Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काभे्रको स्थानिय तहमा झण्डै १५ करोड बेरुजु

प्रभातफेरी अनलाइन ५३५४ पटक पढिएको प्रकाशित मिति: २०७६ भाद्र १०, मंगलबार (६ साल अघि)
काभे्रको स्थानिय तहमा झण्डै १५ करोड बेरुजु

भेष वहादुर दनुवार

प्राप्त श्रोत साधनलाई निकाय मार्फत नियमितता, मितव्ययिता, प्रभावकारीता, र औचित्यताका आधारमा प्रयोग गर्दै आर्थिक प्रशासनलाई जवाफदेहि र पारदर्शिताको माध्यममबाट सुशासन कायम गर्न लेखा परिक्षणको क्रममा देखिएको त्रुटि वा अनियमितता नै बेरुजु हो । बेरुजु भन्नाले रुजु हुन नसकेको आर्थिक कारोवार हो । सर्व प्रथम बेरुजुको परिभाष सरकारी रकम असुल फछ्यौट नियम २०२७ मा भएको छ । यस नियमको परिभाषा अनुसार बेरुजु भन्नाले आन्तरीक लेखा परीक्षण वा अन्तिम लेखापरिक्षण बाट देखिएको वा ठहरीएको कुनै सरकारी आर्थिक कारोवारको अनियमित रकमलाई सम्झनु पर्छ भनेर नै उल्लेख गरीउको छ । आर्थिक कार्यविधि ऐन २०५५ अनुसार बेरुजु भन्नाले प्रचलित कानुन बमोजिम पु¥याउनु पर्ने रीत नपु¥याई कारोवार गरेको वा राख्नु पर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोवार गरेको भनि लेखा परीक्षण गर्दा औंल्याएको वा ठहराईएको कारोवारलाई सम्झनु पर्छ धनी आर्थिक कार्यविधि ऐन २०५५ उल्लेख गरीएको छ ।

कुनै पनि सावैजनिक निकायले आर्थिक वर्षमा गरेको आर्थिक कारोवारको विषयमा उक्त निकायको उदेश्य तथा कार्यक्रम अनुसार प्रचलित ऐन नियम बमोजिम कारोवार नगरेको, राख्नु पर्ने लेखा नराखेको वा त्रुटि र अनियमतिता तरिकाले आर्थिक कारोवार गरेको भनि आन्तरीक लेखा परीक्षण तथा अन्तिम लेखा परिक्षणबाट औंल्याईएका कैफियत नै बेरुजु हो । बेरुजु हुनु भनेको आर्थिक अनुसाशन उलंधन गर्नु हो । तर बेरुजु निस्कदैमा आर्थिक हिनामिना नै भई सक्यो भन्न सकिदैन । यसलाई जति सक्दो छिटो नियमित गरिनु पर्छ ।

आर्थिक कार्यविधि ऐन २०५५ का बेरुजुलाई ३ वर्गमा वर्गीकरण गरिएको छ ।

१ असुल गर्नु पर्ने बेरुजु
२ नियमित गर्नु पर्ने बेरुजु
३ पेश्कि (बांकि) बेरुजु

महालेखा परिक्षकको कार्यालयले बेरुजुलाई निम्न अनुसार वर्गिकरण गरिएको छ ।

हिनामिना र मस्यौट

रकम मस्यौट गरेको, नगदीमा वा जिन्सी सामान हिनामिना गरेको, अंक र अक्षर केरमेट गरी बढी भूक्तानी गरेको वा घटी असुल गरेको, बील भरपाई सच्चाई बढी भूक्तानी लिएको जस्ता कारोवारहरु यसमा पर्दछन् ।

हानी नोक्सानी पारेको

त्रुटिपुर्ण निर्णयको कारणले भएको हानी नोक्सानी लापरवाहीको कारणले भएको हानी नोक्सानी समयमा निर्णय नगरेको वा प्रकृयागत ढिलाईको कारणले भएको हानी नोक्सानी । गर्नु पर्ने काम छुटाएको गर्न नहुने कार्य गराएको । आवश्यक्ता पहिचान नै नगरी बढी सामान खरीद गरी मौज्दातामा राखेको जस्ता कुराहरु यसमा पर्दछन् ।

अनियमितता

प्रचलित ऐन नियमले निर्धारित अधिकार र सीमा नाधि खर्च गरेको । कानुन बमोजिम रीत नपु¥याई कन गरेको । मित व्ययिताको नीति अवलम्बन नगरेको । सुम्पिएको अख्तियारी भित्र रही कारोवार नगरेको । विनियोजित रकम अन्यत्र खर्च गरेको ।

प्रमाण कागजात पेश नभएको

खार्थिक कारोवारको लेखा आंशिक रुपमा पेश गरेको वा केहि कारोवारको लेखा नै पेश नभएको । मौज्दात प्रमाणित गर्ने बैंक विवरण पेश नभएको फ्रिज प्रमाण पेश नगरेको । आर्थिक कारोवार गर्दा राख्नु पर्ने निर्णय ठेक्का पट्टाको कागजात बिल भरपाई र कारोवारलाई पुष्टयाई गर्ने आवश्इक पर्ने प्रमाण कागजातहरु पेश नभएको ।

जिम्मेवारी नसारेको

आगामी बर्षमा जिम्मेवारी सानुपर्ने नगदी जिन्सीको जिम्मेवारी नसारेको । राजश्वको बक्यौता तथा लगत साल बसाली रुपमा जिम्मेवारी सानु पर्नेमा नसारेको घटी रुपममा जिम्मेवारी सारेको ।

सोध भर्ना नलिएको

बिनियोजन वा धरौटिबाट सापटि लिई खर्च गरेकोमा सोध भर्ना लिई सम्बन्धित खातामा आम्दानी नबढेको । जिन्सी सापटी दिएकोमा नलिएको । बैदेशिक स्रोतबाट भएको खर्च समयमा सोध भर्ना नलिएको ।

पेश्की फछर्यौट नगरेको

कर्मचारी, अन्य पदाधिकारी र सस्था वा व्यक्ति विशेषलाई दिएको पेश्कि आर्थिक वर्षको अन्त सम्म पनि फटर्योट नभएको बेरुजु ।

अन्य असुल गर्नु पर्ने

प्रचलित कानुन बमोजिम लिनु पर्ने भन्दा घटी राजश्व असुल गरेका । असुल गरेको रकम संचित कोष वा सम्बन्धित कोषमा दाखिल नगरेको । प्रचलित कानुन वा सम्झौता अनुसार लिनुपर्ने क्षतिपुर्ति हर्जना वा जरिवाना शुल्क नलिएको । कानुन बमोजिम असुल गरेको रकम आम्दानीमा नबाधेको । कानुन बमोजिम लिनु पर्ने जरिवाना शुल्क वा थप दस्तुर नलिएको ।

बेरुजु फछर्योटको उदेश्य 

आर्थिक अनुशासन, जवाफदेहिता र पारदर्शिता कायम गर्नु । सरकारी रकमको खर्चमा मितव्ययिता, कार्यदक्षता र प्रभावकारीता अभिबृद्धि गर्नु । विद्यमान नीति, ऐन कानुन, कार्य प्रणालि, व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणलि जस्ता पक्षमा देखिएकोकमि कमजोरी पहिल्याई सुधार गर्न । लेखा परीक्षणका आधारभूत सिद्धान्त नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारीता र औचित्यलाई व्यबहारमा रुपान्तरण गर्नु आर्थिक अनुसासन कायम गर्नु आर्थिक स्वच्छता, ईमान्दारीता पारदर्शिता मार्फत स्वदेशमा वातावरण योग्य वातावरण तयार गर्नु । अन्तराष्ट्रिय समुदाय र सरोकारवालाहरुको सरकार प्रतिको विश्वसनियता अभिबृद्धि गर्नु ।

बेरुजु हुनका कारण हरु

पेश्कि धेरै लिने र समयमै नुभाउने प्रबृत्ति बढनु । कर्मचारीको खर्चमा अनियमितता हुनु र प्रकृया नपु¥याई खर्च गर्नु । लेखा उत्तरदायि अधिकृतर जिम्मेवारी व्यक्तिबाटै आर्थक कार्यविधि ऐन २०५५ र आर्थिक नियमावलि २०६४ अनुसार निर्धारित कार्यविधि र प्रकृया नपु¥याई खर्च गर्ने र लेखा परीक्षण नगराउनु । लेखा उत्तरदायि एवं निरीक्षण नगर्नु । प्रचलित आर्थिक ऐन, नियम र प्रशासनिक निर्णयहरु अस्पष्ट र दोहोरो अर्थ लाग्ने हुन । बेरुजु अनुगमन गर्न नसक्नु । बेरुजु लाई कार्य सम्पदान मूल्यांकनसंग आबद्ध गर्न नसक्नु । आन्तरीक लेखा परिक्षण प्रभावकारी नभई बेलैमा सुधार गर्न नसक्नु । लेखा राख्ने कर्मचारी तालिम, ज्ञान, सीपको अभाव हुनु । अन्तिम लेखा परीक्षणले दिएका सुझाव पालना नगर्नु । बेरुजु फरछर्यौटलाई लेखा उत्तरदायी अधिकृत र जिम्मेवार अधिकृतले उच्च प्राथमिकता दिन नसक्नु । सबै निकायले महालेखा परिक्षकले तोकेको ढांचामा लेखा नराख्नु । जनता प्रतिको गैरजिम्मेवारी पन र मुल्य मान्यताको बेवास्ता । आर्थिकध व्यवस्थापन गर्ने निकायकै खर्चमा मनोमानी हुनु ।

बेरुजु हुन नदिने वा घटाउने उपायहरु

खर्चमा नियमितता गर्ने । पेश्किलाई निरुत्सहाना गर्ने । खर्च हुदाका बखत मात्र फछर्योट गर्ने पद्धतीको विकास गर्ने । बेरुजु औंल्याइएपछि मात्र अनियमित कार्य प्रणालिमा सुधार गर्ने प्रबृति राख्नु हुदैन । बेरुजु नियमित गरी रुजु हुन्छ भन्ने मान्यता र मानसिकता पनि राख्नु हुदैन । लेखा उत्तरदायि अधिकृत र जिम्मेवार अधिकृतबाट समय समयमा सरकारी आर्थिक ऐन नियम, आदेश, निर्देशन र कार्यविधिहरुको कडाईका साथ कार्यान्वयन गर्ने । अनियमित कम गर्ने । आफ्नो काम कर्तव्यको पालना नगर्ने र बेरुजु आउने गरी काम गर्ने उपर कडा दण्ड र सजायको कारवाही गर्ने तथा बेरुजु नआउने गरी काम गर्ने कर्मचारीलाई पुरस्कारको व्यवस्था गर्ने बेरुजुलाई कार्य सम्पादन मूल्यांकन संग आबद्ध गर्ने । बेरुजु फरछर्यौट भए नभएको अनुगमन गर्ने र बेरुजु फरछर्योट गर्ने निकायलाई उत्कृष्ट तथा नमुना कार्यालयको रुपमा घोषणा गर्ने । आन्तरीक लेखा परिक्षणलाई प्रभावकारी बनाउने ।

बेरुजु परछर्यौट नहुने कारणहरु

जिम्मेवार अधिकृत, कार्यालय प्रमुख र लेखा उत्तरदायि अधिकृतले बेरुजु फरछर्यौट गर्ने कामलाई प्राथमिकता नदिनु तथा बेरुजु फरछर्यौट गर्ने कार्य लेखाको मात्र हो भन्ने मानसिकता हुनु । बेरुजु र बेरुजु फरछर्योट को विषयलाई कर्मचारीको कार्यसम्पादन मुल्यांकन संग आबद्ध गर्न नसक्नु । आर्थिक प्रशासन संलग्न कर्मचारीहरुमा ईमानदारिता, सदाचारिता, अनुसासन र सुशासनको अवस्था कमजोर हुनु । सिद्धान्त अनुसार लेखा राख्ने जनशक्तिमा दक्षताको कमी हुनु । लेखा परिक्षण गराउने कार्यलाई कम प्राथमिकता दिई लेखा परीक्षणको समयमा जिम्मेवार व्यक्ति उपस्थित नहुने तथा बेरुजु परछर्योटमा प्रतिबद्धता जनाउन नसक्नु । राजनैतिक दवावमा नियम कानुन मिचेर कार्यक्रम तथा बजेट राख्ने तथा जथाभावि खर्च बढने प्रबृत्ति बढदै जानु । जिम्मेवार व्यक्तिको सरुवा वा बढुवा हुंदा बेरुजु फरछर्योट गरेर मात्र जाने व्यवस्था हुन नसक्नु । बेरुजु फरछर्योट गर्ने र सम्परिक्षण गरी लगत कट्टा गर्ने निकाय छुट्टछुट्टै हुने गरी कानुन व्यवस्था नहुनु ।

समग्रमा आर्थिक प्रशासन सार्वजनिक प्रशासनको महत्वपुर्ण पाटो हो । सार्वजनिक प्रशासनलाई स्वच्छ र पारदर्शी बनाई आर्थिक अनुशासन कायम गर्न सार्वजनिक खर्चको सदुपयोग मितव्ययिता, प्रभावकारी र दक्षता पुर्वक ढङ्गले सञ्चालन आर्थिक कारोवार नगर्ने । लेखापरिक्षणबाट देखिएका कैफियतलाई उच्च प्राथमिकता दिई कार्यान्वयन गर्ने र कर्मचारीको कार्य सम्पादनलाई बेरुजु फरछर्योट संग आबद्ध गर्ने, बेरुजु फरछर्योट गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने र लेखापरिक्षकले पनि आफ्नो पेसागत धर्म ईमानदारिता, कार्यदक्षता, सक्षमता, र निष्पक्षताको परिधि भित्र रही लेखा परीक्षणमा देखिएका कमी कमजोरी र त्रुटिलाई उजागर गरी कार्यान्वयनको लागी व्यवहारीक सुझाव दिन सकेको खण्डमा हाल नेपालमा बर्सेनी बढदै गएको बेरुजुको बढदो दरलाई कम गर्न सकिन्छ ।

काभ्रे जिल्लाको १३ वटा स्थानिय निकायको १४ करोड ७१ लाख ३ हजार बेरुजु देखिन्छ । सो मध्ये असुल उपर गर्नु पर्ने ७३ लाख ५० हजार नियमित गर्नु पर्ने ३ करोड ६० लाख ५ हजार, कागजात पेश गर्नु पर्ने २ करोड ५८ लाख ४६ हजार, र पेश्कि ७ करोड ६८ लाख ६४ हजार रहेको छ ।

  • काभे्रको स्थानिय तहमा झण्डै १५ करोड बेरुजु
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0