Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ १६, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

योमरी

प्रभातफेरी अनलाइन ४९५९ पटक पढिएको प्रकाशित मिति: २०७६ चैत्र ४, मंगलबार (६ साल अघि)
योमरी

ऐतिहासिक किंवदन्ती बौद्धग्रन्थ रत्नावदनवचन अनुसार पाचाल राज्य हालको पनौतीमा सुचन्द्र महाजन नाम गरेका निसन्तान तथा निर्बल गरिब तर दयालु स्वभावका दम्पत्ति बस्दथे । उनीहरुको दयालु स्वभावबारे देश परदेशसम्म फैलिएको थियो । एकदिन स्वर्गका धनका राजा कुवेरलाई महाजन दम्पत्ति कतिको दयालु रहेछन् भनेर बुझ्न मन लागेछ । कुवेरले एक अति दरिद्र माग्नेको रुप धारण गरी महाजन दम्पत्तिको घर दैलोमा पुगेछ । महाजन दम्पत्तिले दरिद्र रुपी माग्ने कुवेरलाई स्वागत सत्कार गरी पकाई राखेको खानेकुरा खुवाउनुका साथै श्रद्धा गरेकोले दरिद्ररुपी कुवेर अति प्रसन्न भई आफ्नो सक्कली रुप देखाएर महाजन दम्पत्तीलाई योमरीको गुणबारे दीक्षा दिई अन्तरध्यान भएछन् ।

त्यो दिन मंसिर महिनाको शुक्ल पक्ष पूर्णिमाको दिन थियो । कुवेरले दिएको दीक्षाअनुसार महाजन दम्पत्तिले तिलको धुलो र चाकुको झोल मोलेको चामलको पिठोबाट विभिन्न आकृतिको योमरी बनाई पकाई अन्न धान राख्ने भकारीमा राखेर विधिपूर्वक स्थापना गरी ४ दिनसम्म छोपेर राखी पूजाआजा गरेछन् । अनि अन्न धान र योमरी आफन्त छरछिमेकीहरुलाई बाँडेर दिएछन् एवं रितले उनीहरुको दिन बित्न थालेपछि महाजन दम्पत्तिको शरीर समेत हिष्टपुष्ट हुन थालेछ । खेतीपातीबाट पनि राम्रो अन्न धानबाली राम्रो भई आम्दानी पनि वृद्धि हुन थालेछ । यो कुरा एक कान दुई कान हुँदै जताततै फैलिएपछि त्यही समयदेखि नेवार समुदायमा योमरीको संस्कृति सुरुवात भएको पूर्वजहरुको भनाइ छ ।

योमरी झैं सबैको जीवनमा मिठास होस् स्वास्थ्य राम्रो होस् अनि सबैको दिन राम्रोसँग बितोस् भनी देशभरी छरिएर रहेका प्राचिन संस्कृति र परम्पराका धनी नेवाः समुदायले योमरी पुन्ही मनाउँदै आएका छन् । कृषि कार्यसँग योमरीले विशेष महत्व बोकेको योमरी पुन्ही अर्थात् मंसिर पूर्णिमाबाट औपचारिक रुपमा धान काट्ने कार्य सम्पन्न गरी नयाँ धानको चामलको पिठो मोलेर माथि उल्लेख गरेअनुसार पानीको घट्टमा पिनेको पिठोबाट पटासी एक किसिमको माटोको सामग्रीमा राखी पानीको बाफबाट पकाएको योमरी अति मिठो र स्वादिष्ट हुन्छ । त्यसमा अन्य चिल्लोपन नभएकोले यो परिकार स्वास्थ्यको लागि हितकारी हुन्छ । योमरीभित्र केही अक्षता हाली पकाएको रोटी पिरो खुर्सानीको अचारमा तात्तातो चोपेर खाने पनि गरिन्छ ।

आजकल नेवाः र अन्य समुदायमा पनि परम्परा अनुसार योमरी पुन्ही मान्दछन् । योमरी पुन्हीको दिन गीत गाउँदै बच्चादेखि बुढापाकासम्म सहभागी भई रातभर योमरी मागिन्छ । इष्टमित्र, साथीभाइ, पाहुनालाई बाँडिचुडी खुवाउने र खाने परम्परा रहेको यो पर्वलाई माया, प्रेम, दया र करुणा आदानप्रदानको रुपमा पनि लिने गरिएको छ । नेपाल भाषामा “यो” भनेको मनपर्ने र “मरी” भनेको रोटी हो । सबैलाई मनपर्ने भएकोले नै यसको नाम योमरी राखेको अग्रज बुढापाकाहरुको भनाइ छ ।

योमरीबाटै विभिन्न प्रकारका मिठाइको विकास भएको मानिन्छ । योमरी माग्न आउनेहरुलाई घरको सबभन्दा जेठी, मुलीले बाँड्ने चलन छ । योमरी माग्न आउँदा योमरी चुईं चुईं अकि दुने चाकु, नयवलय् माकु, ब्युसा ल्यासे, मब्युसा बढीकुटी भनी गीत गाउने प्रचलन छ ।पहिले योमरी पुन्हीको दिन मात्र पकाएर खाने, हिजोआज भने मन लागेको बेला किनेर, पकाएर पनि खान्छन् । गैर नेवाहरुमा पनि यो नेवारी रोटी लोकप्रिय हुन आएको छ । योमरी हिजोआज होटल, रेष्टुराँ र खाजा घरमा योमरी स्तम्भ समेत राखिएको छ ।

लक्ष्मण सुन्दर सैंजू
न्यूजिल्याण्ड

  • योमरी
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    लेख सम्बन्धि थप
  • प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ १३ गते बुधबार

    २०८३ साल जेठ १३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    आज कृष्णसेन इच्छुकको २४ औँ स्मृति दिवस : प्रेस सेन्टर नेपालले विविध कार्यक्रम गरि मनाउने

    आज कृष्णसेन इच्छुकको २४ औँ स्मृति दिवस : प्रेस सेन्टर नेपालले विविध कार्यक्रम गरि मनाउने

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0