Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १०, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कर विभागको निर्णयप्रति गम्भीर ध्यानाकर्षण, ब्याज मिनाहको लागि ज्ञापन पत्र

प्रभातफेरी अनलाइन ४२०९ पटक पढिएको प्रकाशित मिति: २०७७ जेष्ठ २०, मंगलबार (५ साल अघि)
कर विभागको निर्णयप्रति गम्भीर ध्यानाकर्षण, ब्याज मिनाहको लागि ज्ञापन पत्र

गंगा लामा
धुलिखेल/कर विभागद्वारा मंगलबार जारी परिपत्र बमोजिम व्यवसायीहरुले व्यवसाय नै सञ्चालन नगरेको अवस्थामा अन्त शुल्क लगायतका विषयमा व्यवसायीहरुको ध्यानाकर्षण गरेको पाइयो । उक्त ध्यानाकर्षणप्रति धुलिखेल उद्योग वाणिज्य संघको गम्भीर आपति रहेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

धुलिखेल उद्योग वाणिज्य संघले केन्द्रीय कार्यालयलाई पठाएको पत्रमा कर विभागद्वारा जारी गरिएको मितिमा कुनै पनि व्यवसायीहरुले विवरण बुझाउन नसक्ने भएको हुँदा समय थपका साथै सहुलियतका लागि पहल गरिदिन भनी मंगलबार नै नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय कार्यालयलाई अध्यक्ष मञ्जुकुमार कोजूद्वारा हस्ताक्षर गरिएको पत्र पठाइएको व्यहोरा उल्लेख छ ।

क्षेत्रीय होटल संघद्वारा नेपाल सरकार समक्ष ज्ञापन पत्र बुझाएको छ । कोभिड १९ महामारीले सबैभन्दा ठूलो असर पर्यटन क्षेत्रमा गरेको र यस क्षेत्रमा करिब ४ अर्ब बराबरको बैंकको ऋण मात्र लगानी भएकोले बैंकको ब्याज पनि तिर्न नसक्ने गरी व्यवसाय धराशायी अवस्थामा आएकाले प्रमुख जिल्ला अधिकारी मार्फत् पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय, अर्थ मन्त्रालय र उधोग तथा वाणिज्य मन्त्रालय मार्फत प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाइएको क्षेत्रीय होटल व्यवसायी संघका सचिव जोत्सना सैंजूले बताउनुभएको छ ।

कोभिड–१९ का कारण जिल्लामा सञ्चालित होटल व्यवसायहरु धराशायी बन्दै गएको भन्दै ७ बुँदासहितको ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्रमा उल्लेख भएअनुसार लकडाउन अवधिभरको बैंकको ब्याजमा मिनाह र साँवाको भाका कम्तीमा पनि २ वर्षको थप गर्न वा ब्याज मिनाहाका लागि समेत आग्रह गरिएको थियो । साथै सबै होटल ब्यबसायीहरुलाई राष्ट्र बैंकबाट सहुलियत सुबिधा पाउने पुर्नकर्जाको ब्यबस्था गर्न लगायत कर छुट, घरभाडा छुट र बिद्युत महसुल छुट लगायतका माग ज्ञापन पत्रमा प्रस्तुत गरिएको थियो । त्यसैगरी आसन्न नीति तथा कार्यक्रमभित्र व्यवसायीहरुका समस्याहरुलाई सम्बोधन गर्नको लागि प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्री समक्ष माग गरिएको पनि जनाइएको छ । क्षेत्रीय होटल संघले यो विपद्को अवस्थामा होटल व्यवसायीहरुको समस्यालाई मनन गर्दै के गर्दा सहज स्थिति सिर्जना गर्न सकिन्छ, सोही बमोजिम समर्पित हुने आशय समेत ज्ञापन पत्रमा उल्लेख गरेको थियो ।

सो ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले र धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्यान्जुले आ–आफ्नो तर्फबाट सम्बन्धित निकायसम्म व्यवसायीहरुका समस्या पुर्याउने र सानातिना सम्बोधन गर्न सकिने समस्याहरुलाई जिल्ला र नगरबाटै समाधान गरिने समेत बताउनुभएको थियो । उक्त ज्ञापन पत्र बुझाउने क्रममा क्षेत्रीय होटल संघसँग आबद्ध पर्यटन व्यवसायी, उद्यमी लगायत कार्यसमितिको उपस्थित रहेको थियो ।

  • कर विभागको निर्णयप्रति गम्भीर ध्यानाकर्षण
  • ब्याज मिनाहको लागि ज्ञापन पत्र
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0