Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १३, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पत्रकारिताभित्र मौलाएको अहम्ता

प्रभातफेरी अनलाइन ७५२४ पटक पढिएको प्रकाशित मिति: २०७७ मंसिर १६, मंगलबार (५ साल अघि)
पत्रकारिताभित्र मौलाएको अहम्ता

समाजको आँखाको रातीगेडी भनेर चिनिने पत्रकार नागरिकले तेस्रो आँखाको रुपमा लिने गरेका छन् । राज्यले सञ्चारकर्मीलाई राज्यको चौथो अंगको रुपमा सम्मान गरेको छ । यि वाक्यांशहरुले पत्रकारको महत्व र सान्दर्भिकताका बारेमा थप चर्चा परिचर्चा गरिराख्नु नपर्ला ।
यो महान् उपमाभित्र पत्रकारले आफ्नो जिम्मेवार कति पूरा गरे, त्यो खोजीको विषय आम पाठकमा भएको छ । पछिल्लो समय केही पार्टी पत्रकारका कारण पत्रकारितको आस्थामै चोट पुगेको तथ्य सार्वजनिक भएका छन् । यहाँसम्म कि स्थानीय सरकारदेखि राष्ट्र प्रमुखका अघिपछि रहनेहरुले देखाएको मालिकभक्तिका कारण स्वतन्त्र ढंगबाट कलम चलाउनेहरु विस्थापित हुने सम्भावना बढेर गएको छ ।
“हुन त जसको नुन खानु, उसको गुनगान गाउनु” भन्ने उक्ति नेपाली समाजमा स्थापित छ । यो संस्कार पत्रकारितामा पनि लागू हुँदा पत्रकारमाथि प्रश्न चिन्ह खडा गरिदिएको छ । उदाहरणका लागि प्रधानमन्त्री कार्यालय मातहतमा रहने पत्रकारले त्यहाँभित्र रहेका अनियमितता सार्वजनिक गर्ने हिम्मत राख्छ ? किमार्थ सक्दैन । किनकी त्यहाँ नुन जोडिएको छ । यो रोग स्थानीय तहदेखि माथिसम्मै छ । जसको पुष्टि नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सार्वजनिक रुपमै उद्घोष गरेर प्रष्ट्याइदिनुभएको छ ।
यसबारेमा आफूलाई उपल्लो दर्जाको पत्रकार भन्न रुचाउने सञ्चारकर्मीले हिम्मत नजुटाएसम्म यो समस्या भुसको आगोझैं सल्किरहने छ । यो अवस्थामा प्रेस काउन्सिल नेपालले जारी गरेको आचारसंहितालाई गिज्याइरहेको भान हुन्छ । यसरी आचारसंहितामाथि नै प्रश्न चिन्ह खडा गर्ने किसिमले प्रस्तुत हुनु कस्तो पत्रकारिता होला ? “आचारसंहिता पालना गरौं, प्रेस स्वतन्त्रता र मर्यादित पत्रकारिताको विकासका लागि अघि सरौं ।” भन्ने मूल मर्मको भावना माथि नै प्रहार गर्न खोज्नुले पत्रकारिताभित्र मौलाएको अहम्ताका बारेमा खोजी हुनु आजको आवश्यकता रहेको छ । जुन किसिमको पत्रकारितालाई कमाउधन्दाका रुपमा साधन बनाउन खोज्नेहरुबाट पत्रकारिता जोगिन सकेन भने यसले गम्भीर संकट ननिम्त्याउला भन्न सकिन्न । त्यसैले भविष्यमा पत्रकारिता क्षेत्रमा निम्तिने डरलाग्दो रुपका बारेमा सामना गर्ने हैसियत सम्बन्धित निकायले राख्नुपर्ने देखिन्छ ।
तसर्थ, त्यस किसिमका कुकिर्तेहरुको अन्त्यका लागि समयमै नीति, विधि सहित सरोकारवाला निकाय प्रस्तुत हुन जरुरी भइसकेको छ । अन्यथा, रातारात मौलाएको अहम्ताले पत्रकारितामै पूर्णविराम नलगाउला भन्न सकिने अवस्था रहेन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    Post Thumbnail

    भारतिय प्र.म.नरेन्द्र मोदिद्वारा बालेन्द्र शाहलाई बधाई

    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0