Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २९, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

निश्चल मायामा घात

प्रभातफेरी अनलाइन २२९६ पटक पढिएको प्रकाशित मिति: २०७० फागुन १८, आईतबार (१२ साल अघि)
निश्चल मायामा घात

यस्तै रैछ माया भन्ने सहनु पर्ने चोट व्यथा ।
विश्वास माथि घात गर्नेलाई मायाको अर्थ के थाह ।।
अनायसै डुबेथें म उन कै मायाको गहिरो सागरमा ।
सबथोक सुम्पे पनि घात गर्नेलाई गरु विश्वास के आधारमा ।।
तिमी बिना मर्छु म भन्थ्यौ आज एकलै मलाई छाड्यौ ।
खुसी सारा लुट्यौ तिमीले आधि बाटोमा नै त्यसै छाड्यौ ।।
भूल भयो मेरो आफ्नै सम्झनु तिमीलाई मनको मीत ।
भावनामा मेरो खेल्यौ लायौ किन अन्तै चोखो प्रीत ?
तिम्रो मायामा रैछ स्वार्थ  देखाउँछौ मेरो मायामा खोट ।
निश्चल मायामा घात ग¥यौ जीवन भरलाई दियौ चोट ।।

मायाको संसार विचित्रको हुन्छ भन्थ्यो साँच्चै नै हो रहेछ भन्ने सागरको जीवनमा घटेको घटनाले प्रमाणित गरिदिएको छ । माया प्रम भन्दा भन्दै सारा जीवन नै तहस नहस समेत हुन पुग्दो रहेछ भन्ने पनि उसकै घटनाबाट बुझ्न कठिन छैन । एउटा सानो असमझदारीले जीवनभरलाई गाँसिएको साइनो कपासको डोरी झैं पलभर मै चुँडिन पनि कति समय नलाग्दो रहेछ । सागर र अनिता बीचको सानो असमझदारीले उनीहरुको जीवनमा ठूलै उथलपुथल ल्याएको थियो ।
एकापसको असमझदारीलाई दूर गर्न नसक्दा उनीहरुको मायामा समेत दरार उत्पन्न भएको थियो । जसको हल गर्न दुबैलाई निकै गाह्रो भएको थियो । फेसबुकमा भएको सन्देश सागरको कुनै एक साथिले त्यतिकै जिस्केर पोष्ट गरिदिएको रहेछ । ‘त्यति सानो कुरालाई पनि यति ठूलो इष्यु बनाएकी तिमीले ?’ सागरको कुरा नसकिदै अनिताले प्रश्न गरिन्–‘ अनि तिमीले किन मलाई सम्पर्क नगरेको त ? अनि आफैै किन सम्पर्क बिहिन भएको ?’
सागरले भन्यो ‘मैले तिमीलाई सम्पर्क गर्ने प्रयास गरेको थिएँ तर तिमीले कल नै उठाइनौ । त्यस पछि परीक्षा नजिक आइरहेकोले घरबाट यसपाली परीक्षा कटाउनै पर्ने दवाब आएकोले परीक्षाको तयारीमा लागेको हुँ । त्यसलाई अन्यथा नमान न । परीक्षा सकिएपछि तिमीलाई सम्पर्क गर्ने प्रयास गरेको थिएँ तर तिमीसँग सम्पर्क हुन नसके पछि बाध्यताबस म तिमीलाई नै भेट्न यहाँ सम्म आएको हुँ ।’ सागरले सबै कुरा प्रष्ट पारेपछि खनिता सागरलाई ग्वाम्लाङ्ग अंगालोमा हालेर रुन थाली । उनले रुँदै भनिन्–‘मलाई माफ गरिदेउ सागर ।’
यसरी बिछोडिएको दुई आत्मा अर्थात प्रेमी पे्रमिकाको पुनर्मिलन भयो । तर यो बीचमा उनीहरुको असमझदारीको प्रतिफल स्वरुप उनीहरुको जीवनमा ठूलै घटना घटिसकेको रहेछ । जुन कुरा अनिताले सागरलाई बताइन् । अब सागरसँगको मिलन खसम्भव छ भन्ने ठानी अनिताले आफ्नो मायाको चिनारी दुई महिनाको गर्भ पतन गराइसकेकी थिइन् । गर्भपतन गराएर आराम गर्नको लागि अनिता गेष्ट हाउसमा बसेकी रहेछिन् । जुन कुरा सविस्तार बताइन् उनले सागरलाई ।
यी सब कुरा सुनेर एक पटक त सागरको मन पनि रोयो । फेरि आफैले आफैलाई सम्हाल्दै भन्यो–‘अनिता अब यी सब बितेका कुरा सम्झेर कुनै फाइदा छैन । यो दुर्घटनालाई नमीठो सपना सम्झेर बिर्सिदेउ । अबको भविष्यलाई कसरी उज्ववल पार्ने तर्फ मात्र सोचौं अब । हिँड अनिता हामी अब काठमाण्डौ नै फर्केर नयाँ संसार निर्माण गरौं ।’
सागरको प्रस्ताबलाई अनिताले पनि स्वीकार गरिन् र उनी सागरसँग काठमाण्डौ हिँड्न तयार भइन् । दुबै जना त्यसै साँझ रात्री बसमा काठमाण्डौ तिर लागे । नयाँ जोस र नयाँ उमंग पलाएको थियो दुबैमा । सुन्दर मायाको संसारको कल्पनामा रम्दै उज्ववल भविष्यको आशामा उनीहरुको यात्रा काठमाण्डौ तर्फ लम्किएको थियो ।
काठमाण्डौमा आइसके पछि अकिताले फोन गरेर आफ्नी आमालाई सबै घटना सबिस्तार बताइन् । आफू सागर बिना बाँच्न नसक्ने बताउँदै विवाह बन्धनमा बाँधिएको बताइन् । उनकी आमाले पनि सागरको बारेमा बुझ्न खोजिन् उनले पनि सबै पारिवारिक खवस्था बताइदिइन् । उनकी आमाले अनितालाई भनिन्–‘भविष्य आफै बनाउने हो तिमीले सब सोच विचार गरेरै यो कदम चाल्यौ होला । यसमा मेरो असहमति छैन तर तिम्रो बाबा र दादाहरुले जात भातको कुरा निकालेर तिमीहरुको सम्बन्धलाई स्वीकार्दैनन् होला तर म सम्झाउने कोशिस गर्छु ।’
सागरको परिवारले पनि जातको कुरालाई उठाएर उनीहरुको नाता सम्बन्धलाई स्वीकार्न चाहेन तर पनि उनीहरु दुई जना भने एक अर्कामा समाहित हुन पाउँदा खुसी नै थिए । भविष्य बनाउन दुबै जनाले आ–आफ्नो तर्फबाट मेहेनत र संघर्ष गर्ने संकल्प खाए । एक अर्काको अंगालोमा रहेर आफूलाई संसार कै भाग्मानी ठान्न थाले ।
क्रमशः. (घटना सत्य भए पनि पात्रहरु फेरिएका छन्)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0