Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

ओझेलमा परेको खोकुछिन्ताङको सुन्तला

प्रभातफेरी अनलाइन ५६२३ पटक पढिएको प्रकाशित मिति: २०७६ पौष २२, मंगलबार (६ साल अघि)
ओझेलमा परेको खोकुछिन्ताङको सुन्तला

पञ्चमायाँ तमाङ

शहिदभूमि भनेर चिनिने धनकुटाको छिन्ताङ पछिल्लो समय सुन्तला खेतीको लागि उर्वरा भूमिको रुपमा स्थापित भएता पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । छिन्ताङको सुन्तला मुलुकको अन्य भूभागको भन्दा अत्यन्तै रसिलो र स्वादिलो भएको कृषि विज्ञहरुको धारणा छ । यो अवस्थामा अहिले पनि नेपालको पश्चिमी क्षेत्रलाई सुन्तलाको उर्वरा भूमि भनिएको छ । जसका कारण खोकु छिन्ताङको पहिचान गुम्न गएको स्थानीयहरुको गुनासो रहेको छ ।

खास गरी सुन्तला जातको फलफूल भन्नाले बोक्रामा तेल भरिएको ग्रन्थीहरु भएको र फल भित्र केस्रा र केस्रा भित्र स–साना रसले भरिएको थैलीहरु भएको फललाई जनाउँछ । नेपालमा मुख्यतया खेती गरिने सुन्तला जात फलफूलहरुमा सुन्तला, जुनार, कागती, निबुवा, मौसम, ज्यामिर, भोगटे, विमिरो आदिलाई जनाउँछ । क्षेत्र र उत्पादनक हिसावले सुन्तला जात विश्वमा तेस्रो स्थान ओगटेको छ भने नेपालमा प्रथम स्थान ओगटेको विभिन्न तथ्यांकले देखाउँछ ।

सुन्तला फलफूललाई समष्टीगत रुपमा उपोष्ण फल भनिए पनि सुन्तलाका केही जातलाई उष्ण हावापानीमा पनि सफलताका साथ खेती गर्न सकिन्छ भने यी जातहरु १६०० मी. उचाईसम्म सजिलै खेती गर्न सकिन्छ । नेपालको मध्यवर्ती पहाडी क्षेत्रमा यस किसिमको हावापानी पाईन्छ । सुन्तला उत्पादन गर्न, विरुवा उत्पादन गर्नको लागि १००० मी. भन्दा कम हुनु हुदैन । सुन्तला उत्पादनको लागि उपयुक्त उचाई १०००–१२०० मी. मानिन्छ । सुन्तलाको लागि ५० से–४० से सम्मको तापक्रम राम्रो मानिएता पनि उच्च भूभागमा उपयुक्त तापक्रम १९० से को आसपासलाई पनि उर्वराको रुपमा लिइन्छ । वार्षिक वर्षाको हकमा ९५० मी.मी. –२००० मी.मी.उपयुक्त मानिन्छ । सूर्यको प्रकाश ८–११ घण्टा प्रति दिन राम्रो मानिन्छ । माथि उल्लेखित हावापानीलाई छिन्ताङले समेटेको कृषि विज्ञहरुको तर्क छ । जसको कारण पनि यहाँको सुन्तला अत्यन्तै स्वादिलो रहेको पाइन्छ ।

खोकुछिन्ताङको हावापानीले सुन्तला उत्पादनको लागि आफूलाई उपयुक्त भूमीका रुपमा प्रमाणित गरेको बाली विज्ञहरु बताउँछन् । जसअनुसार सुन्तला फलले बढी प्रकाश मन पराउँछ तर अलि अलि छाँया पर्ने ओसिलो ठाउँमा फलहरु रसिला र ठूला आकारका हुने गर्दछन् । हिउँदको चिसोपछि बिरुवा राम्रोसँग फुल्ने गर्दछ । फूल फुलेपछि फलहरुको विकासको निमित्त बढि तापक्रमको आवश्यकता पर्दछ तर ज्यादा गर्मी र बढि सुख्खा भएमा फूल तथा फलहरु झर्दछन् । फल पाक्ने समयमा राती ठण्डा र दिनमा गरम हुने भएमा फलहरुको रङ्ग आकर्षक पहेंलो हुने गर्दछ । दिन र रातको तापक्रम फरक बढि भएमा राम्रो मानिन्छ ।

माटोको गहिराइ १ मिटरभन्दा बढि (ढुंगा नभएको), हलुका दोमट र प्राङ्गारिक पदार्थयुक्त, पानी नजम्ने खालको माटो यस खेतीको लागि उपयुक्त मानिन्छ । माटोको रासायनिक गुण यसको अम्लियपना (पि.एच.) लेबलले जनाउँछ र (पि.एच.) ६.५ को आसपास हुनुपर्दछ ।यो पि.एच. लेबल भन्दा बढि भएमा बिरुवाले सुक्ष्म पोषक तत्वहरुको प्राप्त गर्ने शक्ति ह्रास हुन्छ र कम भएमा चुन र म्याग्नेसियम जस्ता खनिज तत्वहरु बढि घुलनशील भई बगेर जान्छ । कृषि चुनको सहायताले माटोको पि.एच.लाई बढाउन सकिन्छ । माटोमा लवण (नुनिलोपना) को मात्रा कम भएमा राम्रो मानिन्छ ।

नेपालको मध्य पहाडीभाग (समुन्द्र सतहबाट ६००–१४०० मिटरसम्म उचाइ भएको) उतरतर्फ फर्केको यातायातको सुबिधा भएको, बजारबाट नजिक, सिचाइको स्रोतबाट नजिक मोहडामा सफलतापूर्बक सुन्तलाको खेती गर्न सकिने बालीविज्ञहरुको धारणा छ ।सुन्तला खेती एक पटक लगाएपछि कैयौं वर्षसम्म बाँच्दछन् । त्यसकारण यसको लागि दिर्घकालिन योजना र लगानीको आवश्यकता पर्दछ । सानो गल्तीले पनि लामो समय सम्म र ठूलो नोक्सान पु¥याउने हुनाले बेलैमा सावधानी अपनाउनु पर्दछ भनिएता पनि खोकुछिन्ताङमा यो समस्या अहिलेसम्म नआएको स्थानीय कृषक थममाया राईको भनाई छ । उहाँका अनुसार यहाँको उत्पादन मुस्किलले इटहरीसम्म पुग्ने गरेको बताउनुहुन्छ । उचित बजार व्यवस्था र राज्यबाट उपेक्षित भएकै कारण सबै कुराहरु मिलेर पनि किसानहरुले उपयुक्त मूल्य पाउन नसकेको उहाँको गुनासो छ ।

सुन्तलाको बिरुवा सदाबहार स्वभावक हुने भएकाले सुषुप्त अवस्थामा आउने सम्भावना प्रायः हुँदैन । यिनीहरुको जरा सालभरि नै क्रियाशील रहिरहन्छ । सिंचाई सुविधा भएको ठाउँमा वैशाख देखि श्रावण सम्म रोप्न सकिने भएता पनि खोकुछिन्ताङमा जुनसुकै महिना पनि बेर्ना सार्न सकिन्छ । किनकी यहाँको माटो प्रायः सुन्तला खेतीको लागि बाह्रै महिना उपयुक्त रहने र सिंचाईको समस्या नपर्ने भएकोले पनि खोकुछिन्ताङ सुन्तला खेतीको लागि उपयुक्त मानिन्छ । त्यसैले पनि यस क्षेत्रको विकास र पहिचानका लागि स्थानीय सरकारको ध्यान केन्द्रित होस् भन्ने चाहना स्थानीय किसानको छ ।

  • ओझेलमा परेको खोकुछिन्ताङको सुन्तला
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0