Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ४, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बालबालिकाप्रति हाम्रो दायित्व

प्रभातफेरी अनलाइन ६९६३ पटक पढिएको प्रकाशित मिति: २०७७ श्रावण २०, मंगलबार (५ साल अघि)
बालबालिकाप्रति हाम्रो दायित्व

आर.एल.श्रेष्ठ
मुलुक कोभिड–१९ र प्राकृतिक विपत्ले आक्रान्त भइरहेको अवस्थामा बालबालिकाप्रति अभिभावकले कस्तो किसिमको व्यवहार गर्न सकियो भने बालबालिकामा नैराश्यता उत्पन्न हुँदैन भन्ने सवालमा चर्चा गर्ने जर्मको गरेको छु ।

अध्ययन अनुसार बालबालिकाहरुमा पनि कोरोना भाइरसबाट संक्रमित भएको प्रमाणित भएको छ । यस्तो अवस्थामा अभिभावक झनै सचेत भई कोरानाको संक्रमणबाट बच्ने सुरक्षाका उपायहरु अवलम्बन गर्न आवश्यक छ ।

यो वर्ष मौसममा फेरबदल भएको छ । यसले बालबालिकाहरुलाई मानसिक रुपमा प्रभाव पार्न सक्छ । त्यसैले त्यसतर्फ सचेत बनेर अभिभावकहरुले मौसम फेरबदलका सवालमा सुसूचित गराउन आवश्यक छ । यदि अभिभावकले मौसम परिवर्तनबाट मनोवैज्ञानिक असरका बारेमा बुझाउन सकिएन भने बाल मनोविज्ञान अनुसार बच्चाहरुमा नकारात्मक असर पर्न सक्ने र त्यसले बालबालिकाको प्रतिरोधात्मक शक्तिमै प्रभाव पार्ने पनि अध्ययनमा उल्लेख छ ।

लामो समय बालबालिकाहरु घर–कोठामै बस्न बाध्य छन् । गत वर्षहरुझैं उनीहरु बाहिर घुमफिर गर्न पाएका छैनन्, जसका कारण बाहिरी वातावरणका बारेमा उनीहरुलाई उत्सुकताहरु जाग्नु स्वभाविक हो । त्यस कारण मौसम अनुकुल बनेको अवस्थामा अभिभावकले उनीहरुलाई त्यस्तै किसिमको व्यवहार प्रस्तुत गरेर यथार्थ उनीहरुका बिचमा राखिदिन आवश्यक छ । हिजो–आजका दिनमा मौसमी रोग थोरै लाग्नु स्वभाविक हो । घरमै रहेका बालबालिकाले घरमै खरिद गरिराखेका विभिन्न खानेकुरा खाने र अभिभावक पनि लामो समय घरमै बस्नुपरेको दिग्दारीका कारण बच्चालाई उचित स्याहार नपुग्न पनि सक्छ ।

त्यसैगरी गर्मी मौसम भएको कारण बालबालिकालाई झाडापखाला, ठेउला, दादुरा तथा विभिन्न एलर्जीका समस्याहरु देखापर्नु स्वभाविक हो । यसबाट सुरक्षित राख्नका लागि अभिभावकको महत्वपूर्ण भूमिका हुन्छ । समय सँगसँगै मौसममा आएको परिवर्तनले औंलो, मस्तिष्क ज्वरो तथा तराई क्षेत्रमा मलेरिया लगायतका समस्याहरु निम्तिन सक्छन् । यसका लागि अभिभावक चखानो हुन आवश्यक छ ।

बालबालिकाको खानपानमा विशेष सावधानी अपनाउनु पर्छ । गर्मी मौसममा लामखुट्टे, झिँगा तथा अन्य किराफट्याँग्रा बढी सक्रिय हुने हँदा त्यसबाट बच्न झुलको प्रयोग तथा घरवरिपरि एवं भान्सा कोठाको सरसफाइमा ध्यान दिन आवश्यक छ ।

  • बालबालिकाप्रति हाम्रो दायित्व
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    स्वास्थ चर्चा सम्बन्धि थप
  • क्यान्सर रोक्न सकिन्छ मात्रै सचेतनाको आवश्यकता छ : संस्थापक सत्याल

    क्यान्सर रोक्न सकिन्छ मात्रै सचेतनाको आवश्यकता छ : संस्थापक सत्याल

  • रेडक्रस काभ्रे जिल्ला शाखाद्वारा अक्षकोष स्थापनाको तयारी

    रेडक्रस काभ्रे जिल्ला शाखाद्वारा अक्षकोष स्थापनाको तयारी

  • एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन

    एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन

  • दाद रोगबाट हुने समस्या र समाधानको उपाय

    दाद रोगबाट हुने समस्या र समाधानको उपाय

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0