Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ ११, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बजेट तर्जुमाको नीतिगत आधारहरु जानकारी हुनु जरुरी छ

प्रभातफेरी अनलाइन ७०५८ पटक पढिएको प्रकाशित मिति: २०७६ जेष्ठ ७, मंगलबार (७ साल अघि)
बजेट तर्जुमाको नीतिगत आधारहरु जानकारी हुनु जरुरी छ

भेषवहादुर दनुवार
मुलुकको समग्र आर्थिक सामाजिक विकासकालागी सरकारले गर्ने खर्च र सो को व्यवस्थापनकालागी उपयोग गरिने आयका स्रोतहरु उल्लेख गरिएको महत्वपुर्ण दस्तावेज भनेको नै बजेट हो । बजेट मार्पmत नै सरकारले खर्चेको प्राथमिकता निरर्धारण गर्नुका साथै वित्त नीतिको घोषणा र कार्यान्वयनको खाका प्रस्तुत गर्दछ । बजेटलाई मुलुकमा समष्टिगत आर्थिक स्थायित्व कायम गर्दै आर्थिक संविधानमा व्यक्त राज्यका निर्देशक सिद्धान्त र राज्यका नितिहरु कार्यान्वयन गर्नका निमित्त बजेटको उपयोग गरिन्छ । सरकारले संधिय सञ्चित कोष तथा अन्य सरकारी कोषबाट बार्षिक बजेट अनुरुप मात्र खर्च गर्नुपर्ने व्यवस्था नेपालको संविधानमा गरिएको छ । विश्वशनिय आधारमा आगामी आर्थिक वर्षका निमित्त आय र व्यवको अनुमान गर्नुपर्ने भएकाले बजेट अर्थ राजनितिक दस्तावेजका साथ साथै, प्राविधिक विषय पनि हो । यस सन्र्दभमा बजेट तर्जुमाको अभ्यास अत्यन्त गहन र महत्वपुर्ण आधारहरुमा उल्लेख गरिएको छ । तसर्थ बजेट तर्जुमाको अभ्यासमा संलग्न प्रत्येक निकाय तथा व्यक्ति बजेट तर्जुमाका कानुनी तथा नीतिगत आधारहरुका बारेमा राम्रो जानकारी हुनु जरुरी छ ।

बजेट विनियोजन कार्यको लागी मुख्य रुपमा ध्यान दिनु पर्ने कुराहरुमा नेपालको संविधानका सान्र्दभिक धाराहरु रहेका छन् । आर्थिक कार्यविधि ऐनका सान्र्दभिक दफाहरु । आर्थिक कायविधि नियमावलीका सान्र्दभिक नियमहरु । स्थानय स्वायक्त शासन ऐन का आवश्यक पर्ने नियमहरु । स्थानिय स्वायत्त शासन नियमावलीका दफाहरु । सार्वजनिक खरिद ऐनका दफाहरु । सार्वजनिक खरिद नियमावलीका दफाहरु । विकास सहायता नितिका सान्र्दभिक खण्डहरु । दिगो विकास लक्ष्य । लैंगिक उत्तरदायि बजेट । गरिवि न्यूनिकरण उन्मुख बजेट । जलवायु परिर्वतन बजेट । स्थानिय निकाय स्रोत परिचालन तथा व्यवस्थितका कार्यविधिका सान्र्दभिक बुदाहरु । सामाजिक सरक्षा कार्यक्रम सञ्चालन कायविधिका बुदाहरु । बजेट समिति, स्रोत समिति र मध्यकालिन खर्च संरचना सम्बन्धि व्यवस्थाहरु को नितिगत व्यवस्था अनुसार बजेट योजना तर्जुमा गर्नु पर्ने बजेट तर्जुमा दिग्दर्शन निर्देशिकामा उल्लेख गरिएको छ । समग्रमा स्थानिय सरकार मार्फत कार्यक्रमको नितिगत व्यवस्था अनुसार अगाडी बढिरहेको अवस्था रहेको छ । नितिगत व्यवस्था अनुसार कार्य गर्दा केहि स्थानिय निकायमा आय श्रोतको रुपमा केन्द्रिय सरकार मार्फत तथा प्रदेश सरकार मार्फत अलि बढि सहयोग पु¥याउनु पर्ने देखिन्छ ।

नितिगत व्यवस्था अनुसार बजेट योजना तर्जुमा गर्दा बर्तमान व्यवस्था अनुसार ७ चरण पार गरी सम्पन्न गर्ने नितगत व्यवस्था रहको छ । १ बैशाख महिना भित्र संघ तथा प्रदेशबाट वित्तिय हस्तान्तरणको खाका, बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धि मार्गदर्शन प्राप्त गर्ने । २ बैशाख मसान्त भित्र स्रोत अनुमान र कुल बजेटको सीमा निर्धारण । ३ जेठ १५ भित्र बस्ति तथा टोल स्तरबाट योजना छनौट गरि सक्ने । ४ जेठ २५ गते भित्र वडा स्तरी योजना प्राथमिकिकरण गर्ने । ५ असार १५ भित्र बजेट तथा कार्यक्रम तर्जुमा समितिबाट बजेट तथा कार्यक्रम तयार गर्ने । ६ असार १५ गते गांउ नगर कार्यपालिकाको बैठकबाट बजेट तथा कार्यक्रम स्विकृत गरी सभामा पेश गर्ने । ७ असार ३० भित्र गांउ नगर सभाको बैठकबाट बजेट तथा कार्यक्रम स्विकृत गर्ने । उल्लेख गरिएको चरण पार गर्न कत्तिको सम्भव छ ।

पछिल्लो समयको अवस्था हेर्ने हो भने कर्मचारी समायोजनको मारमा स्थानय सरकार परेको छन् । स्थानिय निकायमा आवश्यक्ता अनुसार कर्मचारी नहुनु एक तर्फ समस्या रहेको छ भने नितिगत व्यवस्था अनुसार काम गर्न पनि सबै प्रक्रिया पुग्न नसक्ने हुन सक्छ । काभ्रेको सन्र्दभमा हेर्ने हो भने ४ प्रकारको स्थानिय तह भनि उल्लेख गरिएको छ सामान्य प्रशासन तथा स्थानिय विकास मन्त्रालय मार्फत । अति दुगम क्षेत्र, दुर्गम क्षेत्र, अर्ध विकसित शहर, विकसित शहर । यस आधारमा हेर्ने हो भने र कर्मचारीको अवस्था समानुपातिक रुपमा र कार्य गर्न खटिएको देखिदैन काभ्रेको सन्र्दभमा अति विकट क्षेत्रमा अझै सम्म पनि प्रत्यक्ष सदरमुकाम संग राजमार्ग जोडिएको छैन । यस कारण पनि कर्मचारी नहुनु भुगोल कठिन हुनु मुख्य चुनौतिको रुपमा पनि स्थानिय सरकार चलिरहेका छन् ।

स्थानिय सरकार चल्ने क्रममा पर्याप्त कर्मचारी नहुदा पनि नितिगत व्यवस्था अनुसारका कार्य सम्पादन हुन सक्ने अवस्था देखिदैन । नितिगत व्यवस्था अनुसार कार्य सम्पादन नहुदा बजारमा आउने समाचारले स्थान पाउने देखिन्छ । काभ्रेको बनेपा नगरपालिका बाहेक अन्य स्थानय निकायमा हुनु पर्ने संख्यात्मक आधारमा कर्मचारीहरु छैनन । यसर्थ पनि योजना तर्जुमा प्रक्रिया र प्रभावकारीता तथा समिक्षा सहित बार्षिक बजेट बनाउने कार्यमा सबै स्थानिय तहमा समग्रमा एकरुपता नआउन सक्छ ।

योजना छनौट प्रक्रिया र स्थानिय आवश्यक्ताको मागको आधारमा गांउ बस्ति भेलामा जादा युवा वर्ग शहर केन्द्रित तथा बैदेशिक रोजगारीको कारण पनि समय सान्र्दभिक योजना छनौट नहुन सक्छ । यस कारण पनि लक्षित वर्ग समुदाय बस्ति सहित समग्र पहिचान आवश्यक्ता र महत्वका आधारमा बजेट विनियोजन गरिदिनु पर्ने आवश्यक्ता बढदै गएको छ । योजना छनौट प्रक्रिया देखिनै स्थानिय सरकारकाको आधारमा फरक फरक स्रोत, साधन र प्रविधि उपयोग गरि योजना छनौट प्रक्रियामा स्थानिय निकाय लाग्ने र प्रभावकारी बनाउने स्थानिय तहका योजनाहरु रहेको छन् । समग्रमा योजना छनौट प्रक्रियाकोलागी वडा कार्यालय मार्फत बस्ति बस्तिको वडा भेलाको लागी सुचना पाटिमा सुचना टास गर्ने ।

पत्रपत्रिका तथा रेडियो टि.भि मार्फत बस्ति भेला तथा वडा भेला सहित योजना तर्जुमा गोष्टिको सुचना प्रकाशन र प्रसारण गर्ने । स्थानिय सरकारको वेभ साईटमा सुचना सम्प्रेषण गर्ने । स्थानिय सरकार मार्फत निमार्ण गरीएको फेस बुक आईडि तथा पेज मार्फत पनि योजना छनौटका सुचना संप्रेष गर्न सकिने र प्रभावकारी बनाउन सकिन्छ । यसका साथै स्थानिय सरकार मार्फत बनाईको मोवाईल एप्लिकेसनको प्रयोगका साथै योजना छनौट प्रक्रिया तथा अवस्थाको विषयमा सहजै जानकारी र अवस्थाको सुचना सम्प्रेषण गरी योजना छनौट प्रक्रियालाई प्रभावकारी बनाउन सकिन्छ । योजना छनौट प्रक्रियाकोलागी समग्रमा स्थानिय सरकारले भुगोल परिवेश र नागरिक मैत्रि रुपमा योजना छनौट प्रकृया तथा सञ्चार तथा प्रविधि प्रयोग गरी पारदर्शिता र जवाफदेहिता साथ कार्य गर्न सफलिभूत गर्न सकिन्छ ।

सुचना प्रविधिका फरक फरक स्रोत उपयोग गर्ने अभ्यासको विकास गर्दै गर्दा स्थानिय सरकार मार्फत पर्याप्त मात्रामा प्रविधि उपयोगमा ध्इान नदिइएको पनि हो कि भन्ने जनगुनासो आएका छन् । केहि स्थनिय सरकार मार्फत नियमित अपडेट गर्ने कार्यमा केहि स्थानिय सरकार चुकेको हो कि भन्ने प्रविधि स्रोतको आधारमा भन्न सकिने अवस्था छन् । वेभसाइट नियमित अपडेट भएको पाईदैन । मोवाईल एप्लिकेशन मा पनि अपडेट भएको पाईदैन केहि स्थानिय निकाय जसले प्रविधिको प्रयोग गरिएको छ भनेर देखिएता पनि ।

काभ्रेका केहि स्थानिय निकायले अवलम्बन गरेको खुल्ला सरकार निति, सुचनाको हक आम नागरिकको लागी सुनिश्चितता, सार्वजनिक सेवा प्रवाहको सुचना प्रकाशन तथा प्रसारण नागरिकको पहुचको आधारमा पुग्ने गरी । गुनासो संकलन तथा गुनासो सुन्ने निकाय । समग्रमा बजेट विनियोजन प्रकृया अनुसार चरण बद्ध रुपमा अगाडी बढेको पाईन्छ । केहि स्थानिय निकायले नागरिकको पहुचमा सुचना पु¥याउने देखि लिएर सुचनाको हक सुनिश्चितता गर्ने अभ्यासमा लाग्नु पर्ने देखिन्छ । नितिगत व्यवस्था र प्रकृया अवलम्बनकोलागी नेपाल सरकार मार्फत संधिय सरकार तथा प्रदेश सरकार मार्फत स्थानिय सरकारलाई प्रभावकारी र बलियो बनाउन स्थानिय निकायकोलागी आवश्यक पर्ने जनशक्ति तथा आवश्यक रुपमा समायोजन गरी दिनु पर्ने देखिन्छ । यसरी समायोजन तथा पर्याप्त जनशक्ति हुदा स्थानिय सरकारको काम कारर्वाही र सेवा प्रवाहमा हुने प्रभावकारीता अझ बढ्ने देखिन्छ र गाउँगाउँमा सिंहदरवार भन्ने नारा र यर्थातता चरितार्थ हुने देखिन्छ ।

  • बजेट तर्जुमाको नीतिगत आधारहरु जानकारी हुनु जरुरी छ
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    लेख सम्बन्धि थप
  • प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ ६ गते बुधबार

    २०८३ साल जेठ ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    पोल गाडेकोमा पैसा मग्यो बनले

    पोल गाडेकोमा पैसा मग्यो बनले

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0