Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

हाम्रो शरीरलाई प्राप्त हुने क्यालोरी र रातो मासुको सम्बन्ध

प्रभातफेरी अनलाइन ७३०८ पटक पढिएको प्रकाशित मिति: २०७७ बैशाख ३०, मंगलबार (५ साल अघि)
हाम्रो शरीरलाई प्राप्त हुने क्यालोरी र रातो मासुको सम्बन्ध

आर.एल.श्रेष्ठ
हाम्रो शरीरको लागि आवश्यक पर्ने क्यालोरी र रातो मासुको सम्बन्धका बारेमा चर्चा गर्न गइरहेका छौं । हाम्रो शरीरलाई क्यालोरी कसरी प्राप्त हुन्छ भन्ने बारेमा निकै बहस भएको पाइन्छ । अध्ययन अनुसार शरीरलाई आवश्यक पर्ने विभिन्न खाद्य तत्वहरुबाट भिन्नभिन्न क्यालोरी पाइन्छ । शरीरलाई दिनमा कति क्यालोरी चाहिन्छ, त्यो जान्नुअघि तपाईं महिला हो कि पुरुष, उमेर, कार्यक्षेत्र, तौल, उचाइ जान्नु आवश्यक पर्छ ।

सामान्यतयाः चिकित्सा विज्ञानका अनुसार एउटा स्वस्थ मानिसलाई २४ घन्टामा २ हजार देखि ३ हजारसम्म क्यालोरी आवश्यक पर्छ । यदि तपाईं कडा परिश्रम गर्नुहुन्छ भने बढी क्यालोरी जरुरत हुन्छ । प्रायः खेलाडी, आर्मी, पुलिस, मजदूर वर्ग र बढ्दो उमेरका बालबालिकालाई पनि अरुको तुलनामा बढी नै क्यालोरी वा प्रोटिन हुनु आवश्यक छ ।

परिश्रम कम पर्ने काम गर्नेहरु जस्तै अफिसमा बसेर काम गर्ने कडा शरीरिक परिश्रम गर्नुपर्ने छैन भने थोरै क्यलोरी भए पुग्छ । उमेर ५० नाघेको छ भने पनि क्यलोरी ज्यादा जरुरत पर्दैन । अध्ययन अनुसार महिलाको तुलनामा पुरुषलाई केही बढी क्यालोरी आवश्यक हुन्छ भनिएको छ ।

शरीरलाई जीवित राख्न ताप उत्पन्न गराई विभिन्न कार्य गरी शक्ति प्रदान गर्ने कार्यको इकाई नै क्यालोरी हो । कोही मान्छे दुब्लो पातलो भयो या कमजोर देखियो भने सहज रुपमा भनिन्छ, तपाईंलाई क्यालोरी पुगेन । तसर्थ क्यालोरी भनेको सामान्य अर्थमा तागत अर्थात् शक्ति भन्ने बुझिन्छ । क्यालोरी भनेको हाम्रो शरीरमा उत्पन्न हुने शक्ति अर्थात् ताप नाप्ने इकाइको नाम पनि हो ।

भिन्नभिन्न सागपात, फलफूल, गेडागूडी या चामल र माछामासु या चिल्लो पदार्थमा फरकफरक क्यालोरी पाइन्छ । पानीमा जिरो क्यालोरी हुन्छ भने चिल्लो पदार्थमा उच्चतम क्यालोरी पाइन्छ । संसारमा जति मान्छे खाना नपाएर मर्छन्, त्यसको कयौं गुणा मान्छेले खान नजानेर मरेका छन् । त्यसको प्रमुख कारण पनि क्यालोरी क्याल्कुलेसन नमिलाएर खाँदाको परिणाम नै हो । अहिले अधिकांश व्यक्तिहरुमा जुन समस्या देखिएको छ, त्यो सबै तरिका नमिलाइकन खानेकुरा खानुको परिणाम हो । जस्तैः मधुमेह, युरिकेसिट, प्रेसर आदि ।

ग्रामीण क्षेत्रको तुलनामा सहरमा मान्छे बढी रोगी हुनु र कम उमेरमा मर्नु पनि क्यालोरी बढी भएर विभिन्न रोगको सिकार हुनु नै हो । सहरी क्षेत्रका मान्छे गाउँका मानिस सरह परिश्रम गर्दैनन् र उचित क्यालोरी बर्न हुन पाउँदैन अनि बोसोको रुपमा भन्डारण हुन पुग्छ । जसका कारण विभिन्न रोगले गाँज्न थाल्छ । मुटु रोग, मधुमेह, प्रेसर जस्ता अनगिन्ती रोग लाग्नु पनि क्यालोरी सन्तुलन मिलाएर नखाँदाको परिणाम हो ।

हामीले खाएको खाना जब शरीरमा प्रवेश गर्छ, अक्सिजनको मद्दतले टुक्रिएर अर्धठोसमा परिणत हुन्छ र इन्जिनले इन्धन बालेको जस्तै बर्न हुन्छ । यही बल्ने कार्यलाई नै क्यालोरीको रुपमा प्रयोग गरिन्छ । अझ सजिलो अर्थमा भन्ने हो भने एक ग्राम क्यालोरी भनेको त्यति नै तापशक्ति हो, जति तापशक्ति एक ग्राम पानीलाई एक सेन्टिग्रेट तातो पार्नको लागि आवश्यक पर्छ ।

यदि एक लिटर पानी तताउन पर्यो भने त्यही अनुसारको तापशक्तिको आवश्यकता पर्छ । त्यसैले खानेकुराको तापशक्ति नाप्न बढी क्यालोरी अर्थात् हजार गुणा बढीको इकाइलाई प्रयोग गरिन्छ ।अध्ययन अनुसार पानी, फाइबर भिटामिन र मिनेरल्समा कुनै क्यालोरी हुँदैन भनिएको छ । हामीले क्यालोरी पाउने भनेको कार्बोहाइडेड, प्रोटिन र चिल्लो पदर्थ (फ्याट) मा मात्र हो । आलु बाहेक सरदर सबै सब्जीमा एक ग्राम बराबर चार क्यालोरी मिल्छ । आँप र केरा बाहेक अन्य सबै फलफूलमा पनि एक ग्राम बराबर चार क्यालोरी मिल्दछ । दाल, चामल, रोटी, पाउरोटी, बिस्कुट सबै अनाजमा तेलबिना बनेको छ भने एक ग्राम बराबर चार क्यालोरी पाइन्छ । तर कुनै पनि फ्राई आइटम खाँदा अझ धेरै क्यालोरी प्राप्त हुन्छ । घ्यु, तेल या बटर खाँदा भने एक ग्राम बराबर ९ क्यालोरी प्राप्त हुन्छ ।

यदि तपाईंलाई कम क्यालोरीको जरुरत छ भने चिल्लो पदार्थ एकदम कम गर्नुपर्छ र तौल घटाउनु छ भने सागपात या फलफूल धेरै खानु आवश्यक छ । उदाहरणका लागि पानीलाई लिऔं । पानी जति नै पिए तापनि त्यसमा कुनै क्यालोरी पाइँदैन तर पानी शरीरलाई भने अत्यन्त जरुरी छ ।

एउटा सय ग्रामको गोलभेडामा ९० प्रतिशत पानी हुन्छ र पानीको क्यालोरी गणना भएन । बाँकी १० प्रतिशतमा फाइबर र अन्य कुनै चिज पाइन्छ र बाँकी ५ प्रतिशत र ४ गुणा ५ बराबर २० क्यालोरी प्राप्त हुन्छ । एवं प्रकारबाट सबै सागपात तथा फलफूलमा क्यालोरी प्राप्त हुन्छ ।

काँक्रो सय ग्राम खाँदा ९० प्रतिशत पानी र ४ देखि ६ प्रतिशत फाइबर तथा अन्य तत्व पाइन्छ र गुणा ४ गर्दा १६ क्यालोरी हुन्छ । तसर्थ जुनसुकै सागपात बिना तेल पकाएर या काँचै खाँदा माथि क्यल्कुलेसन गरे अनुसार क्यालोरी पाइन्छ । तसर्थ अब हामीले सहज रुपमा भन्न सक्छौं, कि यदि कुनै पनि सागपात सय ग्राम खान्छौं भने सरदर २० क्यालोरी प्राप्त गर्छौं ।

यदि तपाईंले कुनै एक सय ग्रामको फलफूल खानु भयो भने ५० क्यालोरी प्राप्त हुन्छ । यदि २०० ग्रामको एउटा स्याउ खानु भयो भने सय क्यालोरी प्राप्त हुन्छ र आँप र केरा बाहेक प्रायः सबै फलमा यो लागू हुन्छ ।

शुद्ध पानीमा जिरो क्यालोरी भए जस्तै कालो कफीमा, ग्रिन टीमा र मसला तथा जडिबुटीमा पनि न्यून क्यालोरी पाइन्छ । कुनै चिज नमिसाएको एक कप कफीमा (२३७ ग्राम) जम्मा २ क्यालोरी पाइन्छ भने कार्बोनेट पानी तथा हर्बल टीमा पनि न्यून क्यालोरी प्राप्त हुन्छ ।

एक चम्चा (५ ग्राम) मिक्स मसलामा ५ ग्राम मात्र क्यालोरी मिल्छ । खानालाई स्वादिलो बनाउने विभिन्न हर्बहरु पार्सली, ओरेगानो, बेसिल, धनियाँ, पुदिना, सेज, रोजमेरी सबैजसोमा कमन क्यलोरी पाइन्छ । कमन सब्जीहरुमा पनि प्रायः कमन क्यालोरी पाइन्छ । जस्तैः सय ग्राम पालुंगोमा २० क्यालोरी पाइन्छ भने सय ग्राम गोलभेडामा पनि त्यति नै २० क्यालोरी पाइन्छ । मुला, गाँजर, भान्टा, चिचिन्डो, लौका, साग सबैमा लगभग उस्तै क्यालोरी प्राप्त हुन्छ ।

एक कप स्ट्रेबरी अर्थात् १ सय ५२ ग्राममा ५० क्यालोरी मिल्छ भने १सय ४० ग्राम मेवामा ५५ क्यालोरी मिल्छ । ९० ग्राम निबुवा या कागतीमा २४ क्यालोरी मिल्छ । १ सय ४० ग्राम स्याउमा ५७ क्यालोरी पाइन्छ । सागपातहरुमा कम तर लगभग समान क्यालोरी मिले जस्तै फलमा केही बढी क्यालोरी मिले तापनि फरक फलमा लगभग समान क्यालोरी मिल्छ ।

दाल, गेडागुडी, चामल, पिठो यो समूहमा झन् बढी क्यालोरी पाइन्छ । ८० ग्राम चामल पकाउँदा १ सय ३६ क्यालोरी पाइन्छ भने ३० ग्रामको आँटाको रोटीमा सय क्यालोरी प्राप्त हुन्छ र ३० ग्राम दाल बिना तेल पकाएर खाँदा १ सय ४ क्यालोरी पाइन्छ ।

आलु तारेको, समोसा तारेको, गुलाब जामन, निम्की, पकौडामा झन् ज्यादा क्यालोरी पाइन्छ । १ सय ३० ग्राम तारेको आलुमा ४ सय २७, मध्यम खालको आलुको तारेको समोसा १ सय २३ र ५० ग्रामको दुई वटा लालमन खाँदा ५ सय क्यालोरी पाइन्छ । खानामा पाइने चिल्लो पदार्थ मध्ये एक ग्राम घ्यु या बटर खानुहुन्छ भने ९ गुना ज्यादा क्यालोरी हुन्छ ।

अर्को समूहको मांसाहारी जुन समूहमा पनि करिब उस्तै–उस्तै तुलनामा क्यालोरी प्राप्त हुन्छ । खसीको मासु, सुँगुरबंगुरको मासु र सालमन माछामा ज्यादा फ्याट हुने हुँदा केही बढी क्यालोरी हुन्छ । सय ग्राम कुखुराको मासुमा १ सय ६५ क्यालोरी पाइन्छ भने सय ग्रामको २ ठूलो अन्डामा पाइन्छ । वाइल्ड एटलान्टिक ग्राम सालमन माछामा १ सय ८० क्यालोरी पाइन्छ । तर अन्य माछामा यसको तुलनामा केही कमै पाइन्छ ।

अध्ययन अनुसार सय ग्राम खसीको मासुमा २ सय ५८, सय ग्राम गोरुको मासुमा १ सय ६२ क्यालोरी पाइन्छ । कुनै पनि मासु, सागपात, अन्न, तारेको परिकार, गुलियो चिज या घ्यु तेलको क्यालोरी कति हुन्छ भनेर । मासु पकाउन तेल, मसला, प्याज, गोलभेडा, पानी, धनिया चाहिन्छ, जुन सबैको क्यालोरी भएको पाइन्छ ।

  • हाम्रो शरीरलाई प्राप्त हुने क्यालोरी र रातो मासुको सम्बन्ध
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    स्वास्थ चर्चा सम्बन्धि थप
  • क्यान्सर रोक्न सकिन्छ मात्रै सचेतनाको आवश्यकता छ : संस्थापक सत्याल

    क्यान्सर रोक्न सकिन्छ मात्रै सचेतनाको आवश्यकता छ : संस्थापक सत्याल

  • रेडक्रस काभ्रे जिल्ला शाखाद्वारा अक्षकोष स्थापनाको तयारी

    रेडक्रस काभ्रे जिल्ला शाखाद्वारा अक्षकोष स्थापनाको तयारी

  • एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन

    एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन

  • दाद रोगबाट हुने समस्या र समाधानको उपाय

    दाद रोगबाट हुने समस्या र समाधानको उपाय

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0