Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २०, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

आदर्शले केही हुन्न ! पहिला आफैं दक्ष बनौं

प्रभातफेरी अनलाइन ६९६१ पटक पढिएको प्रकाशित मिति: २०७७ जेष्ठ २०, मंगलबार (५ साल अघि)
आदर्शले केही हुन्न ! पहिला आफैं दक्ष बनौं

गंगा श्रेष्ठ
मानवतामा अनगिन्ती चाहना हुनु स्वभाविक नै हो भन्दा पनि हुन्छ । पृथ्वीमा मान्छे जति नै शक्तिशाली भएता पनि प्रकृतिका सामु झुक्नुको विकल्प छैन भन्नुहुन्छ स्वरोजगार व्यवसायी पनौती–४ निवासी गंगा श्रेष्ठ ।

जन्मँदाको साइत नै होला, गंगा जस्तै कञ्चन र पवित्र भएरै गंगा नाम राख्नुभएको होला आमाबाले । नत्र किन गंगा रोज्नुभयो भन्ने प्रतिप्रश्न जोड्नुहुन्छ श्रेष्ठ । परिवारका ६ दिदीबहिनीमध्ये काइँलो सन्तानको रुपमा पाइला राख्दा सानुमैंया र बिलबहादुर श्रेष्ठको खुशीको सीमा रहेन । छोरी त अरु पनि जन्मिएका थिए, यो छोरी थपिएर झनै सुनमा सुगन्ध भएको छ । पूर्णिमाको चन्द्रमा जस्तै ज्योति आगमन भएको छ । ६ दिदीबहिनी र दुई दाजुभाइको बिचमा सबैको आँखाको राती गेडी थिएँ रे म । आमा आमै हुन्, जसले यति धेरै सन्तानका बिचमा कुनै कटुतता ननिम्त्याई आज यहाँसम्म ल्याइपु¥याइ दिनुभएको छ ।

अत्यन्तै चुलबुले स्वभाव र हिस्सी परेको मेरो अनुहार रे । आजसम्म पनि मेरा अग्रजहरु भेटेपिच्छे चर्चा गर्न पछि पर्दैनन् । यी सबैको प्रेरणाको स्रोत बनाइदिनुभएको छ । आमाको मातृत्वबाट सुरु गरेको मेरो यात्रा स्कूल जीवनमा अत्यन्तै चर्चा गर्न लायक बन्यो रे । प्राकृतिकको मनोरम् अदम्भे सुन्दर भूमि भनेर चिनिने कर्मी गहिरा ढुंखर्कमा मौलाएको मेरो जीवनमा पार्वती माध्यमिक विद्यालयले प्रेरणाको स्रोत भर्ने काम गरिदियो । विद्यालयमा शिशु कक्षादेखि उच्च शिक्षासम्मका साथी संगिनीदेखि दाजु दिदीहरुको अदम्भे मायाकै कारण उच्च शिक्षासम्मको यात्रा जीवनभर सम्झना लायक बन्यो । यसलाई एउटा सकारात्मक पाटोको रुपमा म लिन बाध्य छु । साथीभाइ र आदरणीय गुरुहरुको अनुकम्पाले नै भन्नुपर्छ आजसम्म पनि दुःख के हो, पीडा के हो गहिरिएर चर्चा गर्ने दिन आजसम्म आएनन् ।

यसको पछाडि जन्म दिने आमाबा र कर्म दिने परिवार बिचको संयोजनले नै सफलताको सिंढी चढ्ने आधार मिलेको छ । त्यसमा सँगै जिउने, सँगै मर्ने वाचा बन्धनमा बाँधिएका हामी दुई श्रीमान् श्रीमतीबीचको अनुकरणीय योगदानको चर्चा नगरी बस्नै सक्दिनँ भन्नुहुन्छ व्यवसायी श्रेष्ठ । ८ र ५ वर्षका दुई सन्तानलाई आफूभन्दा नि दक्ष, सक्षम र सबल बनाउने हाम्रो दायित्व हो । यो दायित्व, जिम्मेवारी र कर्तव्य पूरा गर्न सक्ने दक्ष नागरिकको रुपमा आज तिनै प्रेरणाहरुको कारण सबैको सामु उभिएको छु । अझै पनि बालापनको चञ्चले स्वभाव भुल्न सकेको छैन । आमाबाको दक्ष शिक्षक बनाएर समाजमा प्रतिष्ठित अनुहार पेश गर्ने चाहनालाई त्याग्न बाध्य भएँ । त्यहाँभित्रका कथा व्यथाहरु खोतल्न नखोज्नुहोला । मैले यति भनिसकेपछि मेरो बाध्यतालाई बुझ्नु हुनेछ भन्दै श्रेष्ठ थप्नुहुन्छ– त्यही बाध्यतालाई पाठको रुपमा लिँदै प्राविधिक ज्ञान नै भोलिको जीवन सम्झन पुगें । जसले गर्दा आज सिंगो विश्व महामारीका कारण तड्पिरहँदा म निर्धक्कका साथ आफ्नो घरमै बसेर पनि दायित्व र जिम्मेवारी निर्वाह गर्न सफल भएको छु । यो सबै मैले आर्जन गरेको सीपकै कारण हो भन्ने लाग्छ । नत्र महामारीको संकटपूर्ण अवस्थामा मैले अपनाएको पेशामा कुनै घुन पुतली लाग्ने छैन भन्ने विश्वास लिएको छु भन्नुहुन्छ श्रेष्ठ ।

आफ्नो सीपका बारेमा चर्चा गर्दै पुतली (डल) बनाउने ज्ञानले आफूमा आमूल परिवर्तन ल्याएको स्मरण गराउँदै आफ्ना कथा व्यथाहरुलाई मनन गर्दै भावी पुस्ताप्रति फर्कँदै श्रेष्ठको सुझाव छ– आत्म निर्भर बन्न सक्ने सीप सिकौं । अरुको निगाह र कठै होइन, दक्ष र सबल जनशक्तिको बाटो पहिल्याउन सकौं । यसले नै मानवीयतालाई जीवन्त दिनेछ भन्ने विश्वास स्वरोजगार व्यवसायी गंगा श्रेष्ठको छ ।

  • आदर्शले केही हुन्न ! पहिला आफैं दक्ष बनौं
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनको चौतारी सम्बन्धि थप
  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • के सिन्दुर मायाको परिचय हो ?

    के सिन्दुर मायाको परिचय हो ?

  • छाउपढी प्रथा ज्यूँका त्यूँ, सुदुरपश्चिममा महिला हिंसा चरम उत्कर्षमा छ

    छाउपढी प्रथा ज्यूँका त्यूँ, सुदुरपश्चिममा महिला हिंसा चरम उत्कर्षमा छ

  • आलोचनाले कार्यक्षेत्रप्रति अझ निखारता दिन मदत गर्दछ

    आलोचनाले कार्यक्षेत्रप्रति अझ निखारता दिन मदत गर्दछ

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0