Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

फितलो अनुसन्धानको कारण सर्वसाधारण मर्कामा, निर्दोश व्यक्तिलाई जेल चलान

प्रभातफेरी अनलाइन ६२५८ पटक पढिएको प्रकाशित मिति: २०७४ फागुन ८, मंगलबार (८ साल अघि)
फितलो अनुसन्धानको कारण सर्वसाधारण मर्कामा, निर्दोश व्यक्तिलाई जेल चलान

आई.आर.के मैनाली
पाँचखाल-२५ बर्ष अगाडि घटेकोे घटनाको बिषयलाई लिएर अदालतको फैसला कार्यान्वयन गराउने नाममा निर्दोश व्यक्तिलाई जेल हाल्ने प्रयास असफल भएको छ । ०४८ सालमा नावालिका बलत्कार भएको घटनामा ४ बर्ष जेल सजायको फैसला भएपनि हाल सम्म अभियुक्तलाई पक्राउ गरी सजाय दिन नसक्दा निर्दोश व्यक्ति पक्राउ परेका हुन् ।


२४ बर्ष अगाडि सिन्धुपाल्चोक जिल्ला अदालत बाट भएको फैसलाको आधारमा पांगे्रटार २ वस्ने रमेशबहादुर सार्कीले पाउनु पर्ने सजाय हाल आएर साविक पागे्रटार २ कापिङ्ग घर भै हाल पाँचखाल नपा वडा नं ६ बसोवास गर्ने रेशमबहादुर रोक्का लाई पक्राउ गरीएको थियो । फितलो ढंगको अनुसन्धानको कारण निर्दोश व्यक्तिलाई पक्राउगरी दोशिलाई उन्मुक्ति दिने ढंगको कार्यले गर्दा जटिल समस्या पैदा भएको छ । भट्ट सुन्दा उस्तै नाम भएको आधारमा मसिनो ढंगबाट अनुसन्धान नगरी ०७४ माघ १२ गते प्रहरीले पक्राउगरी रमेशबहादुर सार्कीले भोग्नुपर्ने सजाय रेशमबहादुर रोक्का लाई भोगाउने तयारी गरेको थियो ।

१२ गते पक्राउ परेका रोक्का निर्दोश भएको सम्बन्धित वडा कार्यालय, गाउंपालिकाको कार्यालयको सिफारीस मात्र नभई स्वयं उजुरी कर्ता समेतले जानकारी गराउंदा समेत कुनै अध्ययन बिना जवरजस्ति ढंगबाट कारागार पठाईएको थियो । निर्दोश व्यक्तिलाई कारागार पठाई दोशिलाई उन्मुक्ति दिन लागेको भन्दै स्थानियले विरोध गर्दा समेत कुनै पनि अनुसन्धान प्रकृया नवढाउंदा निर्दाेश रोक्काको श्रीमति सुन्तली रोक्काले सर्बाेच्च अदालत समक्ष बन्दी प्रत्यक्षकरणको लागि निबेदन दर्ता गराएपछि सोहि आदेशको आधारमा निर्दोश साबित भई माघ २८ गते छुटकारा पाएका थिए । निर्दोश व्यक्तिलाई मानसिक यातनाको साथै १८ दिन सम्म जेल जिवन बिताउन बाध्य पारिएको थियो ।
सिन्धुपाल्चोक जिल्ला साविक पांगे्रटार बस्ने धनप्रसाद तिमल्सिनाको छोरी बर्ष ६ को सञ्जु तिमल्सिना (नाउ परिवर्तन) लाई जवरजस्ति करणि गरेको अभियोगमा पागे्रटार गाबिस २ कापिङ्गमा बसोवास गर्ने टेकवहादुर सार्कीको छोरा रमेशवहादुर सार्कीको नाममा उजुरी पर्दा प्रहरीले पक्राउगरी सोधपुछ गर्दा साविति बयान को आधारमा मुद्धा चलाईएको थियो । अदालतले समेत बयानलिदा साविति बयान साथै अन्य प्रमाणको आधारमा ०४९ साल कात्र्तीक २७ गते रमेशबहादुर सार्कीलाई दोषि ठहर गर्दै जेल सजायको फैसला भएको थियो । जिल्ला अदालत सिन्धुपाल्चोकको फैसला चित्त नबुझि पुनरावेदन अदालत जाँदा समेत जिल्ला अदालतको फैसला कार्यान्वयन भएको थियो ।

अभियुक्त रमेशवहादुर सार्कीले प्रहरी समक्ष दिएको वयानमा १६ बर्षे भनि उल्लेख गरेपनि अदालतमा दिएको बयानमा आफु १४ बर्षको र प्रहरीले दवावका कारण १६ बर्ष भनेको भनि बयान दिएपछि उमेरको बिषयमा विवाद हुंदा विर अस्पतालमा उमेरको लागि चेक गराउंदा १२÷१३ बर्ष भन्दा माथियो हुन नसक्ने भनि प्रमाणित भएको थियो । सिन्धुपाल्चोक जिल्ला अदालतले गरेको फैसला चित्त नबुझि रमेशबहादुर सार्कीले पुनरावेदन अदालतमा पुनरावेदन गरेका थिए । सो अदालतले पनि सुरु अदालतको ईन्साफ सदर गरेपछि फरार रहेका अभियुक्तलाई हाल सम्म पक्राउ गर्न सकेको छैन ।

उजुरी कर्ता तिमल्सिनाले उजुरी गर्दा साथै अभियुक्तले प्रहरी र अदालत समक्ष बयान दिदा समेत भुन्टे सार्कीको नाती टेकबहादुर सार्कीको छोरा रमेशवहादुर सार्की उल्लेख भएको आधारमा जिल्ला अदालत र पुनरावेदन अदालत समेत बाट सजाय पाउने गरी फैसला भएको थियो । फैसलामा स्प्रट उल्लेख भएको अवस्थामा समेत फैसलालाई मसिनो ढंगबाट अध्ययन नगरी बलविर सार्कीको नाती कृष्णबहादुर रोक्काको छोरा रेशमबहादुर रोक्का लाई पक्रिएर कारवाही प्रकृया अगाडी बढाएको थियो । अदालतको वयानमा १४ बर्षको उल्लेख भै उमेरको विवाद भै अस्पतालबाट समेत कम उमेरको प्रमाणित भएका रमेशबहादुर सार्की भन्दा ३ बर्ष जेठा देखिएका रेशमबहादुर रोक्कालाई पक्रनुको कुनै पनि आधार नभएको अवस्थामा निर्दोश व्यक्तिलाई पक्रिएर १८ दिन सम्म जेल चलान गर्नुले न्यायालय प्रति सर्वसाधारणले शंङ्काको दृष्टिकोणले हेर्ने अवस्था निम्तिएको छ ।

४ बर्षको जेल सजाय मध्य अभियुक्त रमेशबहादुर सार्कीले ०४९ साल बैशाख २ गतेबाट ०४९ जेष्ठ ७ गते सम्म न्यायिक हिरासतमा रहेको कट्टा गरी बाँकी ३ बर्ष १० महिना २३ दिन जेल सजाय बस्नु पर्नेमा हाल सम्म फरार अभियुक्त पक्रन सकेको अवस्था छैन । फरार अभियुक्त रमेशबहादुर सार्कीलाइ पक्राउ गर्न नसकेपछि निर्दोश रेशमबहादुर रोक्कालाई पकृयको थियो ।

  • निर्दोश व्यक्तिलाई जेल चलान
  • फितलो अनुसन्धानको कारण सर्वसाधारण मर्कामा
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0