Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

निर्देशक रेग्मी उपचारको लागि भारतमा

प्रभातफेरी अनलाइन १२३२ पटक पढिएको प्रकाशित मिति: २०७० भाद्र २, आईतबार (१२ साल अघि)
Post Thumbnail

अमरकृष्ण चन्द
ए मेरो हजुर, आफन्त, आफ्नो मान्छे, हामी तिन भाई, कहाँ भेटिएला, सुख दुख जस्ता हिट चलचित्रका निर्देशक शिब रेग्मी उपचारको लागि भारत लगिएको छ । ओम अस्पतालमा उपचाररत उनलाई रोगले झनै च्यापे पछि भारत लगिएको बताइएको छ । सँभव भएसम्म उपचारकै क्रममा उनको मृगौला प्रत्यारोपन भारत मै गरिने जानकारी स्रोतले दिएको छ ।
मृगौला समस्या कारण लामो समय अगाडी देखि पिडीत रहदै आएका रेग्मीको स्वस्थ अवस्था दिन प्रतिदीन बिग्रदै गएपछि उनलाई उपचारको लागि भारत लगिएको उनीसँगै लामो समयदेखि मुख्य सहायक निर्देशकको काम गर्दै खाएका मुस्कान ढकालले बताए । उनले भने ‘रेग्मीको मृगौला  फेर्नु पर्ने डाक्टरले बताएको छ ।’ प्रेसर र मधुमेह समेतबाट पिडित रहेको उनलाई कहि कतैबाट सहयोग नभएको समेत ढकालले बताए ।
शरीरमा बल हुन्जेल मात्र सबैको प्यारो, केहि गर्ने बल नभएपछि सबै टाढा हुने नेपाली सिने नगरीमा देखिने सबैभन्दा ठूलो समस्या तथा रोग हो । चलचित्र क्षेत्रमा ससक्रिय हुन्जेल , शरीरमा बल भएर काम गरुन्जेलसम्म अधिकांश चलचित्रकर्मी सबैका लागि लोकप्रिय थिए उनी । दिनहुँ उनलाई भेट्न आउनेको भिड नै लाग्थ्यो  । तर शारीरिक रुपमा अस्वस्थ भएपछि उनीहरु रेग्मीलाई भेट्न समेत जान थाले ढकालले बताए ।
न त सरकार त न चलचित्र क्षेत्र नै उनीहरुलाई सहयोगका लागि एकजुट भएको नै देखिन्छ  । नेपाली सिनेमा नगरीका सफल निर्देशक रेग्मी अहिले यस्तै समस्या झेलिरहका छन्  । लामो समयदेखि उपचार गराइरहेका उनी सहयोग मागिरहेका छन् । तर उनको बिषयमा सिंगो सिने नगरीले खासै वास्ता गरेको देखिदैन  । नगन्य मात्रमा चलचित्रसँग सम्बन्धित संस्थाले केहि सहयोग उपलब्ध गराए पनि अन्यत्रबाट खासै सहयोग उनलाई प्राप्त भएको छैन ।
भन्ने बेलामा कलाकार राष्ट्रका गहना हुन् भनेर भन्ने गर्छन् सबैले तर राष्ट्र रनेपाली चलचित्रको लागि आफ्नो लामो समय खर्चेका रेग्मी थलिदा उनलाई कहि हतैबाट पनि प्रयाप्त सहयोग नजुट्नुलाई बिडम्बना नै मान्नुपर्छ । उनको उपचारको लागि सरकार, चलचित्र बिकास बोर्ड, चलचित्र सम्बन्धित संघ संस्थाहरुले प्रयाप्त पहल गर्नु पर्नेमा सबै कानमा तेल हालेर मात्र बसेको उनी किटका एक निर्देशक बताउँछन् । यत्रो वर्ष आफ्नो जिन्दगीको महत्वपूर्ण सकय चलचित्र क्षेत्रमा लगाएको फल उनले के पाए त? अस्वस्थ हुँदा असहयोग मात्र ।
नेपाली चलचित्र क्षेत्रमा रेग्मीले कयौ हिट चलचित्र दिएका छन् । रेग्मीका धेरै जसो चलचित्रले रेकर्ड पनि बनाएका छन् । बिशेष गरि सेन्टीमेन्टल चलचित्र बनाउन माहिर रेग्मीको पछिल्लो चलचित्र सो सिम्पल निर्देशन गरेका थिए । यस चलचित्रमा मार्फत उनले छोरी भावना रेग्मीलाई अभिनयमा उतारेका थिए ।
रेग्मीकोे दुबै मिर्गौला फेल भएको हो  । उनको दुबै मिर्गौला फेर्नु पर्ने भएकोले उनको आफ्नै भाइले एउटा मृगौला दिन लागेका छन्  । निर्देशक रेग्मीका छोरा बंगलादेशमा डाक्टरी पढिरेहका छन् भने २ छोरी पनि अध्ययन पनि अध्ययनरत छन्  । पचास वर्ष पुग्नै लागेका निर्देशक रेग्मीले आफ्नो उपचारको लागि चलचित्र सँग सम्बन्धित सँघ संस्था एवं सरकार तथा सुभेच्छुकबाट सहयोगको अपेक्षा राखेका छन् । उनको मृगौला फेर्न करिब १५ लाख खर्च लाग्ने बताईएको छ । चितवन भरतपुर ४ का स्थायी बासीन्दा रेग्मीले लामो समयदेखि प्रेसर र मधुमेहको औषधी प्रयोग गर्दै आएका थिए् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0