Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जाडोमा वृद्धवृद्धाको स्याहार

प्रभातफेरी अनलाइन ५०४० पटक पढिएको प्रकाशित मिति: २०७६ पौष १५, मंगलबार (६ साल अघि)
जाडोमा वृद्धवृद्धाको स्याहार

राज्य लक्ष्मी श्रेष्ठ
विगतको तुलनामा यो वर्ष जाडो निकै बढेको महसुस गरिएको छ । त्यसले पनि पाको उमेरका व्यक्तिहरु समस्यामा परिरहेका छन् । जाडोमा सबैभन्दा बढी समस्या वृद्धवृद्धालाई पर्ने गर्दछ । जाडोले उनीहरुको स्वास्थ्यमा छिट्टै नकारात्मक प्रभाव पारेको छ । मुटु तथा श्वास–प्रश्वासका बिरामी छन् भने त यो मौसमले झन् जटिल समस्या ल्याउन सक्ने सम्भावना बढेको छ ।

स्वास्थ्य तथ्यांक अनुसार प्रत्येक वर्ष २० हजारभन्दा बढी वृद्धवृद्धाको मृत्यु जाडोले हुने गरेको बताइएको छ । यसमध्ये १० हजार जति मुटुसम्बन्धी रोगी पर्छन् भने ५ हजार जति श्वास–प्रश्वाससम्बन्धी रोग र मांसपेसी कमजोर भई लड्ने गरेको अध्ययनले देखाएको थियो । तर यो तथ्यांकलाई यो वर्षको चिसोले फिक्का बनाउने विज्ञहरुको राय छ ।

प्राकृतिक तवरले नै वृद्धवृद्धाहरुको शरीरको क्रियाकलापमा कमी आउने, शरीर कमजोर हुने, खानाप्रति रुचि कम हुने, खाएको खाना उचित रुपमा सदुपयोग गर्न नसक्ने हुँदा रोग प्रतिरोधात्मक क्षमतामा कमी आउने गर्छ । जसले गर्दा जाडो याममा छिट्टै संक्रमण हुने गर्छ । यसका साथै मुटुसम्बन्धी रोग तथा ब्रोङ्काइटिस, दम, इम्फिसेमा जस्ता श्वास–प्रश्वाससम्बन्धी रोग लाग्दा स्वास्थ्य स्थिति झन् नाजुक बनाउने गर्छ ।

जाडोमा बालबालिका र वृद्धवृद्धाको सबैभन्दा बढी ख्याल राख्नु आवश्यक छ । न्यानो लुगा लगाउने, बस्ने उचित व्यवस्था मिलाउनुका साथै दैनिक खानामा पनि ध्यान पु¥याउन सकेमा यस्ता समस्या हुनबाट केही हदसम्म जोगिन सकिन्छ । स्वास्थ्य र पोषिलो खानाले वृद्धावस्थामा देखिने विविध प्रकारका रोगहरु जस्तै मुटुसम्बन्धी रोग, केही प्रकारका क्यान्सर, कब्जियत, मोटोपना, दाँत किराले खाने, कुहिने आदि समस्यालाई कम गर्छ । उचित प्रकारले खाद्य पदार्थको छनोट र उपयुक्त खाना खाने बानीले शरीर स्वस्थ र न्यानो राख्न मद्दत पुयाउँछ ।

वृद्धावस्थामा शरीरका सम्पूर्ण प्रणालीमा धेरै परिवर्तन हुन्छ भने उनीहरू कुनै न कुनै रोगबाट ग्रसित हुन्छन् । त्यस कारण जाडोबाट बच्न र स्वस्थ रहन अन्य कुराका साथै दैनिक पोषिलो र तातो खानामा ध्यान पु¥याउनुपर्छ । दैनिक भोजनको योजना गर्दा पोषिलो खाद्य समूहबाट पर्ने गरी खाद्यपदार्थको छनोट गर्ने, मौसमअनुसार खाद्यपदार्थको छनोट गर्नुका साथै बुढाबूढीले खाना चपाउन तथा पचाउन सक्ने हुनुपर्छ, छिटो खान नसक्ने र चाँडै खाना चिसो हुने भएकोले थोरै तर पटकपटक दिँदा उपयुक्त हुन्छ । प्रोटिन तत्वहरु शरीरमा राम्ररी शोषण नहुने भएकोले यी तत्वहरुको परिमाण र गुणस्तरमा ध्यान दिनुपर्छ । वृद्धावस्थामा दाँत र गिजा कमजोर हुने भएकाले उनीहरु नरम खाना दिने र खानोको उचित छनौट गर्नुपर्छ । जाडो मौसममा शरीरको तापक्रम कम भई बिसन्चो हुने, चेतना हराउने, एकाग्रता नहुने, विस्तारै श्वास फेर्ने, नाडी कमजोर हुने उचित उपचार नपाएमा मृत्युसमेत हुनसक्ने भएकोले पोषिलो तथा तातो खानाको व्यवस्थाका साथै सम्बन्धित चिकित्सकसँग उचित परामर्श लिनुपर्छ ।

जाडोमा प्रशस्त मात्रामा तातो पोषिलो झोल पदार्थ पानी पिउन दिने, आफ्नै प्रकारको खाना खाने प्रवृत्ति तथा बानी हुने भएकोले सम्झाइबुझाइ नकारात्मक बानीमा परिवर्तन गराउनुपर्छ । दैनिक खानामा प्रशस्त मात्रामा सन्तुलित भोजन समावेश गर्नुपर्छ । सम्भव भएसम्म भिटामिन ‘सी’ युक्त फलफूल, जुस, सुप दैनिक भोजनमा समावेश गर्नुपर्छ । यदि खानाप्रति रुचि कम छ भने सकेसम्म स्वादिलो तवरले आकर्षक ढंगले सजाएर खुवाउनुपर्छ । खानाको बीचबीचमा दुध, सुप, जुस दिँदा उपयुक्त हुन्छ भने राति सुत्नुअगाडि तातो दुध पनि दिन सके राम्रो । यति गर्न सकिएमा बालबालिका र वृद्धवृद्धाहरुलाई चिसोबाट जोगाउन सकिन्छ ।

  • जाडोमा वृद्धवृद्धाको स्याहार
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    स्वास्थ चर्चा सम्बन्धि थप
  • क्यान्सर रोक्न सकिन्छ मात्रै सचेतनाको आवश्यकता छ : संस्थापक सत्याल

    क्यान्सर रोक्न सकिन्छ मात्रै सचेतनाको आवश्यकता छ : संस्थापक सत्याल

  • रेडक्रस काभ्रे जिल्ला शाखाद्वारा अक्षकोष स्थापनाको तयारी

    रेडक्रस काभ्रे जिल्ला शाखाद्वारा अक्षकोष स्थापनाको तयारी

  • एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन

    एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन

  • दाद रोगबाट हुने समस्या र समाधानको उपाय

    दाद रोगबाट हुने समस्या र समाधानको उपाय

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0