Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १०, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

महासंघमा श्रमिक डेस्क राख्दै, श्रमजीवि पत्रकारका भावना सम्बोधन

प्रभातफेरी अनलाइन ४४५६ पटक पढिएको प्रकाशित मिति: २०७७ मंसिर १६, मंगलबार (५ साल अघि)
महासंघमा श्रमिक डेस्क राख्दै, श्रमजीवि पत्रकारका भावना सम्बोधन

काठमाडौं । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्ने क्रममा श्रमिक पत्रकारहरुको पेशागत सुरक्षा तथा गुनासाहरुलाई सम्बोधन गर्नका लागि महासंघको केन्द्रीय कार्यालयमा श्रमिक डेस्क रहने भएको छ ।
महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा २०७७ मंसिर १२ र १३ गते धादिङमा सम्पन्न बैठकको बारेमा जानकारी गराउने उद्देश्यले जारी गरिएको विज्ञप्तिमा उक्त भनाइ उल्लेख भएका छन् । विज्ञप्तिमा भनिएको छ–
१. बैठकले श्रमजीवी पत्रकारहरुको पेशागत सुरक्षाका लागि महासंघले सञ्चालन गरेको आन्दोलनलाई थप सशक्त बनाउँदै संवाद, दबाब (आन्दोलन) र कानूनी उपचारमार्फत् प्रभावकारी रुपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरिएको छ । त्यसका लागि श्रमजीवी पत्रकारहरुबाट प्राप्त हुन आउने उजुरी र गुनासाहरुलाई व्यवस्थित गरी तत्काल सम्बोधनका लागि महासंघ केन्द्रीय कार्यालयमा श्रम डेस्क स्थापना गर्ने निर्णय गर्दै डेस्कको संयोजक सचिव रामप्रसाद दाहाल रहनुहुने र डेस्कमा सम्पर्क व्यक्ति महासंघ कर्मचारी शोभा विडारी रहने निर्णय गरिएको छ ।
२. यसैगरी बैठकले महिला पत्रकारहरुमा पेशागत असुरक्षा बढेको सन्दर्भमा गम्भीर चिन्ता व्यक्त गर्दै पत्रकार महिलाको श्रम समस्या सम्बोधनमा विशेष पहल गर्ने निर्णय गरिएको छ ।
३. बैठकले नेपाल पत्रकार महासंघले श्रम समस्या देखिएका तीनवटा सञ्चार गृहमा श्रमजीवी पत्रकारको अधिकार स्थापनाका लागि दबाब दिन पहिलो चरणको आन्दोलन स्वरुप सम्बद्ध सञ्चार गृहमा धर्ना दिँदासमेत माग पूरा नभएको सन्दर्भमा तत्काल माग सम्बोधन नभए दश दिनपछि दोस्रो चरणको आन्दोलन स्वरुप सम्बद्ध संचार गृहका सञ्चालकको निवासमा धर्नासहितका कार्यक्रम तय गर्ने निर्णय गरिएको छ । यसैगरी गम्भीर श्रम समस्या देखिएका अन्य मिडिया हाउसमा पनि क्रमशः दबाबमूलक कार्यक्रम गर्ने निर्णय गरिएको छ ।
४. बैठकले महासंघले गर्ने हरेक कार्यक्रम लैगिंक मैत्री, समावेशी मैत्री, अपाङ्गता मैत्री बनाउने र हिंसालाई शून्य सहनसिलता हुने तथा लैगिंक, समावेशी र अपाङ्गता मैत्री हुने गरी कार्यविधि, निर्देशिका र रणनीति बनाउने र कार्यालयमा बडापत्र राख्ने निर्णय गरिएको छ ।
५. मिडिया हाउसका लागि बनाइएको पत्रकार सुरक्षा निर्देशिकाको नमूना मस्यौदा कार्यान्वयनका लागि मिडिया सञ्चालक संस्थाहरुलाई उपलब्ध गराउने निर्णय गरिएको छ ।
६. बैठकले कोभिड महामारीका कारण बेरोजगार भएका तथा दबाबपूर्ण बिदामा राखिएका पत्रकारलाई सहयोग गर्न तत्काल पत्रकार कल्याणकारी कोष स्थापनाका लागि पहल गरिने छ । पत्रकारहरुका लागि लेखनवृत्तिको व्यवस्था गर्न नेपाल सरकारसँग पहल गर्ने निर्णय गरिएको छ । यसैगरी ६० वर्ष नाघेका र २५ वर्षभन्दा बढी समय निरन्तर पत्रकारिता गरिरहेका जेष्ठ सञ्चारकर्मीहरुलाई विशेष कोभिड राहत उपलब्ध गराउन माग गर्ने ।
७. कोभिड १९ संक्रमणमा परेका सञ्चारकर्मीहरुलाई निःशुल्क उपचारको व्यवस्था गर्न, कोभिड सक्रमण सम्वन्धी सचेतनामूलक सामग्री प्रकाशन प्रसारण गर्ने व्यवस्था मिलाउन, कोरोनाबाट प्रभावित संचारकर्मी र सञ्चारमाध्यमलाई राहत र सहुलियत प्याकेज प्रदान गर्न सरकारसँग आग्रह गर्ने निर्णय गरिएको छ । महासंघ केन्द्रीय कार्यालयमा पत्रकारहरुमा कोरोना जोखिम न्यूनीकरण डेस्क स्थापना गर्ने निर्णय गरिएको छ । यस डेस्कको संयोजक कोषाध्यक्ष राजेश मिश्र रहने र सम्पर्क व्यक्ति महासंघ कर्मचारी सोनिका थपलिया रहनुहुने निर्णय गरिएको छ । यो डेस्कले सञ्चारकर्मीहरुलाई केन्द्रित गरी निशुल्क चिकित्सक परामर्शसहितका आवश्यक सेवा प्रदान गर्नेछ ।
८. कोरोना बिमा अन्तर्गत बिमितहरुलाई बीमा कम्पनीहरुले बीमा रकम भुक्तानीगर्न ढिलासुस्ती गरेको गुनासो आइरहेकाले बिमित व्यक्तिहरुलाई बीमा रकम तत्काल उपलब्ध गराउने व्यवस्था मिलाउन बैठक माग गरेको छ ।
९. पत्रकारहरुका लागि लागू गरेको दुर्घटना बीमाको प्रक्रियालाई सरलीकरण गर्न र यसलाई स्वास्थ्य बीमामा रुपान्तरण गर्न गराउन पहल गर्ने निर्णय गरिएको छ ।
१०. सूचना तथा प्रसारण विभागबाट प्राप्त हुने लोककल्याणकारी विज्ञापन प्रकाशित गरे बापत पत्रपत्रिकाले एक महिनाभित्र पेश गर्नुपर्ने बिल कोभिडका कारण पेश गर्न ढिला भएका सबै किसिमका पत्रिकाहरुको तत्काल भुक्तानी दिने व्यवस्था गर्न माग गर्ने ।
११. महासंघले माग गरे बमोजिम समानुपातिक विज्ञापन प्रणाली हालसम्म लागु हुन सकेको छैन । समानुपातिक विज्ञापन प्रणाली लागू गर्न आग्रह गर्ने । साथै, उक्त प्रणाली लागू नहुन्जेलका लागि स्थानीय, केन्द्र र प्रदेश तहबाट उपलब्ध गराईने विज्ञापन समानुपातिकढंगले वितरण गर्ने वातावरणको लागि माग गर्दछौं । साथै लोककल्याणकारी विज्ञापन वापतको रकम दोब्बर वृद्धि गर्न पनि महासंघ माग गर्दछ ।
१२. जिल्ला हुलाक कार्यालयलाई आवश्यक उपकरण दिएर संचार माध्यम दर्ता नवीकरण, विज्ञापनको रकम भुक्तानी, प्रेस पास जारी र नवीकरण गर्ने कार्य सम्बन्धित जिल्लाबाटै गर्न आग्रह गर्ने निर्णय गरियो । साथै, सूचना विभागबाट प्रेस पास नवीकरण, नयाँ प्रेस पास वितरण तथा अनलाइन दर्ता र नवीकरण गर्ने कार्यलाई सहज र सरल ढंगबाट प्रवाह गर्न माग गर्दछ ।
१३. अनलाईन सञ्चारमाध्यमले मुलधारको पत्रकारितामा स्थान बनाउदै गएको सन्दर्भमा अनलाईन मिडियालाई अन्य मिडिया सरह सेवा सुविधा उपलब्ध गराउन माग गर्ने ।
१४. नेपाल पत्रकार महासंघको रणनीति परिमार्जनको मस्यौदा तयार पार्न अध्यक्ष गोविन्द आचार्य, निवर्तमान अध्यक्ष महेन्द्र विष्ट र महासचिव रमेश विष्टलाई जिम्मा दिने निर्णय समेत भएको विज्ञप्तिमा उल्लेख छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0