Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १०, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

चेतनाको दीप बालौं !

प्रभातफेरी अनलाइन ६३१४ पटक पढिएको प्रकाशित मिति: २०७७ अषाढ १६, मंगलबार (५ साल अघि)
चेतनाको दीप बालौं !

सुभद्रा दाहाल, पनौती–७, काभ्रे

विज्ञानले टाउको निकै माथिसम्म उठाइरहेको बेलामा आज कोरोनाले आफ्नो साम्राज्य संसारभरि नै फैलाई मानवहरुसँग युद्ध गरी स्वयं मानवलाई भाइरसजस्तो सुक्ष्म जिवाणुले तहसनहस पारिरहेछ । मानिस सुक्ष्म जिवाणुसँगको महामारी युद्धमा हारिरहेको छ । मानव सभ्यतासँगै उसले गरेका अनेकौं क्रान्तिका परिणामले संसार चकित पार्ने जस्ता काम गरिरहेको दौडानमा आज मानव पाइला रोकिएका छन् एकातिर भने अर्कातिर मानव मन महामारीको चपेटाले विक्षुब्ध बनाएको छ । मानिस दिनदिनै महामारीको चपेटामा परिएला भनी डर र त्रासले सताइरहेका छन् । विपद् परिस्थितिसँग कसरी जुध्ने भन्ने कुरा अब मानवले थाहा पाउनु जरुरी छ । विज्ञानलाई जित्नसम्म सक्ने यो महामारीको निर्मूल गर्ने वा यसलाई कसरी कुन–कुन हतियारले हटाउने त्यो कस्तो हतियार हो त अब त्यसको निराकरण वा उत्तरदायित्व मानवकै हातमा छ । त्यस्तो क्षमता मानवभित्रै छ । अब त्यो क्षमताको क्षेत्रलाई चिन्न जरुरी छ ।

मानिसको बुद्धिमता कम छैन तर त्यसलाई चिनेर चेतनाको दीप बाल्नुपर्छ । स्वयं मानवले ब्रम्हाण्डको केन्द्र बिन्दू वा एकत्वको क्षमतालाई उजागर गरी अघि बढ्दै जाँदा दुःख, पीडा, डर हटी हिँड्ने बाटो पहिल्याउन सकिन्छ । आफूभित्रको तनावलाई हटाएर विश्व अशान्ति, भयावह परिस्थितिलाई व्यक्ति व्यक्तिमा सकारात्मक सोचको पहिचानतर्फको दृष्टिले प्रभाव पार्दछ । जुन केन्द्र चिनेर व्यक्ति, परिवार, समाज र राष्ट्रलाई नै प्रभाव पारी रोग, डर, भय, त्रास, सन्तापबाट उन्मुक्ति पाइन्छ । जसको लागि व्यक्ति व्यक्तिमा क्षमता आफैंले चिन्नुपर्छ । मानवभित्र चैतन्यको महासागर छ । जुन महासागरमा डुबेर व्यक्तिले अरुलाई पनि प्रभाव पार्न सक्दछ । उसका ति सम्भावनालाई चिनेर परिचालन गर्नुपर्दछ ।

आज हरेक मानिस अनेकौं कारणले डराइरहेको छ । त्यसमाथि पनि आज संसार कोरोनाको कर भनौं या सूक्ष्म जीवाणुबाट पनि त्रसित बन्नु परेको वा हार्नु परेको यो अवस्थामा मानवीय सम्भावना जुन अष्टलक्ष्मीका रुपम निहित छन् ? ति हुन् १) स्वास्थ्य, २) सौन्दर्य, ३) आत्मबल, ४) प्रेम, ५) ज्ञान (संकल्प), ६) परमात्मा, ७) समग्रता, ८) संवेग हो । मानवभित्र यस्ता गुण सबैमा निहित पाइन्छन् तर मानव आज खण्डित बनिरहेछ । मीयोमा गोरु कुदेझैं कुदिरहेछ, विखण्डित भइरहेछ । आफ्नो भूमिका निर्वाह गर्न नसक्दा मानवले न बुद्ध बन्न सक्छ, न कृष्ण, न क्राइष्ट केवल उसको चाहना मात्रै भूमिका भने रित्तो भई दिनाले चेतना हराइरहेछ ऊ भ्रमित हुँदै खोजी हिँड्छ जसरी कस्तुरी मृतले आफ्नो बास्ना थाहा नपाई कुदेझैं कुदिरहेछ । तसर्थ, ति अष्ट सिद्धि गुणहरुको विराट क्षेत्र खोजेर आफैंलाई केलाउँदा डर, भय, त्रास, सन्ताप, रोगबाट विचलित हुनुपर्दैन । त्यसैले त्यो सरल सरस कला आफैंले आफैंतिर फर्केर हे¥यौं भने सुख शान्ति मिल्छ प्रतिरोधात्मक शक्ति बढ्छ । कहिँ कतै भयभित्र हुनु पर्दैन । शत्रुरुपी दुष्चक्रलाई छोडि आफैंभित्र अनुभव गरौं ।

साथै व्यक्ति–व्यक्ति स्वयंले निस्वार्थ रुपमा अरुको लागि सहयोगको बाटो दिएर विचार, धन, ज्ञान आदि जे सकिन्छ त्यो अरुलाई दिने योगदान गरौं । किनकी मैले जस्तो व्यवहार गर्छु, अरुलाई अरुले पनि त्यस्तै व्यवहार गर्छ । मैले कसैलाई थप्पड हाने उसले पनि थप्पड नै फर्काउँछ । तसर्थ, मैले जस्तो प्रयास गर्छु त्यस्तै परिणाम भोग्नुपर्छ । त्यसैले यो प्रतिकूल परिस्थितिमा मानवले आफ्नो पहिचान गर्न नसक्दाको परिणामले भोग्नुपरेका यी पिडालाई कम गर्न आफ्नो तर्फबाट अरुलाई सक्दो सेवा भाव राखौं । केहि दिन सक्छु भन्ने भावनाले भरिएर व्यवहारिक रुपमा प्रयोग गर्नको लागि मानवलाई उज्यालो बाटोतर्फ लाने क्षेत्र रोजौं, जुन अन्तरहृदय भित्रको शान्ति उजागर होस् जुन मन्त्र हो ओम् ओम् ओम् हुँदै व्यक्तिमा स्थापित भई भय, त्रास, चिन्ता र तनावबाट मुक्त भई चेतनाको दीप बल्न पुग्दछ । अबका दिनमा मानव जातिले अरुको सेवा गर्ने, आफू भित्रदेखि हृदय प्रज्वलित बनाउँदै सम्पूर्ण ध्यान मग्न भई काम गरौं । यो लकडाउनको समय अवसर र नयाँ जीवन उजागर गर्ने समय पनि हो । त्यसैले यो मौकाबाट मानव चुक्यो भने अस्तित्व रहन मुस्किल छ । तसर्थ समयको महत्व बुझेर प्रकृतितर्फ फर्केर हेरौं, चेतनाको दीप बालौं, जीवन सार्थक बनायौं भने मानव कल्याण अवश्य हुन्छ ।

हिजोका दिनमा गरेका गल्ती, कमजोरी त्रुटिलाई केलाऔं, आत्मा आलोचना गरौं, समिक्षा गरौं, गल्ती नदोहो¥याउनको लागि । अहिलेको समय भनेको दुःख, पिडा मात्र हो भनेर नबुझौं यो अवसर, चुनौती, सुकर्म गरी बलिदान, दान, सेवा, उपकार, रक्षा, सहयोग गर्ने बेला पनि तसर्थ यस्ता कर्म नगरी अब मानवको कल्याण हुँदैन । त्यसको लागि सुरक्षित हुँदै कर्म गर्न समर्पित हुनैपर्छ । होइन भने भोलिका दिनमा पश्चाताप भोग्नुपर्नेमा कुनै दुई मत छैन ।

  • चेतनाको दीप बालौं !
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    विचार सम्बन्धि थप
  • Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

  • Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

  • Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0