बनेपा/नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाले आफ्नो ५८ औं स्थापना दिवस रक्तदान कार्यक्रम गरेर मनाएको छ । कोभिड–१९ का कारण सिर्जना भएको जटिल परिस्थितिलाई मनन गरेर सामाजिक दुरिका साथै सुरक्षालाई ख्याल राखेर कार्यक्रम संचालन गरेको जिल्ला शाखा संयोजक समुन्द्र लाल श्रेष्ठले बताउनु भएको छ ।
कोभिड–१९ का कारण मानवीय समवेदनशीलतालाई मध्ये नजर गरेर रक्तदान नै उपयुक्त माध्यम देखिएको प्रशासन प्रमुख त्रिरत्न राजबाहकले बताउनु भएको थियो । कार्यक्रममा दर्जनौं रक्तदाताले रक्तदान गरेका थिए भने दर्जनौ रक्तदाताहरु विविध कारणले फर्किएका थिए । कार्यक्रममा सामाजिक ब्यक्तित्वका साथै राजनीतिक व्यक्तित्व राम जोशी लगायत सञ्चारकर्मीहरुले समेत उपस्थितमा रक्तदान कार्यक्रम भएको थियो । शाखाका आफुलाई जिम्मेवार नेतृत्व हुँ भन्न रुचाउनेहरुको उपस्थित भने देखिएको थिएन ।
यसैगरी नेपाल रेडक्रस सोसाइटी चलाल उपशाखा बेथानचोक–४ ले रेडक्रसको स्थापना दिवस रक्तदान गरेर मनाएको थियो । उक्त कार्यक्रमलाई तिलेश%E वर युवा क्लब र नारी चेतना साकोसले व्यवस्थापकीय जिम्मेवारी निभाएका थिए ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |