Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पाँचखालमा रक्सि प्रतिबन्ध लगाउछौं – खरेल, मदिरा सेवनले बुद्धिमा बिर्को लाग्छ – निरौला

प्रभातफेरी अनलाइन ८८१८ पटक पढिएको प्रकाशित मिति: २०७४ फागुन १५, मंगलबार (८ साल अघि)
पाँचखालमा रक्सि प्रतिबन्ध लगाउछौं – खरेल, मदिरा सेवनले बुद्धिमा बिर्को लाग्छ – निरौला

आइ.आर.के मैनाली
पाँचखाल-पाँचखाल नगरपालिकाको आयोजनामा, घरेलु मदिरा तथा घरेलु हिंसा न्यूनीकरण सम्बन्धि अन्तक्र्रिया कार्यक्रम सोमबार सम्पन्न भएको छ । नगरका वडाध्यक्षहरु, बिभिन्न संघ संथाका प्रतिनिधिहरु, संञ्चार कर्मीहरु, स्वास्थ्यकर्मीहरु, सुरक्षा निकाय लगायतका सरोकारवालाहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।


कार्यक्रममा नगरका मेयर महेश खरेलले भन्नुभयो, “पाँचखालमा कुनै प्रकारको मदिरा निषेध गर्ने खालको ऐन निर्माण गरेर नगरलाई मदिरा रहितको नगर बनाउंछौं” । बिगतमा जे जस्तो भएपनि आम नगरवासिको हित र चाहनालाई मध्य नजर राख्दै नगरमा मदिरा व्याण्ड गर्ने बताउनु भयो । घरेलु मदिरालाई उत्पादन, बिक्रि गरेकै भरमा कसैले जिवन यापन गरी रहेका भए त्यस्ताको लागि नगरले वैकल्पिक व्यवस्था गरी आम्दानिको स्रोत व्यवस्थापन गर्ने मेयर खरेलको भनाई थियो ।

मेयर खरेलले उप—मेयर लक्ष्मी दनुवारलाई लक्षित गर्दै भन्नुभयो, “सपथ खाएकै दिनमा उहाँले नगरमा मदिरा निर्मुल पार्छु भन्नुभएको थियो, त्यस्तो अठोट लक्षलाई पुर्ण गराउनु आम पाँचखाल वासिको दायित्व हो” । मदिरा रहित पाँचखालको कल्पना नगरवासि समेतले गर्नु सारै राम्रो भएकोले त्यस्ता राम्रा कार्यलाई आफुले साथ दिने बताउनु भयो । कानुन बनाउंदैमा मदिरा रहित पाँचखाल नहुने भएकोले त्यस्तो कार्यमा नगरमा रहेका सम्पुर्ण टिमका साथै नगरवसिको साथ र सहयोग चाहिने बताउनु भयो ।

मदिराकै कारण घरेलु हिंसा हुने भएकोले घरेलु हिंसालाई पुर्णविराम लगाउने कार्यको लागि पहिलो अचुक उपाय मदिरा नियन्त्रण गर्नु पर्ने मेयर खरेलको तर्क थियो । मदिराकै कारणबाट हिंसा हुने हिंसाकै कारण आत्महत्या, कुटपिट, लुटपात, सम्बन्ध बिच्छेद, चोरी साथै नसाकै सुरमा सवारी साधन हाँक्दा दुर्घटना हुने मात्र नभएर आर्थिक रुपमा समेत पछि पर्ने भएकोले त्यस्ता समाज घातक कार्यको जरै ओखल्न मदिरामा प्रतिबन्ध लगाउनु पर्ने बताउनु भयो । राजश्व प्राप्त हुने नाममा मदिरा बेच विखनलाई खुल्ला गर्ने हो भने राजस्वबाट भएको आम्दानिको १० औं गुणा बढी क्षजि हुने भएकोले कुनै पनि प्रकारको मदिरालाई पाँचखालमा भित्रिन नदिनको लागि सवैको साथ चाहीने मेयर खरेलको भनाई थियो ।

कार्यक्रममा महिला बिकास अधिकृत प्रज्ञा निरौलाले भौतिक विकास संगसंगै सामाजिक बिकास हुन जरुरी रहेको बताउनु भयो । कुनै पनि प्रकारको मदिरा सेवन गर्दा सेवन कर्ताको बुद्धिमा बिर्को लाग्छ सोही बिर्काे लागेको अवस्थामा जे पनि हुन सक्ने भएकोले बिभिन्न प्रकारको हिंसा हुने बताउनु भयो । मदिरालाई सुख र दुःखमा पनि सेवन गर्ने बानि नसुधारे सम्म समाजको हित नहुने उहाँको तर्क थियो । निरौलाले थप्नुभयो “बुहारी चाहिने, श्रीमति चाहीने तर छोरी नचाहीने, जव छोरीनै नभए कसरि बुहारी अनि श्रीमति हुन्छ ?” । छोरो नजन्माएको निहुंमा समेत घरेलु हिंसाको घटना हुने गरेकोले जव सम्म चेतना खुल्दैन तव सम्म समाजमा हिंसा भई रहने उहाँको तर्क थियो ।

त्यसैगरी काभे्र जिल्ला समन्वय समितिका प्रमुख कोमलप्रसाद धमलाले पाँचखाललाई राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा परिचित गराउनको लागि नयाँ ढंगको कार्य गर्नु पर्ने बताउनु भयो । कृषि नगरीको रुपमा रहेको पाँचखाललाई मदिरा निषेधित नगरको रुपमा अगाडि बढ्न सके नगरवासिहरुको हित हुने बताउनु भयो । जिल्लामा रहेको कुनै गाउंमा मतवालि छैन तर सो गाउंमा सवै भन्दा बढि मदिरा खपत हुने गरेको बताउनु भयो । मदिराको लागि मतवालि रहेको गाउंमा मात्र सेवन गर्ने नभई चेतनाको कमिले गर्दा मदिरा सेवन हुने गरेको र सोहि मदिराकै कारणबाट घरेलु हिंसा हुने भएकोले मदिरा निषेध भएमा घरेलु हिंसाको घटना स्वत कम हुने उहांको तर्क थियो ।

पाँचखाल स्वास्थ्य शाखाका प्रमुख उज्जल अधिकारीले स्वागत मन्तव्य राखि सुरुभएको उक्त कार्यक्रममा पाचखाल नगरका कार्यकारी अधिकृत भोलाप्रसाद चापागाई, महिला शसक्तिकरण प्रतिनिधि मायाँ बादे, स्वास्थ्य प्रतिनिधि नेत्रप्रसाद न्यौपाने, वडा नं ७ का वडाध्यक्ष पुष्कर ढकाल, वडा नं २ का वडाध्यक्ष हरेराम खतिवडा, महिला साहारा विकास अध्यक्ष झलकुमारी दुलाल, महिला मानव रक्षक मैना दनुवार, महिला स्वयंसेवक गोमा लामा लगायतले पाँचखालमा मदिरा निर्मुलका बारेमा आ—आफ्नो धारणा राख्नु भएको थियो ।

  • पाँचखालमा रक्सि प्रतिबन्ध लगाउछौं - खरेल
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0