पनौती/जिल्लाकै मात्र नभई बागमती प्रदेशकै धार्मिक, ऐतिहासिक महत्वको पर्यटकीय भूमीका रुपमा विकास गर्ने क्रममा निर्माणाधिन मुक्तिनाथ धामको निर्माणका लागि सहयोगी हातहरु एकपछि अर्काे गर्दै थपिने क्रम निरन्तर छ ।
निर्माण उपभोक्ता समितिका अध्यक्ष आदरणीय सामाजिक व्यक्तित्व गोपालबहादुर थापाका अनुसार जुन अभिलाषा सहित कार्यक्षेत्रमा खटिएका थियौं, त्यो अभिलाषा सहयोग दाताहरुको तर्फबाट पूरा हुने विश्वास पलाएको उल्लेख गर्नुभएको छ । श्रावण २७ गते मात्र लाखौं रुपयौं नगद सहयोग प्राप्त भएको छ । यहि क्रम जारी रहने सहयोगदाताहरुले जनाउनुभएको अध्यक्ष थापाले बताउनुभएको छ । हिजै मात्र प्राप्त भएको सहयोग नगद राशी यसप्रकार रहेको उल्लेख गर्नुभएको छ ।
पनौति ५ निवासी हाल काठमाडौं निवासी पुष्प नारायण श्रेष्ठबाट रु १ लाख ११ हजार १ सय ११, बनेपा बुडोल निवासी भैरवबहादुर केसी, बलदेव केसी र महेश केसीबाट ३० हजार ५, राधेश्याम केसी र बलराम केसीबाट १० हजार १० र भक्तपुर निवासी हिमाल पसखलबाट ११ हजार नगद दान गर्नुभएको उल्लेख छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |