काभ्रे । (पनौती) नेपाल कम्युनिष्ट आन्दोलनका धरोहर एवं दश वर्षे जनयुद्धका कमाण्डर नेकपा माओवादी केन्द्रका केन्द्रीय कमिटीका सदस्य आदर्श व्यक्तित्व द्वारिकादास श्रेष्ठले गत १९ गते यस धर्तीबाट विश्राम लिनुभएको छ ।
जुन घटना घटेको छ, त्यसले कम्युनिष्ट आन्दोलनलाई अपूरणीय क्षति पु¥याएको कम्युनिष्ट धरोहरले व्यक्त गरेका छन् । योद्धा श्रेष्ठको निधनप्रति नेकपा माओवादी केन्द्र पनौतीले शोक अवधिभर कम्युनिष्ट पार्टीको झण्डा झुकाउने निर्णय गरेको छ । सोही अनुसार बुधबार स्वर्गीय श्रेष्ठको घरमा पुगी झण्डा झुकाउने र शोक पुस्तिका राख्ने काम गरेको पनौती इन्चार्ज होमबहादुर खुलालले बताउनुभएको छ । उहाँका अनुसार स्वर्गीय श्रेष्ठको १३औं पुण्यतिथिसम्म कम्युनिष्ट पार्टीको झण्डा झुक्नेछ र १३औं दिनको दिन श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरी स्वर्गीय योद्धाप्रति सम्मान व्यक्त पश्चात् झण्डा उठाउने कार्यक्रम रहेको बताउनुभएको छ ।
स्वर्गीय श्रेष्ठको श्रीमती लक्ष्मीकेशरी श्रेष्ठ र ६ छोरीहरु रहेका छन् । छोरी देवकी श्रेष्ठका अनुसार पिताको परम्परागत संस्कार अनुसार नै आफूहरु १३ दिनसम्म विधिमा रहने बताउनुभएको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |