Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ३०, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्थानीय निर्वाचनको लागि तयार रहनुस्ः सिंह

प्रभातफेरी अनलाइन १५६४ पटक पढिएको प्रकाशित मिति: २०७१ बैशाख ७, आईतबार (११ साल अघि)
स्थानीय निर्वाचनको लागि तयार रहनुस्ः सिंह

बनेपा ÷ नेपाली कांग्रेसका महामन्त्री एवं नेपाल सरकारका उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले स्थानीय निकायको निर्वाचन छिटोभन्दा छिटो गर्न सरकार तयार रहेको र त्यसका लागि तयारीमा लाग्न कार्यकर्तालाई आग्रह गरेका छन् ।
नेपाली कांग्रेस बनेपा नगरसमितिले नयाँ वर्षको अवसरमा गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले स्थानीयस्तरमा लामो समयदेखि जनप्रतिनीधि विहिन भएकोले र सबै दलले सरकार गठन भएको छ महिनाभित्र स्थानीय निकायको निर्वाचन गर्न तयार छौं भन्ने कबुल गरेकाले स्थानीय निर्वाचन चाँडै गरिने बताए । हिजो संविधानमा निर्वाचनमा जाँदा एमाओवादीले पनि सरकार गठन भएको ६ महिनाभित्र निर्वाचन गर्न तयार रहेका छौं भनेकोले अहिले उसले हुन दिँदैनौं भन्नु भनेको आफ्नो अडानबाट पछि हट्नु हो । उसले पनि हिजो बोलेका कुरा पूरा गर्न निर्वाचनमा भाग लिनेमा आफू ढुक्क रहेको बताएका थिए ।
अहिलेको सरकारको मुख्य काम भनेकै लिखित संविधान जनतालाई दिनु र स्थानीय निकायको निर्वाचन गर्नु रहेकोले त्यसै अनुसार २०७१ माघ ८ गते संघिय लोकतान्त्रीक लिखित संविधान जारी गर्न लागिपरेको बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सभासद् बद्री पाण्डेले नेपाली कांग्रेसलाई जनताले पुनः एकपटक परीक्षा दिनका लागि पठाएकोले जनताको म्याण्डेड अनुसारको जिम्मेवारी पूरा गर्न कांग्रेस तयार रहेको बताए । इतिहासमा नेपाली कांग्रेसले ठूलठूला परिवर्तनको नेतृत्व पूरा गर्दै आइरहेकोले जनतामा कांग्रेसप्रति आकर्षण बढ्दै गएपनि आफ्नै साथीहरुको असहयोगले ६० स्थानभन्दा बढी स्थानमा पार्टीले हार खानु परेको पाण्डेको दाबी थियो ।
कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका जिल्ला सभापति शिवप्रसाद हुमागाईंले नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकारले जनतामा देखिने खालका सामाजिक सुरक्षाका कार्यक्रम ल्याउनु पर्नेमा जोड दिँदै भोको पेटले प्रजातन्त्र थेग्न कसैले पनि नसक्ने भएकाले बृद्धबृद्धालाई यातायातमा छुट, मजदुर, विद्यार्थीको हक, हितमा कार्यक्रम ल्याउन हुमागाईंले उपप्रधानमन्त्री सिंहलाई अनुरोध गरेका थिए ।
शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिवद्वय अच्युत पौडेल र शंखबुद्ध लामा, सभासद्द्वय कञ्चनचन्द्र वादे र तीर्थ लामा, क्षेत्रीय सभापतिद्वय रमेशप्रसाद हुमागाईं र सुन्दरमणि आचार्य, बनेपा नगर समिति सभापति राम जोशी, सचिव महेशकुमार कर्माचार्य, पूर्वसभापति कृष्ण गोपाल भैल लगायतले नेपाली कांग्रेसले एक वर्षभित्रमा संविधान निर्माण, स्थानीय निर्वाचन र जनतालाई राहत पुग्ने खालका कार्यक्रम ल्याउनमा सरकारले ध्यान दिनु पर्नेमा जोड दिएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0