Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

ऐतिहासिक धार्मिक गन्तव्य बन्दैछ पावन भूमि गोरखनाथ परिसर ः प्रमुख न्यौपाने

प्रभातफेरी अनलाइन ६६५७ पटक पढिएको प्रकाशित मिति: २०७८ बैशाख ७, मंगलबार (४ साल अघि)
ऐतिहासिक धार्मिक गन्तव्य बन्दैछ पावन भूमि गोरखनाथ परिसर ः प्रमुख न्यौपाने

काभ्रे । दिनको १ बज्दैछ, टन्टलापुर घामको राफले जमिन समेत राफिएको छ । म टकले हेरिरहेको छु । उहाँहरुले देख्नुभएको छैन, समितिका जिम्मेवार व्यक्तिहरु आफैं ढुंगा पल्टाउने देखि माटो फाल्ने, सामान ढुवानीमा एकपछि अर्काे गर्दै दत्तचित्त हुँदै समर्पित भएको दृश्यले मलाई भावुक बनायो । समाजमा यस्ता सामाजिक भावना भएका निःस्वार्थ व्यक्तिहरु नि छ है भन्ने विश्वासले ममा जरो गाड्यो । पछिल्लो समय सामाजिक भावना ओझेलमा पर्दै गइरहेको अवस्थामा उहाँहरुको लगनशीलतालाई सम्मान गर्न करै लाग्यो ।


अलि नजिक गएर संकेत गर्दै नमस्कार गरें । उहाँहरु झसंग हुन पुग्नुभयो, सबैले एकैचोटि सम्मान व्यक्त गर्नुभयो ।
यो दृश्य र संवाद अन्त कतैको नभएर पावन भूमि गोरखनाथ परिसरमा निर्माण भइरहेको विश्वकै अग्लो गणेश मन्दिर स्थापना स्थलको हो ।
निकै लामो प्रयासपछि निर्माणस्थलको अवलोकन गर्न पुगेको थिएँ, त्यहाँ इन्जिनियर रामकुमार बस्नेत लगायतका युवाहरु श्रमिकहरुसँग हातमा हात मिलाउँदै लायन्स क्लब अफ काठमाडौं इन्द्रेश्वरको परिकल्पनालाई मूर्त रुप दिन चालेका कदमहरु समयमै पूरा गरेर श्रद्धालु भक्तजन समक्ष दिनुछ । त्यसैका लागि रातदिन नभनी युवाहरु समर्पित भएको उदाहरण आफ्नै आँखा अगाडि देख्ने अवसर मिल्यो ।


सम्भवतः पनौती नगरमा जनस्तरबाट चालिएको यो नै पहिलो ठूलो धनराशीको योजना हुनुपर्छ । जसका लागि जनस्तरबाट यो मितिसम्म झण्डै ६० लाखभन्दा माथि नगद उठेको छ भने त्यस्तै जिन्सी सामान पनि दानका रुपमा आएको निर्माणस्थलमा टाँगिएको फ्लेक्सहरुले पुष्टि गर्दथ्यो । यो सामाजिक भावनालाई स्थानीय बौद्धिक वर्गले उच्च सम्मान गरेको त्यहाँ राखिएका फ्लेक्सहरुले सहजै पुष्टि गर्दथ्यो । पछिल्लो समय पनौती नगरपालिकामा निर्माण भइरहेको गणेश मूर्ति स्थापना र मुक्तिनाथ धाम निर्माणमा देखिएको जनउत्तरदायित्वले अवसर पायो भने नयाँ पिँडिले पनि केही गर्न सक्छन् भन्ने सन्देश दिएको पाइन्छ । अवसर दिनुपर्छ, जनस्तरबाट राज्यले कल्पना नगरेका कार्य समेत सम्भव छ भन्ने उदाहरण यि योजनाले दिएको छ । झण्डै डेढ वर्ष अघिदेखि अनवरत रुपमा यि योजनाहरु सफल पार्न खटिने सामाजिक पात्रहरुको नेतृत्व अरु कोहि नभएर ई. बस्नेत नै हुन् । उहाँको यो लगाव देखेर दाताहरु मात्र नभई पनौती नगरका नगर प्रमुख भीम न्यौपानेको मन समेत कुँडिएको छ ।
नगरको बजेटमा निर्माण भईरहेको पार्कको अनुगमन गर्ने क्रममा जनश्रम दानबाट निर्माण भईरहेको गणेश मूर्ति स्थापना स्थलको समेत अनुगमन गर्दै समाजमा यस्ता पनि व्यक्तित्व छन् भन्ने विश्वासै गर्न सकिरहेको छैन भन्नुहुँदै जसले निःस्वार्थ ढंगबाट पचासौं लाख बराबरका कामहरु जनस्तरबाटै सम्पन्न गर्न गइराखेको देख्दा आफूलाई कता–कता अनौठो लाग्नु स्वभाविक भएको स्मरण गर्नुहुँदै आज यथार्थ सत्य यही परिसरमा भेटेको छु । मन्दिरै मन्दिरको शहरमा फेरि एउटा धार्मिक स्तम्भ थपिएको छ । आसन्न मकर मेलामा गोरखनाथ परिसर श्रद्धालुहरुको लागि आकर्षक गन्तव्य बन्नेमा अब दुई मत रहन्न । मकर मेलालाई मात्र लक्षित नभई धार्मिक, पर्यटकीय हिसाबले पनि गोरखनाथ परिसरमा स्थापना भएको गणेश मूर्तिले महत्व राख्दछ । महायज्ञ लगाई जनता सहभागी भएर चन्दा संकलन गरी निर्माण गरिएको निर्माण कार्यको पनौती नगरपालिकाका प्रमुख न्यौपानेले अवलोकन गरि निर्माण समितिले गरेका कार्य प्रशंसनीय रहेको र पनौती नगरको अर्काे एउटा सम्पदा थपिन गएको हुँदा अहोरात्र खट्टिनु हुने समितिका सम्पुर्ण पदाधिकारीहरुलाई धन्यबाद दिँदै यस्ता कार्यहरु निरन्तरता दिनु भई समग्र नगरलाई बिकासको कार्यमा सहयोग गर्न आग्रह समेत गरि निर्माण सम्पन्नको शुभकामना समेत प्रमुख न्यौपानेले दिनुभएको थियो । पनौती शहर, सम्पदाको शहर हो, जनता सहभागी कार्यमा नगरपालिकाको साथ र सहयोग रहन्छ । त्यसैले नगरवासीको तर्फबाट नगरपालिकाले अनुदान स्वरुप गणेश मूर्ति स्थापनाका लागि हाललाई नगद ५ लाख अनुदान दिने वचनबद्धता व्यक्त गर्दछु । जसबाट नगरले अपनत्व महसुस गर्नेछ र यो अभियानमा उर्जा थप्ने काम हुनेछ भन्ने विश्वास आफूले लिएको नगर प्रमुख न्यौपानेको धारणा थियो ।


अबलोकनको क्रममा यस गणेश मुर्ति स्थापना स्थल निर्माण समितिले पनौती नगरपालिको अर्काे एक नयाँ सम्पदा थप गरि महायज्ञ लगाई सुरु गरिएको यो निर्माण कार्यले धार्मिक तथा पर्यटन प्रर्वद्धनका लागि समेत टेवा पुग्ने हँुदा यो निर्माण समितिको उद्देश्य र जनताले समितिलाई देखाउनु भएको भावना, सहयोग र बिश्वास प्रति मुक्तकण्ठले प्रशंसा गर्दै मेरो ब्यक्तिगत तर्फबाट तथा नगरपालिकाको तर्फबाट हुने सहयोगमा कुनै कसुर बाँकि रहने छैन आफू पूर्ण विश्वस्त छु यो निर्माण समितिसँग र नगरपालिकाभित्र उदाहरणीय कार्य देखाउ सफल रहनुभएकोमा निर्माण समितिका अध्यक्ष इ. बस्नेत लगायत समितिका पदाधिकारीहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु भन्नुहुँदै समयमा निर्माण कार्यमा सहयोग गर्नुहुने दानबिरहरुलाई खादा ओडाई सम्मान समेत प्रमुख अतिथि न्यौपानेले गर्नुभएको थियो ।


उक्त अवलोकन टोलिका सदस्य संविधान सभाका सदस्य रामहरि सुवेदीको कथन थियो– कस्तुरी मृग आफू रहेर पनि वास्ना हराएको हो कि भन्दै धार्मिक निर्माण कार्य सम्पन्न गर्न खोज्नु भएको समितिलाई हार्दिक धन्यवाद दिनुभएको थियो भने पनौती चौकी प्रमुख सन्तोष बाँनियाले जनता सहकार्य भएर निर्माण भएको कार्यको सुरक्षा दिनु हाम्रो कर्तव्य हो र सहयोगको लागि सि.सि क्यामरा जडान गरिदिनुहुन निर्माण समितिलाई आग्रह गर्नुभएको थियो ।
उक्त अवलोकन कार्यक्रममा कोषाध्यक्ष कुमार बोगटीले नगर प्रमुख समक्ष आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने सचिव हरिशरण कार्कीले नियमित बैठकले गरेका निर्णय र कार्य योजना प्रस्तु गर्नुभएको थियो । उक्त कार्यक्रममा अनुगमन संयोजक हरिकृष्ण बस्नेत र मोहन कुमार बस्नेतले नगर प्रमुखलाई स्वागत गर्नुभएको थियो भने निर्माण समितिका अध्यक्ष इ. बस्नेतले कार्यविधि योजना माग र नगरपालिकाबाट भएको सहयोगको लागि धन्यबाद ज्ञापन दिँदै हालसम्म भएको कार्य प्रगति विवरण, आम्दानी खर्चको आर्थिक प्रतिवेदन नगर प्रमुख न्यौपने समक्ष पेश गर्नुभएको थियो । ऐतिहासिक गोरखनाथ मन्दिर प्राङ्गणमा गत बर्ष श्रीमद्भागवत ज्ञान महायज्ञ लगाई संकलित चन्दा रकमबाट सुरु गरिएको पञ्चधातुबाट निर्मित ९ फिट अग्लो गणेशमुर्ति सहित पार्क निर्माण कार्य अन्तिम चरणमा पुगेको समितिका अध्यक्ष लायन इ. बस्नेतले बताउनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0