Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १०, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पनौती नगर सय बेडको क्वारेन्टाइन पूर्व तयारीमा

प्रभातफेरी अनलाइन ६८७३ पटक पढिएको प्रकाशित मिति: २०७७ जेष्ठ १३, मंगलबार (५ साल अघि)
पनौती नगर सय बेडको क्वारेन्टाइन पूर्व तयारीमा

पनौती/पनौती बसपार्क प्रवेश गर्ने जो कोहि पनि एकपटक रनभुल्लमा पर्छ, पिपिई जडित युवाहरुले गाडिलाई छेकी चारैतिरबाट निर्मलीकरण गर्न पानीको फोहोरा हान्दा एकपटक चालक पनि अतालिन पुगेको अनुभूति सुनाउँछन् चालक दावा लामा ।

जब कोभिड–१९ कोरोना भाइरसले नेपालीलाई दिनप्रतिदिन निशाना बनाउँदै अगाडि गएपछि पनौती नगरपालिकाले नगर प्रवेश गर्ने कुनै पनि यातायातका साधनहरुलाई निर्मलीकरण बिना प्रवेश निषेध गरेको कारण पनौती बसपार्कमा यस किसिमका दृश्यहरु देख्न पाइन्छन् भने यात्रामा सरिक चालक र सहचालकहरुका लागि साबुनपानी र स्यानीटाइजरको व्यवस्था सहितको हेल्थ डेस्क पनौती नगरपालिकाले उपलब्ध गराएको छ । पनौती नगरको यो कार्यले सर्वत्र सकारात्मक चर्चा कमाएको छ ।

नगरवासीहरुको जीवनसँग जोडिएर नगर नेतृत्वले गरेको यो अनुकरणीय कार्यको आम नगरवासीले आभार व्यक्त गरेका छन् । नगरले जिल्लाको अन्य स्थानीय निकायले गर्न नसकेको कार्य गरेर नगरवासीको स्याबासी पाएको छ भन्नुहुन्छ नगरवासी क्रिष्टिना आले । यो संकटमा पनौती नगरपालिकाले स्वास्थ्यको क्षेत्रमा पु¥याएको यस किसिमको अनुकरणीय कार्यप्रति प्रत्येक नगरवासी प्रभावित हुनुको साथै नगर नेतृत्वलाई धन्यवाद समेत दिएको र नागरिकप्रतिको व्यवहार स्मरण गर्न योग्य बनाउन सफल भएको पनौती–४ निवासी गंगा श्रेष्ठको तर्क छ ।

पनौती नगरपालिका नगर स्वास्थ्य शाखाका प्रमुख पुरुषोत्तम तिमल्सिनाको तर्क छ– नगर प्रवेश गर्ने मात्र नभएर यो नगर हुँदै अन्यत्र जाने यातायातका साधन र चालक सहचालकका लागि यो अभियानले अत्यन्तै महत्व राख्ने विश्वास आफ्नो रहेको बताउनुभएको छ । जसबाट काभ्रेपलाञ्चोक जिल्लाको दक्षिणी भूभाग हुँदै हेटौंडा–सिन्धुलीसम्मको ढोकाको रुपमा रहेको पनौती नगरले कोभिड–१९ कोरोना भाइरस मुक्त नगरको रुपमा स्थापित हुने जमर्काे सहित यो अभियान अगाडि बढाएको स्वास्थ्य शाखा प्रमुख तिमल्सिनाले बताउनुभएको छ ।

उहाँकै भनाइ अनुसार नेपालमा कोरोना भाइरसले दिनप्रतिदिन प्रभाव जमाउँदै भएको अवस्थामा पनौती नगर पनि अछुतो रहने कुरै भएन । त्यसैले भविष्यमा आइपर्ने थप चुनौतीहरुको सामना गर्नका लागि मौजुदा ३५ बेडको क्वारेन्टाइनबाट थप ६५ बेड गरी नगरभित्र एक सय बेडको क्वारेन्टाइन सहित पूर्व तयारी अवस्थामा पनौती नगरपालिका रहेको बताउनुभएको छ । जसअनुसार पनौती नगरपालिकाको आफ्नै सक्रियतामा यसभन्दा अघि निर्माण भएका खोपासी प्राथमिक स्वास्थ्य चौकी, इन्द्रेश्वर माध्यमिक विद्यालय पनौती र निर्माणाधीन क्वारेन्टाइन सेवा कुशादेवी माध्यमिक विद्यालयमा गरी अब नगरभित्र सुविधा सम्पन्न एक सय बेडको क्वारेन्टाइन रहने प्रमुख तिमल्सिनाले बताउनुभएको छ ।

त्यसैगरी ल्याब टेक्निसियन दिपेश घिमिरेका अनुसार पनौती नगरपालिकाभित्र दुई सय ११ जनालाई ¥यापिड टेष्ट गरिएकोमा ७ जनामा पोजिटिभ देखिएकोमा पछि पिसिआर परीक्षण पश्चात् कुनै व्यक्तित्वमा पनि पोजिटिभ प्रतिवेदन नआएको बताउनुहुँदै उक्त ¥यापिड परीक्षणमा जनप्रतिनिधि अग्रपंक्तिमा खटिने नगरका कर्मचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीको ¥यापिड परीक्षण गरिएको प्राविधिक घिमिरेले बताउनुभएको छ । त्यस्तै हेल्थ डेस्कमा निरन्तर खटिँदै आउनुभएका हेल्थ असिष्टेन्ट लता कोइरालाका अनुसार विगतका दिनहरुमा २४सै घण्टा हेल्थ डेस्कमा सेवा दिँदै आएकोमा मंगलबारबाट बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म नगर प्रवेश गर्ने जो कोहिको पनि सामान्य परीक्षणका साथै साबुनपानी र स्यानीटाइजरको सेवा प्रवाह हुँदै आएको बताउनुभएको छ ।

  • पनौती नगर सय बेडको क्वारेन्टाइन पूर्व तयारीमा
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0