योगराज दाहाल
नेपाली कांग्रेस काभ्रेका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुले आगामी संविधान सभाको दोस्रो निर्वाचन नजिकिँदै गर्दा धयान पु¥याउनु पर्ने केही विशेष तथा प्रमुख कुराहरुलाई मैले व्यवहार त अनुभव र महसुस गरेका घटनाक्रमहरुलाई सम्पूर्ण नेपाली कांग्रेस कार्यकर्ता नेता र शुभचिन्तकहरुलाई यसरी अपिल गर्न चाहन्छु ।
शुरुमा नेपाली कांग्रेसको इतिहासदेखि वर्तमानसम्मका घटनाहरुलाई स्मरण गर्दै आफ्ना अनुभव प्रस्तुत गर्दछु । नेपाली कांग्रेस नेपालको इतिहासमै नेपाल र नेपाली जनताको परिवर्तनको लागि देशमा लोकतान्त्रिक प्रणालीको लागि क्रान्तिको उद्घोष गर्ने पहलिो राजनैतिक शक्ति हो । जसले १०४ वर्ष लामो जहाँनिया राणा शासनलाई अन्त्य गरेर नेपालमा प्रजातन्त्र स्थापना गरेको कुरा नेपालको इतिहासमा सुनौला अक्षरले लेखेर प्रमाणित गरेको छ । यसैगरी राजा महेन्द्रले प्रजातन्त्रलाई हत्या गरेर नेपाली कांग्रेसका नेताहरुलाई कठोर यातना दिई लादेको एक दलिय निरंकुश पंचायती व्यवस्थाको तीस वर्षे निरंकुशताको अन्त्य पनि २०४६ सालको महान जनआन्दोलनको नेतृत्व पनि नेपाली कांग्रेसले गरेको थियो र नेपालबाट एक दलिय व्यवस्थाको अन्त्य गरी संवैधानिक राजतन्त्र बहुदलिय प्रजातन्त्रको स्थापना गरी महान त्यागी नेता कृष्णप्रसाद भट्टराईको प्रधानमन्त्रीत्वमा यो देशले एकवर्षभित्र नै नयाँ संविधान २०४७ प्राप्त गरेको कुरा इतिहासमा प्रमाणित भएको कुरा हो ।
त्यसपछि नेपाली कांग्रेसको सरकारले ल्याएको खुल्ला अर्थ नीति तथा विकास निर्माण कार्यक्रमहरुले बिस्तारै गति प्राप्त गर्दै गर्दा देशमा ठूला ठूला राजमार्ग, उद्योगधन्दाहरु फस्टाउँदै गर्दा र देशले सूचना तथा प्रविधिको क्षेत्रमा ठूलो फड्को मार्दै गर्दा र देशका सम्पूर्ण क्षेत्रको विकासको गति अगाडी बढेर नेपाल र नेपालीको प्रगतिको पक्षले मुर्त रुप लिँदै गर्दा यो देशमा २०५२ साल फागुन १ गतेबाट तत्कालीन नेकपा माओवादीले बहुदलीय व्यवस्था बिरुद्धको कथित जनयुद्धको थालनी गर्दै देशमा एकदलिय निरंकुश कम्युनिष्ट राजस्थापनाको लागि देशभरका भौतिक संरचना ध्वस्त पार्दै निर्दाेष नेपाल आमा सपुतहरुको रगतको होलीबाट देशले कुनै परिवर्तन पाउन सकेन । अन्तत नेपाली कांग्रेसका आदरणिय महान नेता गिरिजाप्रसाद कोइरालाले बिद्रोही माओवादीलाई हत्या हिंसा छोडेर मुल धाराको राजनीतमिा ल्याई माओवादीलाई प्रतिस्पर्धात्मक राजनैतिक प्रणालीमा ल्याई ६२÷६३ को दोस्रो जनआन्दोलनको नेतृत्व पनि नेपाली कांग्रेसले लिएर आफ्नो पार्टीको विधानबाट संवैधानिक राजतन्त्र बहुदलिय प्रजातन्त्र भन्ने शब्दहरुलाई हटाएर लोकतान्त्रीक गणतन्त्रमा जाने निर्णय गरेर नेपालमा २४० वर्षदेखि शासन गर्दै आएको शाहवंशीय राजतन्त्रात्मक प्रणालीको अन्त्य गरेर नेपालमा लोकतान्त्रिक गणतन्त्रको नेतृत्व पनि नेपाली कांग्रेसले नै गरेको थियो । उग्रवामपन्थी तथा आयात गरेको कथित माओवाद तथा कम्युनिष्टको नाममा बन्दुकको नालबाट राज्य सत्ता प्राप्त गर्ने दिवास्वप्न देखेको माओवादी अन्तत त्यही बहुदलिय राजनैतिक व्यवस्थामा फर्काउने र देशमा हत्या हिंसाको राजनैतिकको अन्त्य गर्दै यो देश र देशवासीलाई लोकतान्त्रिक प्रणालीको सुत्रमा बाँध्ने नेपाली कांग्रेस आज स्वयम् नै पार्टी भित्र गुठ उपगुट र व्यक्तिवादी चरित्रबाट ग्रसित बन्नु भनेको यो देश र देशवासीको दुर्भाग्य हो ।
त्यसैले अब आउने संधिवान सभाको निर्वाचनमा नेपाली कांग्रेस लगायत लोकतान्त्रिक राजनैतिक पार्टीहरुको दुई तिहाई बहुमत संविधान सभाबाट प्राप्त भएन भने म दावाका साथ भन्छु यो देशमा संविधान सभाबाट कुनै हालतमा पनि संविधान निर्माण हुनेछैन । साथै यो देशको राष्ट्रियता, सार्वभौम सत्ता र नेपाल र नेपालीको अस्तित्व खतरामा पर्ने निश्चित छ । त्यसको प्रमाण के हो भने पहिलो संविधान सभामा आफूलाई संविधान सभाको जननी हो भनेर खोक्रो आदर्शको ढ्वाङ फुक्ने नेकपा माओवादी संविधान सभाको पहिलो र ठूलो शक्तिको रुपमा स्थापित थियो भने नेपाली कांग्रेस दोस्रो तथा सत्तामा जानको लागि जस्तोसुकै गठबन्धन पनि स्विकार्ने र माओवादीसँग भाग पाउँदा आफू पनि कम्युनिष्ट भन्ने र अरुसँग भाग पाउँदा आफूलाई लोकतान्त्रिक र प्रजातान्त्रिक भन्ने ‘न भाले न पोथी’ को रुपमा रहेको एमाले तेस्रो शक्तिको रुपमा संविधान सभामा हुँदा मधेशलाई मात्र आफ्नो देश देख्ने र तराइका नाममा सत्ताको खिचडी पकाएर देश टुक्राउन खोज्ने मधेशवादी दलहरु चौथो शक्ति थिए भने अन्य ससाना गरी संविधान सभामा २५ दलको उपस्थित थियो । तर यो देशले किन संविधान पाएन छ ?
त्यसको प्रमुख कारण के हो भने संविधान सभाको नेतृत्व नेपाली कांग्रेसको हातमा थिएन र यो देशले पनि संविधान सभा पाएन । आफूलाई महान् क्रान्तिकारी भन्ने माओवादी तथा आफूलाई मध्यमार्गी भन्ने अवसरवादी एमालेले चार वर्षको संविधान सभाको समयमा २÷२ पटक संविधान सभाबाट सरकारको नेतृत्व गरे तर हाता लाग्यो सुन्य र अन्तमा संविधान सभाको यिनीहरुले हत्या नै गरिदिए र त्यसपछि यो देशलाई कानून विहनी बनाएर राज्यको शक्तिलाई निकै कमजोर बनाइदिए पछि आव यो देशको अवस्था के छ भन्ने कुरा तपाई हामीलाई स्पष्ट नै छ ।
अब सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुलाई यो देशका कम्युनिष्टहरु प्रति विश्वास गर्ने कुनै आधार नभएकोले नेपाली कांग्रेसले त्यसको विकल्पको रुपमा आफ्नो पार्टीको स्पष्ट धारणा सहित शासकिय स्वरुप, संघियताको स्वरुप तथा व्यवस्थापिकाको स्वरुप स्पष्ट हुने गरी यो देशभित्र बसोबास गर्ने सम्पूर्ण जातजाति, भाषाभाषी, मधेसी, दलित जनजाति, चुरे तथा पहाड र हिमाली भेगमा बस्ने आदिवासी होस् या जंगलमा बस्ने राउटे तथा यो नेपालमा रहेका सम्पूर्ण जातजातिको सम्पूर्ण अधिकार सुनिश्चित हुने गरी समानुपातिक आधारमा सबै जातिको प्रतिनीधित्वको सुनिश्चितता गरेर खुल्ला प्रतिस्पर्धात्मक प्रणलीको समेत व्यवस्था मिलाई कुनै एकल जातिय पहचिानको आधारमा नभई बहुभाषिक, बहुसाँस्कृतिक आधारमा संघियता विस्तार गर्दँ भौगोलिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक मह्तवलाई प्रयोग गरेर नेपालमा गणराज्यको मुद्दालाई लिएर नेपाली कांग्रेस आगामी दोस्रो संविधान सभा निर्वाचनमा होमिनुको अर्काे विकल्प छैन ।
यदि यी सबै विषयहरुलाई समेटेर जनतामाझ नेपाली कांग्रेस जान सक्यो र पार्टीभित्रको गुटबन्दिलाई चिर्न सक्यो भने नेपाली कांग्रेस दोस्रो संविधानसभा निर्वाचनबाट पहलिो शक्ति बन्नलाई यो देशको कुनै पनि शक्तिले रोक्न सक्नेछैन । यहि मेरो अनुभव हो । अब काभ्रेमा नेपाली कांग्रेसको इतिहास वर्तमान र भविष्य मेरोब ुझाईमा यस्तो छ । राणा शासन कालमा नै नेपाली कांग्रेस काभ्रेका जनभई प्रमुख विजयी सुरुवात गरेको नेपाली कांग्रेस ३० वर्षे पञ्चायती शासन कालको दबाबमा पनि झुकेन र जनआन्लोलन ४६ पछि आजसमम्को विगतलाई अनुभव गर्ने हो भने २०५६ के संसदीय निर्वाचनभन्दा बाहेक जिल्लामा प्रतिपक्ष मै बस्नुपरेको छ । त्यसको मुख्य कारण के हो भने पार्टी भित्रको सत्ताको लागि मात्र कांग्रेस नेताहरु लाग्नु र गुट उपगुटबाट प्रेरित बन्नु यही सत्य हो । २०५६ सालको निर्वाचनबाट भने नेपाली कांग्रेस एकढिक्का भएर चुनावमा उत्रिएको हो र त्यसैकारण कम्युनिष्टहरुको जिल्ला भनेर चिनिने काभ्रे जिल्ला त्यसबेला नेपाली कांग्रेसको जिल्ला भनेर चिनाउन सफल भएको नेपाली कांग्रेस संविधानसभाको निर्वाचमा एकताबाट चुकेको हुनाले पराजय भोग्नु परेको तीतो यथार्थ नेपाली कांग्रेस काभ्ेका कार्यक्र्ताहरुलाई स्पष्ट नैछ ।
यदि आगामी संविधान सभामा पन िसोही नियती नेपाली कांग्रेस काभ्रेका नेतृत्व वर्गले दोहो¥यायो भने यसै लेख मार्फत भविष्वााण्ी गर्छु, कि काभ्रे जिल्लाबाट नेपाली कांग्रेसको भविष्य समाप्त हुनेछ । त्यसैले अब काभ्रे जिल्लाका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुले समयमै विचार पु¥याएर चारैवटा क्षेत्रमा पार्टीका योग्य लउम्मेदवार चयन गर्ने र समानुपातिक सिटमा पनि हाम्रो काभ्रेको भुगोल र सम्पूर्ण जाति र वर्गको नेतृत्व हुने गरी निर्वाचनमा काभ्रे कांग्रेस होमिने हो भने काभ्रेबाट कांग्रेसले काभ्रेली जनताको हाई हाई पाउने छ र कम्युनिष्टहरुले बाई बाई पाउनेछन्, त्यसैले हामी सम्पूर्ण काभ्रेली काँग्रेसहरु नेपाली कांग्रेसको नेपाली जनता र नेपालको सुनिश्चित भविष्य निर्माण गर्न आआफ्नो ठाउाबाट सबै परिचालित होऔं भन्ने अपिल गर्न चाहन्छु ।
मुख्यत आगामी निर्वाचनमा उम्मेदवार चयन गर्नु पहिलो चुनौती काभ्रे कांग्रेस सामु ६ संख्या नै प्रमुख आधार भएको हुनाले संस्थागत रुपमा नै एकताको सुत्रका बाँध्ने गरी काभ्रे कांग्रेसका नेता कार्यकर्ताले पार्टीभित्र रहेको सम्पूर्णै फोहोरलाई फालेर तीता कुराहरुलाई एक आपसबाट हटाएर हामी एउटै घरका परिवार भएका हुनाले सानोतीनो गल्ती कमजोरीहरु सबैले सबैलाई क्षमा गरी अगाडि बढ्नु नै काभ्रे कांग्रेसको आजको आवश्यकता हो ।
कार्यकर्ता भनेको व्यक्ति विशेष नभई संस्थाको हो त्यसैले संस्थालाई हानी पु¥याउने कार्य कसैबाट भयो भने त्यो भन्दा ठूलो अन्तरघात अरु केही हुनै सक्दैन र व्यक्ति विशेषका कारणबाट पराजय भोग्दा पार्टी हार्दा स्वयम् आफै पनि पराजित भइन्छ र अरुको शासन स्विकार्नु भन्दा अर्काे कुनै विकल्प हामीसँग हुनेछैन । तयसैले आदरणिय नेपाली कांग्रेस काभे्रका नेताहरु तथा सम्पूर्ण कार्यकर्ता साथीहरु अब हामी सम्पूर्णले गमभीर भएर सोच्ने बेला आएको छ र युद्धस्तरमा निर्वाचनको तयारीमा होमिनुपर्ने भएको हुनाले हाम्रो पार्टीको मुलमन्त्र राष्ट्रियता, लोकतन्त्र र समाजवादको आदर्शलाई नयाँ नेपालको संविधानमा सुनौलो अक्षरले लिपिबद्ध गर्ने महायक्षमा होमिनु जरुरी छ ।
साथै नेपाली कांग्रेसलाई काभ्रेबाट किन विजयी गराउनुपर्छ भन्ने कुरालाई पनि स्पष्ट गर्न चाहन्छु । नेपाली कांग्रेस काभ्रेका नेता शिवप्रसाद हुमागाईं तथा राजेन्द्र खरेल यो काभ्रेबाट विजयी हुँदा र नेपाली कांग्रेसको नेतृत्वको सरकार यो देश रहँदा काभ्रेको मुहार फेर्ने गरी भएका विकास निर्माणका कुराहरुलाई काभ्रेली जनतामाझ स्पष्ट लैजानु जरुरी छ र भोलिका दिनमा गर्ने कामको प्रतिबद्धता पनि गर्नु जरुरी छ । सो समयमा काभ्रेका विकट क्षेत्रहरुमा बाटो निर्माण कार्य दक्षिणी भेगमा विद्युतीकरण, कोशाीपारीको लागि पुल निर्माण खोपासी सुन्थान नहर योजना होस् या भक्तपुर नाला बनेपासम्मको कालोपत्रेको सुरुवात किन नहोस् जिल्लामा शिक्षा, स्वास्थ्य र खानेपानीको क्षेत्रमा जनतालाई जुन राहत पु¥याएको छ आगामी दिनमा नेपाली कांग्रेस काभ्रेलाई यस जिल्लाबाट जिताएर लोकतान्त्रिक संविधान बनाउन र यो देशको राष्ट्रियता निर्माण गर्न हामीले काभ्रेका सबै क्षेत्रबाट नेपाली कांग्रेसका नेताहरुलाई विजयी गराउनु अति आवश्यक भएको हुनाले सम्पूर्ण काभ्रेली दाजुभाइ÷दिदीबहिनीहरुलाई अपिल गर्नुपर्दछ । आज काभ्रे कांग्रेस इतिहासको त्यो मोडमा छ जुन मोडबाट सुरक्षित अवतरण गराउनु तपाइ हामी सबैको दायित्व हो । चित्त नबुझेका विषयहरु छन् कसैसँग भने परिवारभित्र छलफल गरी त्यसको व्यवस्थापन गर्नुपर्छ र सडकमा बसेर एउटा कांग्रेसदे अर्काे कांग्रेसलाई गाली गर्नु भनेको आफ्नो खुट्टामा आफैले बञ्चरो हान्नुभन्दा अर्काे कुनै मुर्खता हुनैछैन ।
एकले अर्कालाई निषेधको दृष्टिकोणबाट हटाएर अगाडी बढ्ने र पार्टीभित्रको आन्तरिक सत्ताको लागि मात्र खबेडा सृजना गर्ने र अर्काेले समानान्तर किसिमबाट कार्यक्रमहरु संचालन गर्ने प्रक्रियाबाट तत्काल काभ्रे कांग्रेसका नेता, कार्यकर्ताहरुले यो तिक्ततालाई छाडेर एउटा नयाँ सिराबाट पार्टीको संगठनलाई मजबुत गराई एकमत भएर काभ्रेका चारवटै क्षेत्रमा समायोजित हिसाबले पार्टीका सक्षम नेताहरुको नेतृत्व चयन गरी समानुपातिकतर्फ काभ्रेका सम्पूर्ण जनजाति र क्षेत्रलाई समेट्ने गरी उम्मेदवारी चयन गरेर अगाडि बढ्नु जत्तिको राम्रो बुद्धिमता अरु केही हुने छैन ।
पहिला मुखमा आएको निर्वाचन मा होमिएर काभ्रे कांग्रेसलाई सबै क्षेत्रबाट हाम्रा नेताहरुलाई विजयी गराउन आजको काभ्रे कांग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्ताको कर्तव्य हो भने पार्टीभित्रको आन्तरिक सत्ताको लागि आगामी १३ औं अधिवेशनबाट आफ्नो क्षमता प्रदर्शन गरेर अगाडि जानुभन्दा अर्काे बाटो रोज्नु भनेको काभ्रे कांग्रेसको हत्या गर्नुसरह हो भन्ने मेरो बुझाई ठम्याई रहेको छ । जय नेपाल ।
(लेखक, नेपाली कांग्रेस उग्रचण्डी नाला गाउँ कार्यसमितिका सभापति हुन्)
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |