Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मेथिनकोट अस्पताल र दाप्चा स्वास्थ्यचौकीलाई स्वास्थ्य सामग्री सहयोग

प्रभातफेरी अनलाइन ५९६४ पटक पढिएको प्रकाशित मिति: २०७८ जेष्ठ १२, बुधबार (४ साल अघि)
मेथिनकोट अस्पताल र दाप्चा स्वास्थ्यचौकीलाई स्वास्थ्य सामग्री सहयोग

काभ्रे । नमोबुद्धका एक युवा व्यवसायीले नगरपालिकास्थित मेथिनकोट अस्पताल र दाप्चा स्वास्थ्य चौकीलाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेका छन् । नमोबुद्ध नगरपालिका १० का युवा व्यवसायी धावा लामा (टिकावहादुर तामाङ) ले व्यक्तिगत तर्फबाट दुईवटा स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।

लामाले मंगलबार एक कार्यक्रमका बीच मेथिनकोट अस्पताल र दाप्चा स्वास्थ्यचौकीलाई पिपिई, एन–९० मास्क, नेबुलाइजर मास्क, भिटामिन सी, सेनिटाइजर, ग्लोब्स, एजिथ्रोमाइसिन सहित अत्यावश्यक औषधीहरु हस्तान्तरण गरेका हुन् । मेथिनकोट अस्पतालमा आयोजिक कार्यक्रममा व्यवसायी लामा र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले संयुक्त रुपमा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट सागर जर्घामगरलाई ती स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले तत्कालका लागि आवश्यकताको रुपमा रहेका औषधीसहित स्वास्थ्य सामग्री सहयोग गरेकोमा व्यवसायी लामाप्रति आधार प्रकट गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षासमेत रहेको बताउनुभयो । यस्तै मेथिनकोट अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सागर जर्घामगरले मेथिनकोट अस्पतालले प्रतिकुल अवस्थामा सीमित स्रोतसधानका बाबजुद कोरोना संक्रमण नियन्त्रण र रोकथामको अभियानमा लागिरहेको र यस्तो सहयोगले थप हौसला पुगेको बताउनुभयो । दैनिकरुपमा स्वास्थ्यकर्मी र बिरामीका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीको अभाव भइरहेको समयमा यस्ता सामग्रीले सेवा प्रवाहमा थप मद्दत पुग्ने उहाँले बताउनुभयो । यस्तै सहयोगी व्यवयासी लामाले जोखिम मोलेरै भएपनि स्वास्थ्यकर्मीले कोरोना संक्रमित बिरामीको उपचारमा देखाएको तत्परतालाई अझै मद्दत पुगोस् भन्ने उद्देश्यले आफ्नो तर्फबाट सानै भए पनि सहयोग गरेको बताउँदै आगामी दिनमा एन्टीजेन किट, अक्सिजन सिलिण्डरसहित अन्य स्वास्थ्य सामग्री सहयोगका लागि आफू प्रतिवद्ध रहेको पनि बताउनुभयो । पहिलो चरणमा एक लाख रुपैयाँ भन्दा बढीको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको लामाले जानकारी दिनुभयो ।

कार्यक्रममा नमोबुद्ध नगरपालिका १० का वडाअध्यक्ष रामकृष्ण अधिकारीले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणमा नमोबुद्ध नगरपालिकाले थालेको अभियानमा साथ दिएकोमा सहयोगी व्यवसायी लामाप्रति आभार प्रकट गर्दै उहाँले आगामी दिनमा थप सहयोगका लागि आग्रहसमेत गरेका थिए । यस्तै नमोबुद्ध नगरपालिका ९ मा रहेको दाप्चा स्वास्थ्यचौकीमा व्यवसायी लामाले वडाअध्यक्ष मेलवहादुर लामा र स्वास्थ्यचौकी इन्चार्ज बलराम पौडेललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0