Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

शिक्षा र स्वास्थ्य मौलिक अधिकार हुन्ः मा. शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्ती; “रोजगारमूलक शिक्षाको आधारभूमि भालेश्वरमा पाएँ

प्रभातफेरी अनलाइन ६२१४ पटक पढिएको प्रकाशित मिति: २०७६ भाद्र ३१, मंगलबार (६ साल अघि)
शिक्षा र स्वास्थ्य मौलिक अधिकार हुन्ः मा. शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्ती; “रोजगारमूलक शिक्षाको आधारभूमि भालेश्वरमा पाएँ

पनौती-भालेश्वर माध्यमिक विद्यालयको अभिभावक दिवसलाई सम्बोधन गर्ने क्रममा प्रतिनिधि सभा शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले नेपाली नागरिकको शिक्षा र स्वास्थ्य मौलिक अधिकार भएको पुष्टि गर्नुभएको छ ।

त्यसलाई कार्यान्वयन गर्ने चरणमा अहिले रहेको बताउनुहुँदै शिक्षा र स्वास्थ्य नेपाली जनताको दैनिक जीवनसँग जोडिएको विषय हो । तसर्थ यस तर्फ राज्यको ध्यान गम्भिर रुपमा खिचिरहेको छ भने प्रतिनिधि सभा शिक्षा तथा स्वास्थ्य समिति दत्तचित्त भई लागेको छ । जसको परिणाम यो भालेश्वर मा.वि. भएको जानकारी दिँदै प्रमुख अतिथि सभापति घर्तीको थप कथन थियो– रोजगारमूलक वैज्ञानिक शिक्षा आजको आवश्यकता हो । त्यसका लागि समिति चिन्तित छ ।

मुलुकको ८० प्रतिशत हिस्सा ओगेटेको शैक्षिक निकायमा देखिएको अस्तव्यस्तलाई व्यवस्थित गराएर गुणस्तरीय उत्पादकमूलक शिक्षाका लागि गम्भिर रुपमा खटिरहेको स्मरण गराउँदै राज्यको यो चिन्तामा भालेश्वर माध्यमिक विद्यालयको यो योगदानलाई ठूलो गुणको रुपमा हेरिएको छ । रोजगारमूलक शिक्षाको आधारहरुमा कम्तीमा एउटा पालिकामा एउटा प्राविधिक शिक्षालयको नीति रहेको बताउनुभयो । यो राज्यको मात्र चासो नभएर समग्र मुलुकवासीको चाहना पनि हो । आफ्नो जीवनको पहिलो अनुभूति यसरी विद्यालयमा आएर सम्बोधन गरेको खुलासा गर्दै जीवनको अधिकांश समय मूलुकका कुनाकन्दरामै बितेको गुनासो राख्नुहुँदै सभापति घर्तीको कथन थियो नमूना विद्यालयलाई मुलुककै नमूना बनाउन आफ्नो तर्फबाट कुनै कसुर बाँकी नराख्ने बताउनु भएको छ ।

सम्बोधनकै क्रममा यो मुलुकबाट गरिबी कसरी हटाउने र सम्वृद्धमुलुक कसरी बनाउने भन्ने सवालमा राज्य गम्भीर रुपमा लागेको छ यसको मूल आधार भनेको शिक्षा स्वास्थ्य हो । विश्वका सम्वृद्ध मुलुकलाई हेर्ने हो भने पनि उनीहरुले शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका विषय चासो दिएको पाइन्छ जसको कारण आज सम्वृद्ध मुलुकको रुपमा स्थापित भएका छन् । त्यसैले यो सपना पूरा गर्न अभिभावकको महत्वपूर्ण भूमिका रहने तथ्य सार्वजनिक भएको छ । त्यसैले बालबालिकाहरुको पहिलो पाठशाला घर हो तब मात्रै विद्यालयको दायित्वभित्र पर्छ । हामीहरुमा विकृतिले चरम सिमा नाघेको छ हामीले हाम्रो भन्न जानेनौं खालि मेरो मेरो भन्नाले सबथोक बर्बाद भएको छ । त्यसैले यावत् विषयमा गम्भीर बनौं भन्दै प्रमुख अतिथि घर्तीले राज्यलाई कमजोर बनाउने काम कहीँ कतैबाट नगरौं भन्नुभयो ।

कार्यक्रममा पूर्व सांसद रामहरि सुवेदी, सामाजिक अभियान्ता विश्वेश्वर बञ्जारा, वडा नं. ८ का वडाअध्यक्ष केशव बञ्जारा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र केसी, लेखा समिति सुपरिवेक्षण सदस्य अभिभावक प्रदीप खड्का, प्रअ रामचन्द्र थापा, दिनेश थापा, विद्यार्थी रविन थापा, शिक्षक अभिभावक संघका अध्यक्ष रामकृष्ण बञ्जारा, विद्यालयसँग सरोकार राख्ने व्यक्तिहरु लगायतले विद्यालयको सकारात्मक पक्षका बारेमा चर्चा गरेका थिए । कार्यक्रमको सञ्चालन सहायक प्रअ हरिप्रसाद तिमल्सिनाले गर्नुभएको थियो ।

  • शिक्षा र स्वास्थ्य मौलिक अधिकार हुन्ः मा. शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्ती; “रोजगारमूलक शिक्षाको आधारभूमि भालेश्वरमा पाएँ
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0