Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

विद्यार्थी अभिमुखीकरण संबन्धी थप केही सवालहरु

प्रभातफेरी अनलाइन ७४७२ पटक पढिएको प्रकाशित मिति: २०७६ श्रावण २१, मंगलबार (६ साल अघि)
विद्यार्थी अभिमुखीकरण संबन्धी थप केही सवालहरु

–केशव थापा

१. एसईई पछि दशजोड दुई कक्षामा अध्ययन गर्ने विद्यार्थी किशोरावस्था पार गरी युवावस्था प्रवेशको चरणमा हुन्छन् । प्राकृतिक नियमानुसार हुने शारीरिक एवं मानसिक विकास र वृद्धि प्रयोजनार्थ शरीरमा उत्पन्न हुने रसायनले उनीहरु स्वतः विपरीतलिङ्गीप्रति बढी नै आकर्षित हुन पुग्छन् । झन् अहिलेको विद्युतीय उपकरणले यो आकर्षणलाई अर्काे पक्षले पत्तो नपाउने गरी आकर्षणको तहमा मात्र सीमित हुन दिदैन । संबन्धलाई संयमताबाट मर्यादा राख्न सकिएन भने यसले अनेकानेक उल्झनका साथ अनेक अकल्पनीय र नोक्सानदायी समस्याहरु निम्त्याउँछ । अतः विद्या आर्जनको बखत ब्रम्हचर्य नै लाभप्रद हुने जानीबुझी संबन्ध गाँसिएको र एकअर्काको हुने कसम खाइसकिएको हो भने पनि प्रेमी र प्रेमिका बनेका युगले एकले अर्कालाई केवल पठनपाठनको लागि उत्प्रेरित गरी भविष्य सुन्दर बनाउनेतर्फ प्रयत्त गर्नुपर्छ । उच्च शिक्षित र समझदार भैसकेपछि विद्यार्थीकालको प्रेम अक्षुण्ण रही विवाहमा परिणत भएछ भने दुवै सक्षम भएर सुखमय दाम्पत्य जीवन बाँच्ने र कथं विछोड नै भैहाल्यो भने पनि छाडेर जानेको सुखी जीवनको कामना गर्दै जीवन रहस्य बुझेर सम्हालिन सकिन्छ । यहीनेर विद्यार्थी, शिक्षक तथा अभिभावकहरुले स्मरण गर्नुपर्छ कि देवकोटा, टेगोर, टोल्स्टोय जस्ता संबुद्धताका निकट पुगेका व्यक्तिहरुले केवष्लल लेख्नको लागि मात्र वियोग व्यथा लेखेका होइनन् । ऊनीहरुले यो धराको वास्तविकता र हामी मानिसहरुले झेल्नु पर्ने नियतिलाई सम्झाउन बुझाउन वास्तविकता लेखेका हुन । चरचर मुटु दुख्ने वियोगभन्दा संयोग लेख्नलाई नै बढी मन पथ्र्यो होला नि । प्राप्तिको अपेक्षा नराख्ने आदर्श प्रेमबाहेक बास्नाप्रेरित प्रेमले ल्याउने अन्तिम र अनिवार्य नतिजा भने पीडा नै हो । अतः असमयमै जीवनभर दुख्ने पीडा बोक्नुभन्दा सजग भएर यस मार्गमा भरसक्य नहिड्नु नै जाती हो भनी विद्यार्थीहरुलाई अनुशिक्षण गरिरहनु पर्छ ।

२. शिक्षा व्यक्तिको सर्वाङ्गीण विकाससँग संबन्धित वहुआयामिक विषय हो । किताबी ज्ञानमा अब्बल बन्न नसक्ने विद्यार्थीहरु खेलकुद, कला, साहित्य, संगीत, अभिनय वा अन्यान्य विधामा राम्रो गर्न सक्छन् । औपचारिक शिक्षा कमजोर नै भए पनि यस्ता अन्य विधामा उत्कृष्ट गर्ने व्यक्तिले पनि राष्ट्र÷अन्तर्राष्ट्रमा नाम र दाम दुवै आर्जन गरेर सम्मानित जीवन यापन गरेका प्रशस्त उदाहरण छन् । तसर्थ, विद्यार्थीहरुको भित्री चाहना र रुची पहिचान गरेर यसतर्फ नियमित अभ्यास र तालिमको लागि प्रेरित गरिनुपर्छ । अवसर र अभ्यास प्रतिभा परिमार्जन र परिस्कारका लागि अत्यावश्यक पूर्वशर्त हुन । यही तथ्यलाई ध्यानमा राख्दै विद्यार्थी स्वयम् तथा अभिभावकहरुले पर्याप्त खेलमैदान भएको तथा कक्षाकोठाको पठनपाठन जत्तिकै अतिरिक्त क्रियाकलापलाई पनि महत्व दिने शिक्षालय छनौट गर्नुपर्छ । सामुदायिक वा संस्थागत विद्यालयका संस्थापकहरुको लागि शिक्षा जीवनयापनको वृत्ति वा कमाई खाने भाँडो मात्र भए पनि संबन्धित विद्यार्थीहरुको लागि भने यो भरजिन्दगीको सवाल भएकोले अन्य पेशा वा व्यवसायमा जस्तो यसमा खेलबाड गर्ने कुमति लिनु हुँदैन । शिक्षालयले विद्यार्थीको शारीरिक वा मानसिक प्रतिभा प्रस्फुटनसँग संबन्धित रचनात्मक क्रियाकलापको आयोजना गरी प्रत्येक शुक्रवारलाई विशेष शुक्रवार बनाउने कोशिस गर्नुपर्छ । माध्यमिक तहसम्मको शिक्षा स्थानीय सरकारको क्षेत्राधिकारको विषय भएको तथ्यलाई आत्मसात गर्दै स्थानीय तहले पनि अध्यापनका गुणस्तरीयताको अतिरिक्त यस्ता विषयमा पनि नियमित अनुगमन तथा निरीक्षणको व्यवस्था गरी मानवीयपुँजी निर्माणको सवालमा बढी नै गम्भीर बन्नुपर्छ । स्थानीय, जिल्ला तथा प्रदेशस्तर गर्दै राष्ट्रियस्तरमा प्रतियोगितात्मक कार्यक्रमको आयोजनाको व्यवस्था गरिनुपर्छ । कतिपयलाई नमिठो लाग्न पनि सक्छ तर सत्य के हो भने वि.सं. २०४६ देखि हालसम्म नेपाली खेलकुद क्षेत्रले शरद्चन्द्र शाहको पालाको एकछेउ पनि प्रगति गर्न सकेको छैन । खेलकुदले राष्ट्रियताको भावनाको अभिवृद्धि, अनुशासन तथा लगनशीलता र समूहमा मिलेर काम गर्ने बानिमा पार्ने सकारात्मक प्रभावलाई जानान्जानमा अनदेखा गरिएको छ । यस प्रवृत्तिमा आमुल परिवर्तनको खाँचो छ । यहीनेर विद्यार्थीहरुले पनि अन्तर्राष्ट्रिय एक्सपोजरको लागि भाषागत क्षमतासहित औपचारिक शिक्षाले सुनमा सुगन्धको काम गर्ने तथ्यलाई हेक्का राखी विषयगत ज्ञानमा पनि राम्रो गर्न कोशिस गर्नुपर्छ ।

३. विद्यार्थीहरुले पुस्तक तथा शिक्षकहरुको प्रवचनबाट प्राप्त जानकारी वा सूचनालाई ज्ञानमा परिवर्तन गरी आफूलाई आवश्यक परेको बखत प्रयोगमा ल्याउन सक्नुपर्छ । वर्तमान समयमा ज्ञान नै शक्ति हो । त्यसका लागि बारम्बारको अभ्यास तथा स्मरणको आवश्यकता पर्दछ । विधि अनेक भएता पनि पढे वा पढाइएको विषयलाई साँझ सुत्ने, बिहान उठ्ने तथा फुर्सदमा त्यतिकै उँघ्नेबेला वा आवश्यक परे बाथरुममै पनि सम्झने आदतको विकास गर्नुपर्छ । पढेका विषयलाई कहिले चारभागको एकभागमा लेख्ने, कहिले आधाभागमा लेख्ने, कहिले प्रदान गर्न खोजेका आधारभूत जानकारीको बुँदा टिपोट गर्ने, विषयको बुझाइको संबन्धमा साथीहरुसँग अन्तक्र्रिया र विचारविमर्श गर्ने आदत लगाउनु पर्छ । स्मरणक्षमता बारम्बारको स्मरणले मात्र बढ्छ । अरु उपाय नै छैन । विद्यार्थीले देशले अवलम्बन गरेको परीक्षापद्धतिको सामना गर्नैपर्छ । परीक्षा त्यसबेला राम्रो भएको मानिन्छ जुनबेला विद्यार्थीहरुले औसतलेभन्दा उच्च अङ्क हासिल गर्दछन् । उच्च अङ्कको लागि प्रत्येक प्रश्नको उत्कृष्ट अभिव्यक्ति र उत्कृष्ट अभिव्यक्तिको लागि निरन्तर अभ्यासको आवश्यकता पर्छ । उचित मार्गनिर्देश र रेखदेखको अभावमा विद्यार्थीहरुले अक्सर यो बाटो बिराउन पनि सक्दछन् । विद्यालय, शिक्षक, अभिभावक तथा आफन्तजनले विद्यार्थीको सूक्ष्म निगरानी गरी ऊनीहरुलाई समूहमा भन्दा पनि एक्लै राखेर राम्रो मुखले सम्झाउनु पर्छ । मानिसलाई पुरस्कृतगर्दा समूहमा र सम्झाउँदा वा गालीगर्दा एक्लै राख्नु राम्रो हुने तथ्य यहाँ पनि बढी प्रभावकारी हुन्छ । आफैले कोशिस नगरी अरुको कोशिसले मात्र आफू र आफ्नो जिन्दगी नबन्ने सत्यलाई विद्यार्थी स्वयम्ले पनि बुझी प्रत्येक दिन स्व–मूल्यांकन गर्ने हो भने क्रमशः पढाइ सुधारोन्मुख बन्दै गई नतिजा उत्कृष्ट हुन पुग्छ । म नै मेरो भविष्य निर्माता हूँ, म आफै नबराल्लिए कसैले पनि मलाई बराल्न सक्दैन भन्ने आत्मचेत र विश्वास कलेज पढ्ने विद्यार्थीमा अत्यावश्यक हुन्छ ।

४. विद्यार्थी भर्नाको बखत अनेकानेक भुलभुलैया बाँड्ने विद्यालयहरुले भर्नाको क्रम सकिएपछि अनुशासन इञ्चार्जको हाँकोडाँको र अनुशासनको “डण्डा” ले विद्यार्थीहरुका कतिपय जायज चाहना र इच्छालाई निषेध गर्ने गरेको पाइन्छ । यो सरासर विद्यार्थी, अभिभावक र कालान्तरमा राष्ट्रप्रतिको नै धोखाघडि हो । आफै झुटको पर्याय बनेको विद्यालयले कसरी सदाचार र संस्कार सिकाउन सक्छ ? विद्यालय वा शिक्षकहरुले विद्यार्थीहरुले आफूले भनेको बताएको नसिक्ने तर गरेको कुरा टपक्कै टिप्छन् भन्ने भनाईलाई स्मरण गरी सोही अनुरुपको व्यवहार गर्नुपर्छ । वर्तमान समय रणनीतिक योजनाको समय भएकोले विद्यालयले आफ्नो दूरदृष्टि (भिजन), लक्ष्य (मिसन) तथा उद्देश्य (अब्जेक्टिभ) मार्फत के मानेमा त्यो विद्यालय अन्यभन्दा भिन्न हो भन्ने संस्थागत विशेषताको निर्माणमा ध्यान नदिने हो भने एकदिन संस्था नामनिशाना नै नरहने संभावनालाई अहिले नै हेक्का राख्नुपर्छ । शिक्षकलाई स्थायी गरेर ‘मेरो विद्यार्थी मेरो जिम्मेवारी’ भन्न पाउँने गरी दायित्व नबोकाउने र कोर्सको आधारमा थोकवेतन दिने प्रचलनले शिक्षकहरुलाई हेलमेट शिक्षक हुन वाध्य तुल्याएको छ । शिक्षकहरुलाई कोर्स सिध्याउनेबाहेक विद्यार्थीको समग्र व्यक्तित्व विकास र उत्कृष्ट नतिजाप्रति उत्तरदायी नबनाए गुणस्तरीय शिक्षा आकाशको फल हुने निश्चित छ ।

५. शिक्षाले श्रम (शारीरिक वा मानसिक) मानिस मात्रको विशेषता भएको तथ्य विद्यार्थीहरुलाई बोध गराई श्रमप्रति आकर्षित गराउँदै मिहिनेतले आर्जेको चोखोधन मात्र टिकाउ र जीवनोपयोगी हुने स्मरण गराउनु पर्छ । कमाएर मात्र धन नहुने र त्यसका लागि बचत अनिवार्य हुने आदि जस्ता वित्तीय साक्षरता संबन्धी ज्ञान प्रदान गर्दै त्यसलाई आदतको रुपमा विकास गर्न लगाउनु पर्छ । असल शिक्षाको अभीष्ट आखिर प्रज्ञा नै हो । प्रज्ञावान बनाउने असल शिक्षाले व्यावसायिक निपुणताको अतिरिक्त जीवनमा आउने आरोहावरोहलाई सहज स्वीकार गर्ने, प्रकृतिका शास्वत नियमलाई आत्मसात गर्ने, अर्काको दुःखमा दुःखी हुने र सकेको सहयोग गर्ने, अर्काको सुख शान्तिमा ईष्र्या नगरी त्यसबाट प्रेरणा प्राप्त गरी आफूले पनि अनुशरण गर्ने, आफू र आफ्नालाई राम्रो गर्नेप्रति आभारी हुने, जानान्जानमा कसैले होचोअर्घलो गरी हाले पनि क्षमाशील बन्ने, अरुभित्र पनि आफूलाई देख्ने, स्वर्गभन्दा मातृभूमिलाई महान ठान्ने र मातृभूमिप्रति आफ्नो केही कर्तव्य भएको महशुस गरी सत्कर्म गर्ने आदिआदि उच्च मानवीय गुणको विकास र अभ्यास गर्न प्रेरित गर्छ । सबै धनहरुमध्ये सर्वश्रेष्ठ धन विद्या भएको तथ्यलाई विद्यार्थीहरुले सदा स्मरण गर्नुपर्छ ।
(पनौती नपा वडा नं. ८ निवासी श्री थापा अर्थशास्त्रका अध्यापक र काभ्रे सेवा समाज, काभ्रेका वर्तमान अध्यक्ष हुन ।)

  • विद्यार्थी अभिमुखीकरण संबन्धी थप केही सवालहरु
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0