Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

भारती र म सम्मान लिन विराटनगर पुग्यौं

प्रभातफेरी अनलाइन ८६८६ पटक पढिएको प्रकाशित मिति: २०७७ फागुन ५, बुधबार (५ साल अघि)
भारती र म सम्मान लिन विराटनगर पुग्यौं

माघ २३ गतेको बुद्धएअरबाट भारती र म विराटनगर पुग्न बिहानै तम्तयार भयौं । आजै प्रधानमन्त्री ओली समर्थकहरुको शक्ति प्रदर्शनको जुलुस रहेकोले समयमै एअरपोर्ट पुग्ने योजना बनायौं । ११ः१५ बजेको उडान भए पनि हामीहरु १०ः०० बजे नै एअरपोर्ट पुग्यौं । भोलि विराटनगरमा मेरो सम्मान थियो; आयोजक मित्रहरुले श्रीमतीलाई पनि साथै लिएर आउनु भनेकोले भारती पनि मसँग जाने कार्यक्रम बन्यो । हामीहरु ठीक समयमा अर्थात् १२ः०० बजे नै विराटनगर पुग्यौं । चेतना संरक्षण प्रतिष्ठान नेपाल, विराटनगरको अध्यक्ष गङ्गा सुवेदी आफ्नो गाडीबाट मलाई लिन हवाइमैदानमा आइपुग्नुभएको रहेछ । साथमा बाबुराम श्रेष्ठ ‘वर्षा’ र लक्ष्मीनारायण श्रेष्ठ पनि हुनुहुन्थ्यो । ‘होटेल मनास्लु इन’ मा बस्ने व्यवस्था मिलाइएकोले झोला टुम्बा होटेलमा थन्क्याएर हामीहरु गंगाजीसँग ‘मकालु टिभी’ कार्यकक्षमा पुग्यौं । गंगाजीको कार्यालय नै त्यहाँ रहेकोले एकक्षण त्यतै बस्ने टुङ्गो मिलाइयो ।
चिया–नास्ता ग¥यौं । दिनेश सुवेदी (गङ्गाजीका श्रीमान), छोराहरु दुईजना र बुहारी दुईजनासँग देखादेख र चिनाजानी भयो । परिवारका सबै सदस्यहरु गङ्गाजीको साहित्यिक यात्रामा खुसी देखिंदा छन् । दिनेशजी आफू साहित्यकार नभए पनि गंगाजीको साहित्यिक अभियान र यात्रा हेरेर सन्तुष्ट छन् । चेतना संरक्षण प्रतिष्ठान नेपाल अन्तर्गत थुप्रै साहित्यिक कार्यक्रम र साहित्यिक प्रकाशन हुँदा रहेछन् । सम्मान कार्यक्रमका लागि व्यवस्थित ढङ्गले आर्थिक संयोजन गरेकै कारणले पाँचजनालाई रु.५१,०००।– नगदसहित सम्मान र एकजना साहित्यकारलाई रु.१ लाख दिने व्यवस्था मिलाइएको रहेछ । महिना–महिनाको कार्यक्रममा साहित्यिक अन्तक्र्रिया हुने र त्रैमासिकका रुपमा ‘चेतना सन्देश’ साहित्यिक त्रैमासिकको प्रकाशन गर्दै आएको आदि–इत्यादि साहित्यिक अभियान दिनेशजीको मुखबाट सुनियो । गंगाजी आफैले पत्रिकाको टाइपिङ गर्ने, पुस्तकहरु प्रकाशन गर्ने र सम्मान लगायत अन्य कार्यहरुमा परिवारले नै गौरव गर्दै आएका कुराहरु सुन्न पाइयो । साहित्यिक विचार आदानप्रदान भयो; चेतना संरक्षण गर्न जान पाउँदा गौरव गर्ने हामीहरुको साहित्यिक वार्ता सौहार्द र आत्मीय महसूस भयो ।
केही क्षणपछि साहित्यकार दामोदर पुडासैनी ‘किशोर’ पनि हामीसँग मिस्सिनु भयो । उहाँ पनि सम्मान लिन काठमाडौंबाट विराटनगर आइपुग्नु भएको हो । मेरा साहित्यिक मित्र दामोदर नियात्रा साहित्यमा आफूलाई अब्बल दर्जाका नियात्राकारका रुपमा साबित गर्न सफल साहित्यकार हुनुहुन्छ । केहीक्षण साहित्यिक कुराकानी पछि हामी तीनजना कोठातिर जाने भनेकोले गंगाजीका मोटर चालकले हामीलाई कोठामा पु¥याइदिए । दामोदर आफ्नो कोठामा लाग्नुभयो; भारती र म हाम्रो कोठामा लाग्यौं । जाडो पनि अनुभूत नभएको; गर्मी पनि सुरु नभएको यो बखतमा विराटनगरको मौसम निकै रमाइलो महसूस भयो । केहीक्षणको आरामपछि हामी कोठाबाट निस्क्यौं; दामोदर पनि निस्कनु भयो । होटेल प्राङ्गणभित्र केहीक्षण रमायौं; फोटो खिँच्यौं । र पछि दामोदर पुडासैनीसँग भएर केहीक्षण विराटनगर बजार घुम्न निस्क्यौं । ५ः०० बजेतिर पुरस्कार संस्थापकहरुसँग सम्मानित प्रतिभाहरुको चिनजान र भेटघाट गराउने कार्यक्रम रहेछ । एक–अर्कामा परिचयको आदान–प्रदान भयो । पुरस्कार संस्थापकहरुमध्ये बालकिशन मुन्दा, दिनबन्धु गोयल, दिनेश सुवेदी, केदारनाथ, मन्जु सत्याल र श्रीमती गङ्गा सुवेदी उपस्थित हुनुहुन्थ्यो । र सम्मानित हुनेहरुमध्ये चारजना दामोदर पुडासैनी (साहित्यकार), मोहन दुवाल (साहित्यिक पत्रकार), प्रा.डा. वीणा पौड्याल (संस्कृतिविद्) र श्रीमती माया पौडेल आशावादी (ललित–कलाकर्मी) उपस्थित थियौं । खाजा टिप्दै, परिचयमा मन साटासाट गर्दै, आयोजक संस्थाका संस्थापक अध्यक्ष गङ्गा सुवेदीका परिवारहरुको स्फूर्ति नियाल्दै विराटनगरको साहित्यिक अभियन्ता ‘चेतना’ का संरक्षण–स्फूर्ति मन नजिक राखेर नियाल्न पायौं ।
पूर्वमा झापा, पश्चिममा सुनसरी, उत्तरमा धनकुटा र दक्षिणमा भारतको बिहार राज्यसँग जोडिएको यस जिल्लामा रहेको विराटनगर धेरै कुरामा सम्पन्न महानगरपालिकाको रुपमा चिरपरिचित छन् । मोरङ जिल्लाको सदरमुकामका रुपमा वि.सं. १९७१ सालदेखि विराटनगर स्थापित भएको हो । पुरातात्विक आधारमा विराटनगरको इतिहास करिव ३००० वर्षभन्दा अगाडिको हो । विराटनगर नाम सर्वप्रथम महाभारत महाकाव्यमा उल्लेख भएको पाइन्छ । राजा विराटको राज्य मत्स्यदेशको राजधानी विराटनगर हो । यस महानगरमा उद्योग तथा व्यापारको गति तीव्रगतिमा फिँजिदै गएको कारणले औद्योगिक नगरका रुपमा विख्यात छन् । विपी कोइरालादेखि सबै कोइरालाहरुको कर्मभूमि रहेको कारणले राजनीतिमा यस भूमिको उच्चस्तरको नाम छ । कम्युनिष्ट नेताहरुमा मनमोहन अधिकारी, कमल कोइराला यसै भूमिका राजनीतिज्ञहरु हुन् । साहित्यजगत्मा पनि महानन्द सापकोटा, मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला, तारिणीप्रसाद कोइराला, डि.पी. अधिकारी, देवकुमारी थापा, बालकृष्ण पोखरेल, डा. गणेश भण्डारी, कालीप्रसाद रिजाल, भानुभक्त पोखरेल, डा. डिल्लीराम तिम्सिना, दधिराज सुवेदी आदिजस्ता थुप्रै राष्ट्रियस्तरका अग्रज साहित्यकारहरुको जन्मभूमिको नाम हो विराटनगर । यसै भूमिमा सम्मानित हुने मौका दिने काम भएको छ– ‘चेतना संरक्षण प्रतिष्ठान’ । गङ्गा सुवेदी हर्ताकर्ता हुनुहुन्छ; विराटनगर पुगेर निकै नजिकले गङ्गाजीको साहित्यिक सक्रियता नियाल्न पाइयो । पूर्वाञ्चलकै एकजना साहित्यिक अभियन्ता जसले आफूलाई राष्ट्रमा चिनाउँदै सुन्दर साहित्यिक कर्ममा मन फुकाउँदै सो¥हौं वर्षदेखि उक्त साहित्यिक पथमा गङ्गाजी लागिरहनुभएको छ – यात्रा सुरम्य देखिन्छ । विराटनगरसँग रमाएर कुरा गर्न पाइयो । आदरयोग्य समालोचक दधिराज सुवेदी, बाबुराम श्रेष्ठ वर्षा, लक्ष्मीनारायण श्रेष्ठसँग नजिक रहेर मन साटासाट गरियो । विहान अद्वितीय बाल प्रतिभा प्रिन्सा रेग्मीसँग चिनजान गर्ने मौका मिल्यो । यसै–उसैमा दिन बित्यो । राती धुप नबाली सुख पाइएन ः अचेल पनि लाम्खुट्टेहरु सक्रिय पो रहेछन् विराटनगरमा । भारती एउटा खाटमा; म अर्को खाटमा सुतेकै कारणले केही वाधा–अड्चन भएन राम्ररी रात बितायौं ।
भोलिपल्ट माघ २४ गते दिउँसो १२ः०० तिर कार्यक्रम सुरु भयो । सम्मानित प्रतिभाहरुमध्ये मदन राई (समाजसेवी) विशेष कारणले उपस्थित हुन सक्नुभएन । हामी पाँचजना सम्मानितहरु प्रा.डा. वीणा पौड्याल, दामोदर पुडासैनी ‘किशोर’, मोहन दुवाल, माया पौडेल आशावादी र प्रिन्सा रेग्मी (८ वर्षकी बाल प्रतिभा) उपस्थित थियौं । भारती श्रेष्ठलाई पनि ‘जनमत’ का सम्पादिकाका रुपमा मञ्चमा सम्मानपूर्वक राख्ने काम गरे । प्रदेश नं. १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ प्रमुख अतिथि हुनुहुन्थ्यो । २०४२–२०४३ सालतिर नै चिनेका मित्रसँग हात मिलाइयो । सम्मान पछि मन्तव्य दिने क्रममा मैले आफ्नो विचार राख्दै भनें – “विराटनगरमा रहेर साहित्यिक अभियान चलाउँदै आउनुभएका ‘चेतना’ का संरक्षक गङ्गा सुवेदीसँग धेरै कुरा सिक्ने मौका मिल्यो, अनुकरण गर्न मिल्ने थुप्रै काम भएका छन् त्यसका लागि नमन भन्दै साहित्यिक क्षेत्रमा राजनीतिक कित्ताकाट गर्ने चलन चलाउन हुन्न । दायाँ–बायाँको बिल्ला लगाएर साहित्यमा राजनीति सोच्न नहुने, राजनीतिज्ञहरुको भरिया बन्न नहुने भन्दै साहित्यमा निःस्वार्थ ढङ्गले आफूले समर्पित भएर सेवा पु¥याउनुपर्ने विचार राखियो । ३ः०० बज्यो । ३ः४५ को हवाई जहाज भेट्नुपर्ने हाम्रो वाध्यताले भारती र म बाहिर निस्क्यौं । बाहिर रहेका थुप्रै साहित्यकारहरुसँग फोटो खिँच्यौं । मोटर तयार रहेकोले ‘एयरपोर्ट’ तिर लम्क्यौं र विराटनगरलाई मनबाट बाईबाई भन्यौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0