Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

आलस र यसको महत्व

प्रभातफेरी अनलाइन ६७४४ पटक पढिएको प्रकाशित मिति: २०७६ फागुन ६, मंगलबार (६ साल अघि)
आलस र यसको महत्व

आर.एल.श्रेष्ठ
पछिल्लो समय आलसका बारेमा निकै चर्चा परिचर्चा हुने गरेको छ । मानव शरीरमा वातावरणीय प्रभावदेखि खानपिनको कारण सिर्जना भएका दीर्घरोगहरुको अचुक औषधीका रोगमा आलसको प्रयोग हुन थालेको छ । सायद आलसका बारेमा थाहा नपाउने मानिस कमै हुनुपर्छ । आलसको तेल निकै लोकप्रिय हुँदै गएको छ । आलसको छोप अचारमा पनि प्रयोग हुन्छ । आलसलाई बहुगुणी औषधि पनि मानिन्छ । आलस लिनासिया परिवारमा पर्ने वनस्पती हो । यसको फल फाइबरयुक्त खाद्य पदार्थको रूपमा उपभोग गरिन्छ ।

आलसको खेती विश्वका चिसो भूभागहरूमा गरिँदै आएको छ । नेपालमा आलस कति उत्पादन हुन्छ भन्ने एकिन तथ्यांक छैन तर पनि सरदर १४ हजार तीन सय १९ हेक्टर जमिनमा ७ हजार ६ सय ७२ टन उत्पादन भएको सन् २०१३ को तथ्यांकले देखाएको छ ।शरीरलाई नभई नहुने चिल्लो पदार्थमध्येको तत्व हो, ओमेगा थर्ड, फ्याट्टी एसिड, जुन आलसमा प्रशस्त पाइन्छ । आलसको प्रयोग प्राचीनकालदेखि फाइबर र तेलका लागि प्रयोग हुँदै आएको आलस अहिले विकसित देशहरूमा औषधिका रूपमा सेवन गर्न थालिएको छ । विश्वलाई सताइरहेको कोलेस्टेरोल, स्ट्रोक लगायतका मुटुसम्बन्धी रोगदेखि क्यान्सरसम्मको रोकथाममा आलसको प्रयोग बढ्दै गईरहेको छ ।

आलसलाई आफ्नो उपयुक्त अनुसार प्रयोग गर्न सकिन्छ । आलसलाई अंकुराएर खानु सबैभन्दा राम्रो मानिन्छ । आलसलाई अंकुराउँदा यसमा हुने फाइटिक एसिड हट्छ, जसले गर्दा खनिज तत्वहरु हाम्रो शरीरले सजिलै लिन सक्ने सो सम्बन्धी विज्ञहरुको राय छ ।अध्ययन अनुसार विज्ञहरुको सिफारिसमा आलसलाई न्यानो पानीमा कम्तीमा १० मिनेट वा चिसो पानी भए २ घन्टा भिजाएर प्रयोग गर्नु भन्ने छ । आलसलाई अंग्रेजीमा ‘फ्लाक्स सिड’ वा ‘लिन सिड’ पनि भनिन्छ । यसको वैज्ञानिक नाम ‘लिनम युसिटाट्सिनम’ हो ।

विशेष गरी आलसमा क्यालोरी ३७, प्रोटिन १.३ ग्राम, कार्बोहाइडेड २ ग्राम, फाइबर १.९ ग्राम, चिल्लो ३ ग्राम, ओमेगा फ्याटी एसिड १५९७ एमजी, स्याचुरेट फ्याट ०.३ ग्राम, मनोअन स्याचुरेट फ्याट ०.५ ग्राम, पोलिअनस्याचुरेट फ्याट २ ग्राम, भिटमिन बी१ ८ प्रतिशत, भिटमिन बी६ २ प्रतिशत, फोलेट २ प्रतिशत, क्याल्सियम २ प्रतिशत, आइरन २ प्रतिशत, म्याग्नेसियम ७ प्रतिशत, पोटासियम २ प्रतिशत, फस्फोरस ४ प्रतिशत पाइने विज्ञहरुको आँकलन छ ।

आलसलाई नियमित रुपमा प्रयोग गर्दा अत्यधिक मात्रामा ओमेगा थर्ड फ्याट्टी एसिड पाइन्छ, जुन हाम्रो शरीरलाई नभई नहुने चिल्लो पदार्थमध्येको एक हो । क्यान्सर रोग लाग्नबाट जोगाउँछ । त्यस्तै उच्च रक्तचाप, सुगर लेबल सन्तुलन, भोग जगाउने काम गर्छ र वजन सन्तुलन राख्न, मुटुसम्बधी रोग, खाना पचाउन, मधुमेह रोग, कुनै पनि संक्रमण हुनबाट जोगाउँछ भने सुत्केरी महिलाको लागि आलस अति उपयोगी मानिएको छ ।

आलसको नियमित प्रयोगले अनुहारमा चमक थप्नुका साथै नरम र सिल्की कपालका लागि पनि आलस राम्रो मानिन्छ । मुटुका धमनीहरूमा रगत जम्न, कब्जियत, पाइल्स, फिस्टुलाका बिरामी, छालासम्बन्धी रोगहरू एग्जिमा, डन्डीफोर, दाद, चिलाउने, रोग प्रतिरोधात्मक क्षमता पनि बढाउन मदत गर्दछ । शरीरको बोसो घटाएर स्फूर्त बनाउन, आयुर्वेदमा ‘दैविक भोजन’ का रूपमा चित्रण गरिएको छ । रातो रक्तकोष निर्माण र मस्तिष्क एवं स्नायुको कार्यप्रणालीमा सहयोग पु¥याउँछ भने आलसमा पाइने लिग्नान्सको इस्ट्रोजेनिक गुणले महिलाको महिनावारीमा हुन सक्ने तलमाथिलाई पनि नियमित गराउँछ । स्तन, प्रोस्टेट, कोलोन, पाठेघर क्यान्सरका बिरामीलाई आलस निकै उपयुक्त मानिन्छ । आलसको सेवनले पाचन क्रियामा सघाउँछ र कब्जियतलगायत पाचनसम्बन्धी समस्यालाई समाधान गर्छ । आलसमा पाइने घुलनशील रेशाले बोसो र कोलेस्ट्रोललाई बल्झाएर लिने भएकोले शरीरमा सोसिने मात्रा कम हुन जान्छ । त्यस्तै पित्तमा भएको कोलेस्ट्रोललाई पनि आलसको रेशाले लिन्छ र दिशाबाट बाहिरिन्छ । आलसको नियमित प्रयोगले यति मात्र फाइदा नगरी आँखाको लागि पनि राम्रो मानिन्छ । खासगरी आँसु कम भएर आँखा सुख्खा हुने र पोल्नेहरुको लागि ओमेगा थर्डको सेवन गर्दा राम्रो मानिन्छ । सामान्यतया माछाको तेलमा इपिए र डिएचएल दुई प्रकारका ओमेगा थर्ड फ्याट्टी एसिड पाइन्छन् तर आलसमा पाइने चाहिँ ‘एएलए’ अर्थात् अल्फा लिनोलेनिक एसिड हो । खासमा यी फ्याट्टी एसिडहरु सुन्निने, दुख्ने कम गर्ने ‘एन्टि–इन्फ्लेमाटोरी’ गुणयुक्त र मुटुसम्बन्धी रोगहरु कम गर्नमा उपयोगी मानिएको छ ।

अध्ययन अनुसार आलस धेरै किसिमले खान सकिन्छ । यसलाई अंकुराएर खाँदा अझ व्यवहारिक हुन्छ । आलसको छोप बनाएर पनि खान सकिन्छ । आलु–काँक्रोको अचारमा तिलको साटो आलास मिलाउनु उत्तम मानिन्छ । आलसलाई भिजाएर विभिन्न फलफूलसँग मिसाई लस्सी बनाएर पिउन पनि सकिन्छ । आलसको सुप पनि अत्यन्त स्वास्थ्यकर मानिन्छ । सलादको ड्रेसिङ बनाएर खाँदा पनि स्वादिस्ट र स्वस्थ्यकर हुन्छ । आलस मिसाएर विभिन्न कुकिज, लड्डु, मल्टिग्रेन्ड ब्रेड र थेप्ला बनाउन सकिन्छ । आलसलाई विभिन्न तरिकाले खान सकिन्छ । जस्तैः दुध वा दहीसँग मिसाएर खान सकिन्छ । दहीसँग खाँदा स्वादअनुसार मह मिसाउन सकिन्छ । घरमै रोटी, बिस्कुट, केकरमफिन बनाउँदा आलसको पिठो मिसाउन सकिन्छ । आलसलाई ३०० डिग्री फरेन्हाइट (झन्डै १५० डिग्री सेल्सियस) मा ३ घन्टासम्म बेक गर्दा यसमा भएको एएलए ओमेगा थर्डमा केही असर नपरेको अध्ययनबाट देखाएको छ ।

  • आलस र यसको महत्व
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    स्वास्थ चर्चा सम्बन्धि थप
  • क्यान्सर रोक्न सकिन्छ मात्रै सचेतनाको आवश्यकता छ : संस्थापक सत्याल

    क्यान्सर रोक्न सकिन्छ मात्रै सचेतनाको आवश्यकता छ : संस्थापक सत्याल

  • रेडक्रस काभ्रे जिल्ला शाखाद्वारा अक्षकोष स्थापनाको तयारी

    रेडक्रस काभ्रे जिल्ला शाखाद्वारा अक्षकोष स्थापनाको तयारी

  • एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन

    एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन

  • दाद रोगबाट हुने समस्या र समाधानको उपाय

    दाद रोगबाट हुने समस्या र समाधानको उपाय

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0