Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

भुकम्पपीडित राहत वितरण

प्रभातफेरी अनलाइन ७६८७ पटक पढिएको प्रकाशित मिति: २०७३ आश्विन ८, शनिबार (९ साल अघि)
भुकम्पपीडित राहत वितरण

बनेपा
नेपाल बैंक लिमिटेड बनेपा शाखाले दैनिक २ सय जना भुकम्पपीडितहरुलाई राहत रकम वितरण गरेको शाखा प्रबन्ध भुवन कार्कीले जानकारी दिएका छन् ।
नेपाल बैंक बनेपा शाखालाई ढुंखर्क गाविसका १ हजार ९७, देविटार गाविसका २९ र बनेपा नगरपालिकाका १ हजार १ सय ४४ जना गरी २ हजार २ सय ५६ जनाको नाम पुनः निर्माण प्राधिकरणले छुट्याएको थियो । जसमध्ये १ हजार ६ सय ३० जना लाभग्राहीलाई १८ करोड १५ लाख रकम वितरण गरिएको प्रबन्धक कार्कीले बताए । उनले बाँकीलाई एक हप्ताभित्र रकम वितरण गरिसकिने बताएका छन् ।

एकजना लाभग्राहीलाई लाइन बसेर कागज तयारी भएको ५ मिनेटभित्र रकम पाउने व्यवस्था नेपाल बैंक बनेपा शाखाले मिलाएको छ । दैनिक १० बजेदेखि २ः३० बजेसम्म लाइन बसेकालाई रकम वितरण गरिँदै आएको जानकारी दिए । लाभग्राहीहरुको नाम जुधेको, सम्झौता नम्बर छुटेको र केही जुधेको पनि पाइएको प्रबन्धक कार्कीले बताए ।
भिबोर सोसाइटी डेभलप्मेन्ट बैंक बनेपा शाखाका प्रबन्धक काजीबहादुर खत्रीका अनुसार कुरुवास चापाखोरीका ४ सय ४४ जना देवीटार गाविसका ८ जना गरी ४ सय ५२ जना पुनःनिर्माण प्राधिकरणले बैंकलाई जिम्मा लगाएको बताउँदै ४ सय १० जनालाई वितरण गरिसकिएको र ४४ जनालाई रकम वितरण गर्न बाँकी रहेको जानकारी दिए ।
शाखा प्रबन्धक खत्रीले ५ वर्ष अघि मरेको मानिसको नाममा रकम आउनु, ६० सालमा मरेको मान्छेको सेवाग्राहीमा नाम किन आयो ? के यसको जिम्मा सम्बन्धित गाविसको सचिव, दलीय संयन्त्र र गाविसमा खटेका प्राविधिकले लिनुपर्ने बताए ।
प्रबन्धक खत्रीले शाखामा ८ जना जति विदेश गएका र मेलापाता गएका व्यक्तिहरुको नाममा एकाघर पविारका सदस्यहरुलाई मञ्जुरीनामा दिई गाविसको सिफारिस लिएर लाभग्राहीहरुलाई रकम वितरण गरिँदै आएको बताए । तर सरकारले दसैं तिहार चाड पारेर रकम वितरण गर्नु, वर्षा जस्ता कारणले रकमको सही सदुपयोग नहुने देखिन्छ, उनले भने ।
नेपाल इन्भेष्टमेन्ट बैंक लि., बनेपालाई भिमखोरीका ७ सय ३२ र देवीटारका ५३ जनामा ६ सय २४ जना लाभग्राहीहरुलाई रकम वितरण गरिसकिएको शाखा प्रबन्धक कुमार थापाले जानकारी दिए ।
प्रबन्धक थापाले दिनमा ४० देखि ६० जना लाभग्राहीलाई रकम वितरण गरिएको, नियमित कामका बाबजुद पनि भुकम्पपीडितहरुलाई रकम भुक्तानी दिन लागिपरेको बताए । बैंकमा छुट्याएको सबै लाभग्राहीहरुको रकम खातामा आइसकेपनि गाउँबाट कागजी प्रक्रिया मिलाएर आउन १ सय ६० जना मात्र बाँकी रहेका प्रबन्धक थापाले जानकारी दिए ।
सिटिजन्स बैंक इन्टरनेशनल लि. बनेपाका प्रबन्धक हेमबहादुर लामाका अनुसार वनखुचौरका ४ सय ७१, पोखरीचौरीका २ सय ९९ र देवीटारसका ४५ जनाको सूची प्राप्त भएको तर १ हजार १ सय जनाको खाता भने खोलिसकेको बताएका छन् ।
४ सय ९० जनालाई रकम वितरण गरिसकिएको बताउँदै प्रबन्धक लामाले लाभग्राीहरुको सूचीमा नाम नमिल्नु, सम्झौता पत्रसँग सचिवले सूची नभिडाई पठाइदिनुले गर्दा समस्या परेको बताए । नियमित बैंकका कामहरुलाई कर्मचारीहरु थप गरी काम गरिरहेको बताए ।
त्रिवेणी विकास बैंकका प्रमुख संचालन अधिकृत छविप्रसाद हुमागाईंका अुनसार ४ हजार ४ सय पुनः निर्माण प्राधिकरणले जिम्मा दिएको सबैको खाता खोलिसकेको बताउँदै उक्त बैंकले ३ सय हेटौंडाबाट र बाँकी काभ्रे जिल्लाबाट वितरण गरिने बताएका छन् । प्रमुख संचालन अधिकृत हुमागाईंले २ हजार जनाको रकम आएकोमा १ हजारको वितरण भइसकोके बताए ।
त्रिवेणी विकास बैंक भकुण्डेवेंशी शाखाका प्रबन्धक रोहीणी प्रसाद अधिकारीले दाप्चा काँशीखण्ड नगरपालिकाले सूची दिने क्रममा रहेको र आज आइतबारबाट रकम वितरण गरी दसैंसम्म तोकिएका सेवाग्राहीलाई रकम वितरण गरिसक्ने लक्ष्य रहेको बताए । काभ्रेमा त्रिवेणी विकास बैंकको शाखा पनौती, बनेपा, भकुण्डेवेंशी र काउन्टर कुन्तावेंशीमा खोलेर सेवा दिँदै आएको छ । प्रभु बैंक बनेपाबाट विर्तादेउराली र सिम्थली गाविसका १ हजार १ सय ३४ जनाको खाता खुलेकोमा ६ सय २८ जनालाई राहत रकम वितरण गरिसकिएको शाखा प्रबन्धक योगेश पौडेलले बताए । आई.डी. विकास बैंक बनेपामा ५ सयजनाको सूची आएकोमा ४ सय ७५ जनालाई रकम भुक्तानी दिइसकिएको बैंकका कर्मचारी मोहन के.सी.ले जानकारी दिए । उक्त बैंकबाट देवीटार र घर्तिछापका लाभग्राहीहरुले रकम पाएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0