Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मानव अधिकार आफैंमा कठिन विषय हो – श्रेष्ठ

प्रभातफेरी अनलाइन ५६७६ पटक पढिएको प्रकाशित मिति: २०७६ भाद्र ३१, मंगलबार (६ साल अघि)
मानव अधिकार आफैंमा कठिन विषय हो – श्रेष्ठ

पनौती-नेपाल मानव अधिकार संगठन पनौती नगरको दोस्रो वार्षिक साधारण सभा तथा पुनर्गठन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल मानव अधिकार संगठन काभ्रेका सचिव राजु सिग्देलको कथन थियो– लामो समय निष्क्रिय रहेको संगठन सल्बलाउन थाल्नुको कुशल नेतृत्व हो ।

जसको कारण काभ्रे जिल्लाका १३ वटै स्थानीय निकायमा गठन गर्ने क्रममा मण्डनदेउपुर नपा, महाभारत गापा, भुम्लु गापा, चौंरीदेउराली गापा, पाँचखाल नपा, नमोबुद्ध नपा, बेथाञ्चोक गापा लगायतका स्थानीय निकायमा समिति बनिरहँदा हामी मानव अधिकारकर्मीले व्यक्ति केन्द्रित होइन संस्था केन्द्रित हुन आवश्यक छ । हामीले के बुझ्न जरुरी छ भने जतिबेला काभ्रे जिल्लामा मानव अधिकार संगठन भित्र्याइयो, त्यतिबेलाको जिल्लामा मानव अधिकारको चर्चा हुन आवश्यक छ । इतिहास भुल्नु हुँदैन त्यसैले संगठनलाई चलायमान बनाउनु आवश्यक छ । त्यसको पहिलो खुड्किलो आज पार गर्दै छौं सिग्देलले भन्नुभयो ।

कार्यक्रममा एम्नेष्टी अगुवा राजेशकुमार श्रेष्ठ मानव अधिकार हलुको विषय पटक्कै होइन । मानव अधिकार आफैंमा कठिन विषय हो । हामी मानव जति हल्का रुपमा देखेका छौं, जब कार्यक्षेत्रमा खटेपछि यसको गहिराइले अर्थ लाग्छ । अहिले बिना कारण मानव अधिकारको हनन भएको छ यी चुनौतीसँग प्रतिवाद गर्नु सामान्य विषय होइनन् । यी यावत् समस्यालाई कसरी न्यूनिकरण गर्ने भन्ने नै हो । हामीले आफूले आफूलाई रुपान्तरण गर्न जरुरी छ । त्यसका लागि दृष्टिकोण बदल्नु पर्छ तर यो अत्यन्तै गाह्रो विषय हो । हामीले गराई र भनाईमा एक रुपता ल्याउन सक्यौं भने पनि यी समस्या ज्यूँकात्यूँ रहन्छ । हामी आफू बदलिन्नौं तर विश्वलाई बदल्न खोज्छौं ।

मानव अधिकारका बारेमा चर्चा गर्ने नै हो भने यो समस्या प्रत्येक घरमा छ । त्यसतर्फ हाम्रो ध्यान गएको छैन । त्यसैले हामीले प्रण गरौं, मेरो घरमा मानव अधिकार छ । म मानव अधिकार हनन हुन दिन्न र गर्दिनँ भनी प्रण गर्न सक्यौं भने मात्र लक्ष्य प्राप्त गर्न सकिने अधिकारकर्मी श्रेष्ठको तर्क थियो । हामी पदका लागि हुरुक्कै हुन्छौं तर कर्तव्य भुल्दै गएका छौं । पनौतीकै बारेमा हेर्ने हो भने झण्डै २ सयभन्दा बढी गैर सरकारी संघसंस्था छन् । यदि लेखाई र प्रतिबद्धतालाई सम्मान गर्ने हो भने त्रिवेणीघाटको यो अवस्था रहला ? पुण्यमती, रोशी र रुद्रायणीको दर्दनाक अवस्थाको अन्त गर्न धेरै दिन नलाग्ने धारणा राख्नुभएको थियो । कार्यक्रममा लायनद्वय राजाराम कर्माचार्य, रामकुमार बस्नेत, अन्जु रञ्जितकार, शम्भुलाल श्रेष्ठ लगायतका वक्ताहरुले नेपाल मानव अधिकार संगठनका गतिविधिका बारेमा चर्चा गर्नुभएको थियो ।

उक्त वार्षिक साधारण सभामा संगठनको प्रगति विवरण नगर अध्यक्ष शम्भुलाल श्रेष्ठ, आर्थिक प्रतिवेदन कृष्ण श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो भने बन्दसत्रले उक्त प्रतिवेदनमाथि राय राख्दै सर्वसम्मत रुपमा पारित गर्नुका साथै नगर समिति पुनर्गठन गरेको छ । जसको अध्यक्षमा शम्भुलाल श्रेष्ठ, उपाध्यक्षमा अञ्जु रञ्जितकार, सचिवमा रामचन्द्र श्रेष्ठ, कोषाध्यक्षमा कृष्ण श्रेष्ठ लगायत ११ सदस्यीय नगरसमिति चयन गरेको छ । जसको अध्यक्ष संगठनका सभापति शम्भुलाल श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन रामचन्द्रले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि सुरेश सैंजुले दीप प्रज्वलित गरी भेलाको शुभारम्भ गरेका थिए ।

  • मानव अधिकार आफैंमा कठिन विषय हो - श्रेष्ठ
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0