Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

‘सेक्स बिहे पछिको लागि साँच्नुपर्छ’ – मिना लामा

प्रभातफेरी अनलाइन २२०२ पटक पढिएको प्रकाशित मिति: २०७० भाद्र १६, आईतबार (१२ साल अघि)
‘सेक्स बिहे पछिको लागि साँच्नुपर्छ’ – मिना लामा

आफूमा भएको प्रतिभा विकास गर्दै कलाक्षेत्रमा लागेर आफूलाई चिनाउन नृत्य तथा मोडलिङ क्षेत्रमा संघर्षरत बहुप्रतिभाका धनी हुन् मिना लामा । नजर तथा दिलमाया लामाी सुपुत्री उनी लामो समयदेखि नृत्य क्षेत्रमा लागेर आफ्नो प्रतिभालाई निखार्दै आएकी छिन् । मोडलिङमा समेत रुचि राख्ने २०औं वसन्तमा पाइला चाल्दै गरेकी उनी काभ्रेमा हुन गइरहेको तीज सुन्दरी प्रतियोगिता मार्फत ग्लामरको दुनियाँमा आफूलाई अघि बढाउँने जमर्को गर्दैछिन् । धुलिखेल नवयूवा साँस्कृतिक समूहका संस्थापक सदस्य उनी संजीवनी नमूना उच्च मा.वि.मा ंको परीक्षा सकाएर बसेकी छिन् । प्रतिभा भएर पनि उचित अवसरको अभावले आफ्नो प्रतिभालाई प्रष्फुटन गर्न नपाएकी उनै बहुप्रतिभाका धनी मिना लामासँग मध्यमार्ग साप्ताहिकको कला मनोरञ्जन विशेषको लागि अमरकृष्ण चन्दले तयार पारेको कुराकानी ः–

अहिले के गर्दैहुनुहुन्छ ?
अहिले म  सिल्भर साइनको आयोजनामा हुन गईरहेको तिज सुन्दरी प्रतियोगिताको तयारीमा व्यस्त छु । तीज सुन्दरीको छिनोफानो यहि भदौ १४ गते हुँदैछ ।
कस्तो लागिरहेको छ तीज सुन्दरीमा भाग लिदा ?
रमाइलो लागिरहेका छ । यो एक हप्ताको पिरियडमा आफ्नो क्षमता विकास गर्ने , क्याटवक गर्ने लगायत धेरै कुरा सिक्ने अवसर पाएँ । आफ्नो प्रतिभा देखाउने रआफूलाई तिखार्ने मौका पाएँ ।
सुन्दरी प्रतियोगिता के हो ?
यसलाई अरुले के बुझेको छ थाह छैन तर मैले त यसलाई आफ्नो क्षमता वृद्धि गर्ने माध्यम मानेको छु । सुन्दरता नाप्ने बसी बाहिरी सुन्दरता हैन भित्री प्रतिभालाई प्राथमिकता दिनु पर्छ भन्ने लाग्छ ।
तीज सुन्दरीको ताज जित्छु भनने लाग्छ ?
सबै ्जना उत्तिकै सक्षम भए पनि ममा कन्फिीडेन्स भएकोले जित्छु भन्ने लाग्छ । जित्छु भनेर नै लागेको हुँ ।

यस्तो प्रतियोगतामा त अश्लिलता र भल्गरले प्राथमिकता पाउँछ रे ?
त्यो त आफूले गर्ने प्रस्तुतीकरणमा भर पर्छ ।
तीजको बारेमा केहि थाह छ ?
हिन्दु नारीहरुको महान चाड हो । यो हामी नेपालीहरुको विविध संस्कृति मध्ये एक हो । विवाहित कहिलाहरुले आफ्नो पति परमेश्वरको दिर्घायु तथा अविवाहित युवतीहरुले असल वर पाउन व्रत बसी मनाइने पर्व हो ।
तीज मनाउन आवश्यक छ ?
हाम्रो तामाङ संस्कृतिमा त त्यति मान्ने चलन छैन तर हामी नेपालीहरुको संस्कृति भएकोले यसलाई मान्नुपर्छ । संरक्षण सम्बद्र्धन गर्नुपर्छ भन्ने लाग्छ ।
यो क्षेत्रमा के देखेर लाग्नुभयो ?
यो क्षेत्र मरो मन पर्ने क्षेत्र हो । यस क्षेत्रमा लागेर आफ्नो छुट्टैे पहिचान बनाउने रहर थियो । मेरो बुबा पनि नृत्यकार हुनुहुन्थ्यो । त्यसैले पनि यो क्षेत्र प्रति झुकाव बन्यो ।
अहिलेसम्म के के गर्नुभयो त ?
भन्नै पर्दा अहिलेसम्म मैले खासै केहि
गर्ने अवसर पाएकी छैन । जिल्लाका धेरै ठाउँमा नृत्य गरें । अझै यो क्षेत्रमा केहि गर्ने सोचले धुलिखेल नवयूवा साँस्कतिक कला केन्द्रमा आबद्ध छु ।
यो क्षेत्रमा लाग्ने प्रेरणा कहाँबाट पाउनुभयो ?
मेरो परिवार अनि गुरु अमरकृष्ण चन्दबाट ।
फिल्म खेल्ने रहर छ कि ?
छैन खासै । मोडलिङ गर्ने, पाए म्युजिक भिडियो खेल्ने रहर छ ।
भविष्यको उद्धेश्य ?
आफूलाई सफल कलाकारको रुपमा चिनाउने । प्रतिभा भएकाहरुलाई खोजी गरी ल्याउने ।
माया र जीवन ?
माया बाँचने आधार र जीवन एक सँघर्ष हो ।
सेक्स के हो ?
सेक्स प्राकृतिक नियम हो । हरेक प्राणीको वंस बिस्तार अनि संसार चलाउने प्रवृत्ति हो ।
बिहे अघिको सेक्स…?
बिहे अघिको सेक्स घातक हुन्छ । सेक्सलाई अहिलेको नयाँ पुस्ताले जस्तो सामान्य रुपमा लिए पनि हाम्रो समाजले मान्दैन । बिहे पछिको लागि साँच्नु पर्छ ।
अन्तमा… ?
मलाई लोकप्रिय कध्यमार्ग साप्ताहिमा मौका दिनु भएकोमा धेरै धेरै धन्यवाद । म जस्तै ओझेलमा परेका थुप्रै प्रतिभाहरु छन् । तिनीहरुको पनि पत्तिकाले खोजी गर्न सकोस् । हामी जतिसुकै आधुनिक जमानामा रहे पनि आफ्नो पहिचान अस्तित्व र आफ्नो मौलिक कला, संस्कृतिलाई नभुलौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0