Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

लाज पचेपछि कसको के लाग्छ ?

प्रभातफेरी अनलाइन ६९१९ पटक पढिएको प्रकाशित मिति: २०७७ कार्तिक ४, मंगलबार (५ साल अघि)
लाज पचेपछि कसको के लाग्छ ?

नेपाली जनप्रति कोभिड–९ ले थिल्थिल्याएको आँतमा नुनचुक लगाउने काम दुई तिहाइको दम्भ बोकेको सरकारले गरेको छ । यो लाचारी सरकारले आफ्नो दुई तिहाइको घमण्डमा गत मंगलबार यातायात व्यवसायीसँग घुँडा टेक्ने काम गरेको छ । एकाएक यातायात व्यवसायीको पक्षमा वकालत गर्नुले अनुत्तरित प्रश्नहरु खनिएका छन् ।

यातायातका साधनमा सकेजति यात्रु कोच्न पाउने निर्णय गरेको छ । भाडा पनि सकेजति घुमाउरो ढंगले लिन पाउने कस्तो राम्रो निर्णय यो सरकारले गरेको छ । योभन्दा उत्तम अरु के हुन सक्छ ?

यता गाडिभरि यात्रु राखेपछि सोझासिधा यात्रीहरु भाडा त पूरा लिने होइन होला नि भन्दै खुसखुस गर्दैथिए । गाडिको मुख्य मालिक कन्डक्टरले भाडासाडा घटेको छैन भन्दै रुखो व्यवहार देखाउँदै भाडा असुल्दै थियो । यति दिनु र उति दिनु भन्दै आफ्नो चरित्र व्यवहारिक रुपमा देखाउँदै थियो । त्यहि बसभित्र एक छेउमा यो पंक्तिकार पनि रमिते बनिरहेको थियो । पालो उही रमितेको आयो, “होइन भाइ के भनेको ? बढि भाडा नलिन भनेको छ सरकारले । किन यसो गर्नुभएको ?” भन्दा “होइन सर भाडा घटेको छैन ।” हिजो सरकारको निर्णय त यस्तो छ नि भनेर कुरा राख्दा नराख्दै स्टेरिङमा बसेका चालकको तुच्छ अभिव्यक्ति खनियो । यहाँसम्मको भाडा दिनु, ओर्लिनु भन्दै पड्किए । स्थिति अलि गर्मायो । यतिकैमा कन्डक्टरले आवाज बाक्लिएपछि १०३ मा कल गरेर सोध्नुस् भन्न पुगे । एक यात्रुले तत्कालै ह्याण्ड्स फ्रि गरेर कल गरे । उताबाट जवाफ आयो, भाडा साविकै हो, घटेको छैन ।

अब भन्नुस्, यो नौटंकी सरकारका बारेमा हामीले के अपेक्षा राख्न सक्छौं ? यस्ता गैर जिम्मेवारीपूर्ण व्यवहारका बारेमा आवाज बुलन्द गर्न खोज्नेहरुलाई हनुमानहरुले सिध्याउने हुन् कि भन्ने चिन्ता पो लागेर आएको छ । त्यस दिनको जुन घटना एउटा प्रतिनिधि पात्र मात्र हो । जुन दिनदेखि सार्वजनिक यातायात खुले, व्यवसायीहरुले राज्यले तोकेको एउटा मात्र निर्णयलाई पछ्याएका छन्, त्यो हो डबल भाडा र अटेसम्म यात्रु गाडिमा कोच्न । त्यो दृश्य देखेर पनि नदेखेझैं गर्छन् चोकमा रहेका सुरक्षाकर्मीहरु । यो अवस्थामा नागरिकले लाचारीको विकल्प पाउँदैनन् । मन्त्री परिषद्को निर्णयले भाडा घटाउ भनेकै छैन भन्दै छापामा अन्तर्वार्ता दिन पुग्छन्, जिम्मेवार व्यवसायी । यो अवस्थामा नेपाली नागरिकले के अपेक्षा राख्ने ? सरकार भन्छ भाडा घटेको छ, व्यवसायी भन्छन् भाडा घटेको छैन । यो मुलुकमा यस्ता किसिमका द्वयत्त चरित्र भएका नीति निर्माताहरुको बोलवाला छ भन्नुको विकल्प छैन । धन्य छ लाचारी सरकार ! कति लुट्छस् लुट्, ढिलो, चाँडो नेपाली जनताले हिसाबकिताब लिनेछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0