो सरकार र विप्लवमा के फरक छ ? एउटा चन्दाका लागि कब्जा गर्छ, लुट्छ, अर्कोले चन्दा नपाए आफैंले दिएको ठेक्का खोस्छ ।’ मन्त्रीनै बम हमला गर्नेको रिहाई गराउन लाग्नुले आफ्नो आरोप पुष्टि भएको उनले बताए । ओलीले भने, ‘सरकारको ध्यान शान्ति सुरक्षामा छैन, नेताहरुमाथि बम प्रहार गर्नेमा तिनीहरुको बीचमा साँठगाँठ छ, एउटाले बाम हान्ने, अर्कोले जोगाउने । केहीदिनअघि झापामा बिर्तामोडका मेयरको घरमा आक्रमण भयो, यो सिलसिला चलिरहेको छ ।’ राज्यकोषबाट कांग्रेस कार्यकर्तालाई करोडौं रकम आर्थिक सहयोगका नाममा वितरण भइरहेको भन्दै विपक्षी नेता ओलीले लुट खस्यौट रोक्न सरकारलाई चेतावनी दिए ।

‘राज्यकोषबाट एकै महिनामा २३ करोड रुपैया कार्यकर्तालाई बाँडिएको छ । गृहमन्त्रालयबाट १० हजारदेखि ५ लाखसम्म दिइएको छ । राज्यकोषमाथिको यो ब्रम्हलुट तत्काल बन्द गर्न म सरकारलाई चेतावनी दिन्छु’ ओलीले भने । ओलीले काठमाडौंका दशैं निर्वाचन क्षेत्रमा वामपन्थी गठबन्धनका उम्मेदवार बिजयी हुनुपर्ने बताए । सोही कार्यक्रममा एमाले बरिष्ठ नेता तथा क्षेत्र नम्बर २ का उम्मेवार माधव नेपालले वामपन्थी गठबन्धनबाट आत्तिएर कांग्रेसले अधिनायकवादको हौवा चलाएको बताए ।

 

बाम गठबन्धनले नेपाली काँग्रेसले आफु लोकतन्त्रवादी भएको हल्ला फिजाउँदै निरंकुशतातर्फ अघि बढेको समेत आरोप लगाएका छन् । नेपाली काँग्रेसका सभापति समेत रहेका शेरबहादुर देउवाले निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै राष्ट्रको ढुकुटी खोक्रो पार्ने, मनलाग्दी तरिकाले प्रहरीमा दरवन्दी थप्दै आफु निकटका प्रहरी अधिकारीहरूलाई बढुवा गर्ने जस्ता क्रियाकलाप गरेर लोकतन्त्र र कानुनी राज्यको धज्जी उडाएको गठबन्धनको आरोप छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0