Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २९, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जनता दास होइनन्, हेक्का रहोस्

प्रभातफेरी अनलाइन ४८७२ पटक पढिएको प्रकाशित मिति: २०७७ कार्तिक ४, मंगलबार (५ साल अघि)
Post Thumbnail

अति भएपछि खति हुन्छ भन्ने नेपाली उक्ति समय–समयमा नेपालमा चरितार्थ हुँदै आएको छ ।

जहानियाँ शासनका विरुद्ध नेपाली जनताले देखाएको साहसिक विद्रोहदेखि १० वर्षे जनयुद्धसम्मका बारेमा चर्चा गर्ने हो भने पनि उक्त उक्तिहरु यथार्थ सावित भएका छन् । पछिल्लो समय जुन किसिमका ज्यादतीहरु नागरिकले व्यहोर्नुपरेको छ, त्यसले फेरि अर्काे विद्रोह नजन्माउला भन्न सकिन्नँ । त्यतिबेला न कमाउनिष्ट, न कांग्रेस कसैको पनि अवशेष बाँकी रहला भन्न सकिन्नँ । त्यतिबेला पछुताएर कुनै अर्थ रहन्न ।

स्मरण रहोस्, ०६२।६३ को जनआन्दोलनको आसपासमा प्रतिगमनका विरुद्ध रिले अनसनमा सिटामोल लिएर बस्दै गर्दा अनसनकारीप्रति फर्केर अनसन स्थल नै जलाइदिन्छु भन्दै तथानाम गाली गलौज गर्दै सुरुवाल फुकाल्नेहरु आज कहाँ छन् ?

त्यो दिन कमाउनिष्टहरुलाई नआओस् भन्ने कामना गर्दछौं । आज जुन परिस्थिति सिर्जना भएको छ, जसका खातिर कति आमाका काख खाली भएका छन्, कति चेलीका सिउँदो पुछिएको छ, हजारौं हजार अहिले पनि अंग भंगको जीवन जिउन बाध्य छन् । यसको लेखाजोखा नै छैन तर सत्ताको रस्वाद चाख्न को–को तल्लीन छन् ? तपाईं हामीले सहजै आँकलन गर्न सक्छौं । त्यसैले ति चह्राइरहेका घाउमा मलमपट्टि लगाउनुको सट्टा सरकारले यसरी नुनचुक छर्कँदै जाने हो भने विद्रोहको विकल्प यो मुलुकमा छैन । त्यसैले यो मुलुकले अब हिटलर जन्मोस् भनेर कामना गर्न नपरोस् । के नेपाली जनता सधैं सत्ताको दास नै भएर जिउनुपर्ने हो ? त्यसैले सत्ताको रस्वाद चाख्नेहरुप्रति हाम्रो आग्रह छ, जति पनि जनविरोधी गतिविधिहरु गरिएका छन्, ति तत्काल खारेज हुन आवश्यक छ । यदि त्यसो गर्न सक्दैनौ भने तिमीहरुको पनि अन्त्य टाढा छैन भन्ने ठम्याई हाम्रो छ ।

कोभिड–१९ थिल्थिल्याएको घाउमा महंगीको नुनचुकले तड्पाउनु, जिम्मेवार सरकारले जिम्मेवारी बहन गर्दिनँ भन्नु, समय सापेक्षिक रुपमा जनतालाई दास मनोवृत्तिबाट हेरिएको होइन ? त्यसैले आजको यो अस्तव्यस्त जनजीवनलाई सम्बोधन गर्ने चासो दिइएन भने हेक्का रहोस्, कलम पनि तरबार हुन बेर लाग्दैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0