धुलिखेल/धुलिखेल नगरपालिका वडा नं ९ मा रहेको देवीस्थान युवा बिकास क्लबले बनेपा हेल्थ केयर प्रा. लि. को सहकार्यमा कोभिड–१९ को महामारीको समयमा जनचेतना मूलक कार्य लिएर टोल टोलमा अभियान सञ्चालन गरेको छ ।
अभियान अन्तर्गत जनचेतना जगाउने सन्देश रहेका पम्प्लेट टास्ने, माइकिङ गरि कोभिड–१९ विरुद्ध सामाजिक दायित्व अन्तर्गत बिपि राजमार्गको छेउछाउका पसलमा माक्स, ह्यान्ड वास, बाल्टिन, सेनिटाइजर आदि सामाग्री बितरण, काभ्रे हेल्थ पोष्टमा माक्स २ सय पिस, ह्यान्ड वास १ पिस , बाल्टिन १ पिस, सेनिटाइजर १ पिस, थर्मलगन १ पिस आदि सामाग्री बितरण गरिएको क्लबका अध्यक्ष सुमन रानाभाटले जानकारी दिए । कार्यक्रममा वडा अध्यक्ष वसन्त रानाभाटको सक्रिय सहभागिता रहेको थियो ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |