Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सत्ता पक्षले अधिनायकवाद लादेकै कारण बहिष्कारमा उत्रिनु प¥यो, दुःखद पक्ष हो ः विपक्षी

प्रभातफेरी अनलाइन ६११७ पटक पढिएको प्रकाशित मिति: २०७८ अषाढ ८, मंगलबार (४ साल अघि)
सत्ता पक्षले अधिनायकवाद लादेकै कारण बहिष्कारमा उत्रिनु प¥यो, दुःखद पक्ष हो ः विपक्षी

काभ्रे (पनौती) । पनौती नगरको नवौं नगरसभा विवादरहित हुन सकेन । नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रमलाई लिएर दुवै पक्षबीच घम्साघम्सी नै चल्यो । अन्ततः रुख चिन्ह लिएर निर्वाचित नगर सभासद्हरुले नगरसभा बहिष्कार गरेकोमा नगर प्रमुख भीम न्यौपाने स्वीकार्नुहुँदै असहमति राख्न पाउने प्रजातान्त्रिक अधिकार हो । त्यसलाई उपयोग गर्नुभयो भन्दैमा हामीले विमति जनाउनुपर्ने अवस्था छैन ।
जहाँसम्म उहाँहरुले विज्ञप्ति मार्फत् सार्वजनिक गर्नुभएको धारणाहरु उहाँहरुका विरोधका स्वरहरु हुन् । त्यस बारेमा नगर प्रमुखको हैसियतमा केही टिप्पणी राख्नु मनासिव ठान्दिनँ । यो राजनीतिक संस्कारभित्र हामी बाँधिनुपर्छ र स्वभाविक पनि हो । विरोधै नभए त विकास कहाँ हुन्छ र ? त्यसैले हामीलाई सही मार्ग निर्देशन गर्न पनि विरोध आवश्यक पर्छ । जसले सही मार्ग निर्देशन गर्दछ भन्ने ठम्याई मेरो छ । सवाल नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रम माथिको विमति छ । यो आर्थिक वर्षबाट सुरु हुनेगरी नगरले देहायका थप व्यवस्था गरेका छौं ।


१. २० युनिट विद्युत् खपत गर्ने नगरवासीको तिर्नुपर्ने विद्युत् महसुल नगरले नै व्यहोर्ने व्यवस्था गरेका छौं ।

२. ६ सय घर परिवारको स्वास्थ्य बीमा नगरले नै व्यहोर्ने व्यवस्था गरेका छौं ।
३. कोभिडका कारण मृत्युवरण गर्न पुगेका २० परिवारका लागि दाहसंस्कार खर्चबापत प्रतिव्यक्ति २५ हजार रुपैयाँको व्यवस्था गरेका छौं ।
४. २८ वटा नगरस्तरीय १ करोडभन्दा माथिका बहुवर्षिय योजनाहरु सञ्चालनको व्यवस्था गरेका छौं ।
५. हरेक वडामा थप ओभर शेयर सरहको एक प्राविधिक, एक का.स., एक सामाजिक परिचारिकाको दरबन्दीको व्यवस्था गरेका छौं ।
६. वैकल्पिक करिडोर यो आर्थिक वर्षभित्र सम्पन्न गर्ने योजना सहित आएका छौं ।
७. भैंसी प्रवद्र्धन कार्यक्रमलाई अझ व्यवस्थित र दीर्घकालिन बनाउने योजना थपेका छौं ।
८. किसान अडिटको योजना लिएका छौं ।
९. भैंसीको जातिय संरक्षणको लागि विशेष अनुसन्धानको व्यवस्था गरेका छौं ।
१०. विगतमा भैंसीका लागि मात्रै बजेट विनियोजन गरिएकोमा यो आर्थिक वर्षबाट गाई, बाख्रा, बोकाहरुको लागि समेत बजेटको व्यवस्था गरेका छौं ।
११. कृषितर्फ अत्याधुनिक प्रविधिलाई भित्र्याउनका लागि आवश्यक पर्ने जनशक्तिको व्यवस्था गर्ने योजना रहेको छ ।

अन्य योजनाहरु नियमित रहेका छन् । सवाल जात्रा व्यवस्थाका लागि विनियोजित बजेटका बारेमा नगरले कानून बनाएरै जात्रा व्यवस्थापनलाई पारदर्शी ढंगले प्रस्तुत गरेका छौं । सो सम्बन्धमा जो कोहिले पनि जानकारी लिन सक्छ । कुनै किसिमको शंका राख्नुपर्ने गतिविधि गरिएको छैन । जसले पनौतीको पहिचानलाई महत्वपूर्ण रुपमा समेट्ने छ भन्ने विश्वास नगरले लिएको नगर प्रमुख न्यौपानेको तर्क रहेको छ ।

सोही विषयमा आफ्नो विमति रहेको भन्दै नेपाली कांग्रेस आबद्ध नगर सभासद्द्वारा नवौं नगरसभा बहिष्कार गरेको विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तिमा भनिएको छ– विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरसका कारण ज्यान गुमाउनु हुने सम्पुर्ण आमाबुबा दाजुभाई तथा दिदीबहिनीहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछौ र जो संक्रमणमा हुनुहुन्छ उहाँहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । पनौतीवासीको भावना अनुसार विकास समृद्धिको चाहनालाई योजनाबद्ध ढंगले अगाडि बढाउने थलोको रुपमा रहेको यो गरिमामय नगरसभामा हाम्रा भनाईहरु राख्ने क्रममा सम्बोधन नभएको हुँदा उक्त गतिविधिप्रति हाम्रो ध्यानाकर्षण भएको छ । सोही बमोजिम हामी सभासद्हरुले नगरसभा बहिष्कार गरी विरोध जनाएका छौं ।


यस किसिमको रबैयाको विरुद्ध प्रजातान्त्रिक मूल्य, मान्यताभित्र रहेर विरोध गरेका हौं । हामीले हाम्रो कार्यकाल पूरा हुनै लाग्दा समेत जनताका मागहरु सुनुवाई नभएको हुँदा आज यो निर्णयमा पुगेका छौं भनिएको छ ।
हामी निर्वाचित भएको पनि आज चार वर्ष पुगेर नबौं नगरसभासम्म आइपुग्दा चार वर्षको अवधिमा हामीले गरेको कार्यहरुको आत्मासमिक्षा गर्दा हामी ठिक दिशा तर्फ छौ कि छैनौ विश्लेषण र समिक्षा गर्न आवश्यक छ । अब हामी समय र नेतृत्वका कारण सुधार गरेर जान सकिने अवस्थामा छैनौ भन्ने हाम्रो निष्कर्ष हो । हामीले विगत चार वर्ष सम्म कार्यपालिका बैठक र बिगतका नगरसभाहरुमा सुझावहरु दिई आएकै हो र विरोध गर्दा कतै विकासका गति रोकिएलान् र काम गर्ने वातावरण नदिएको अवजस आउला भन्ने दूरदर्शी सोच र दृष्टिकोणका कारण एकिकृत भावनाका साथ आम नगरबासीको हितका खातिर सहमति सहकार्य एकताको माध्यमबाट अगाडि बढ्ने थलोको रुपमा र सिंहदरबारको अधिकार गाउँ गाउँमा लग्ने भन्ने सन्देशलाई वास्तविक रुपमा अभ्यास गर्दै प्रत्येक नागरिकले देख्न चाहेको समृद्ध र सबल नगरको रुपमा विकास गर्न चाहन्थ्यौं तर त्यस्तो वातारवणका लागि नगर नेतृत्व समालेका व्यक्तिबाट सोचहरु आएनन् । गाडीबाट आफ्नो उपस्थिति देखाउने र सामाजिक संजालमा छाउने बाहेक नगरलाई दीर्घकालिन सोचका साथ विकास गर्ने भन्दा पनि नगरबासीको संबेदनामा खेली खेलाई फुटाउ र शासन गर भन्ने उद्देश्यले प्रेरित भएको मात्र पाइयो । सानातिना योजनामा भुलाउने र काम गरिदिने भनेर व्यक्तिगत र व्यक्तिअनुसार कुरा गरिने शैलीका साथ अगाडि बढ्ने काम भयो । यो नगरलाई भ्रष्टचार मुक्त राख्ने हाम्रो इच्छा पुरा हुन सकेन । सबै क्षेत्रमा व्यापक आर्थिक दुरुपयोगका जगमा जनतालाई साथबाजका साथ फुटाउने, टुक्रयाउने, प्रत्याक्रमण गर्ने र स्थानीय सरकारमा प्रतिपक्ष हँुदैन भन्दै गर्न भने एकल बहुमतको दम्भका आधारमा निरंकुश एवं हचुवाको आधारमा योजना प्रस्तुत गरि वडालाई जनसंख्या, भुगोल र आवश्यकता एवं औचित्यको आधारमा भन्दा पनि व्यक्तिगत लबिङको माध्यमबाट गरियो । नगरको योजना तथा बजेट तर्जुमा गर्दा नेपालको संविधान भाग ४ अन्र्तगतका राज्यका आर्थिक, सामाजिक विकास, प्राकृतिक उपयोग, वातावरण संरक्षण सम्बन्धि नीतिहरु धारा ५८ को आर्थिक अधिकार भाग १८ को कार्य प्रणाली स्थानीय सरकार संचालन ऐन २०७४ र पनौती नगरको योजना तथा बजेट तर्जुमा दिग्दर्शनको आधारमा नीति तथा कार्यक्रम वार्षिक विकास कार्यक्रम र बजेट नगर कार्यपालिकाबाट छलफल गरि स्वीकृत गर्नुपर्नेमा उक्त कार्य नगरी संस्थागत भन्दा पनि व्यक्तिगत स्वेच्छाचारी ढंगले नीति तथा कार्यक्रम र योजना तथा बजेट तर्जुमा भयो । साथै २०७८÷०३÷०४ मा बसेको कार्यपालिका बैठकमा एक अर्ब पचास करोड पचासी लाख एकानब्बे हजारको बजेट पेश गरिने भनिएकोमा आज आएर नगरसभामा पेश गर्दा एक अर्ब पैसठी करोड छैसठी लाख पैतिस हजारको बजेट पेश गरियो । जुन कुरा सरासर अवैधानिक छ । यसका अलावा आज सम्म हामीले उठाउँदै आएका मुद्दाहरु पनि सुनुवाई भएनन् । जस अन्तर्गत तपसिलमा बुँदागत रुपमा पुनः अवगत गराउने प्रयास गरेका छौं भन्दै विज्ञप्तिमा उल्लेखित बुँदाहरुमा भनिएको छः
१. वडाको विकास र निर्माणमा वडाका जननिर्वाचित जनप्रतिनिधीले बनाएको योजना र जनातालाई दिने सेवासुविधालाई विकेन्द्रिकत र लोकतान्त्रिक सिद्धान्तको आधारमा आत्मासाथ नगरी ठूलो रकम नगरमा केन्द्रिकृत गरी मनोमानी ढंगले नगरबासीहरुको भावनामा चोट पु¥याउने काम भएको छ यसमा हामो सहमति छैन ।
२. खोपासी–पनौती–बनेपा सडक र बसपार्कको अवस्था दयनीय, धुलो, हिलो नै छ । यसको समाधान किन भएन ?
३. २०५६ सालमा तत्कालिन जनप्रतिनिधीबाट सुरु गरिएको बृहत खानेपानी नगरबासीलाई हालसम्म पनि किन वितरण भएन ?
४. हामीले विगतमा पटक पटक जरुरी सार्वजनिक महत्वको रुपमा उठाउँदै आएको पनौतीको ढल तथा फोहोरमैला व्यवस्थापन जो चार वर्षदेखि खोला मै छ किन बन्न सकेन ?
५. ट्रीपरको धुवाँ, धुलो र आतंकमा पनौती नगरबासीले कहिले सम्म बस्नु पर्ने हो ? पनौती नगरको वडा नं. ४, ५, ६, ७, ८, ९, १० र १२ नं का समस्याहरु समाधान गर्छु भनि पटक पटक नगरवासीलाई झुक्याउँदै किन समाधान भएन ? यसबाट जनताको स्वास्थ्यमा प्रतिकुल प्रभावको जिम्मेवारी लिनु पर्छ कि पर्दैन ? यसको ध्वनी प्रदुषणबाट विद्यालय र कलेजमा पढ्ने विद्यार्थीहरुको मनोभावनामा परेको प्रभाव कसले जिम्मा लिने ?
६. करिडोर निर्माण कहिले हुन्छ र गुणस्तरीय किन बनेन ? र कसका कारणले बन्न सकेन ? के जनता मुकदर्शक भएर बस्नुपर्ने हो ?
७. ऐतिहासिक १२ वर्षे मकरमेलाको तयारीको योजना कहाँ पुग्यो ? विनियोजित योजनाहरु अगाडि किन बढेनन् ? के आसेपासे पाल्नकै लागि योजना आएका हुन् ?
८. कृषि तथा पशु, स्वास्थ्य र अन्य शाखागत बजेट नगरबाट ब्लकमा राखी खर्च गरिएको छ । वडालाई पुर्ण रुपले बाइपास किन गरियो ? र गरिएको कार्य किन पारदर्शी छैन ?
९. भु–उपयोग नीति किन लागु गरिएन र सोही आधारमा गुरुयोजना कार्य किन गरिएन ?
१०. नयाँबस्तीहरु विकासको ठाउँहरुका ढल नालीको योजना किन आएन ?
११. पनौतीमा मनाइने जात्राहरुको सवालमा जेष्ठ पूर्णिमामा सम्पन्न गरिने जात्राका नाउँमा विनियोजित बजेट सार्वजनिक अडिट किन भएन ? नगरवासीले त्यसको बारेमा सुसूचित हुन पाउने कि नपाउने ? नेतृत्व इत्तर भएपछि जे पनि छुट हुने हो ?
१२. पनौती नगरका गौरवका योजना अन्तर्गत स्वास्थ्य केन्द्र निर्माणका नाउँमा विनियोजित गत वर्षको १ करोड कहाँ गयो ? र फेरि यो वर्ष पनि १ करोड विनियोजन गर्नुको रहस्य के हो ? के डिपिआर बन्नै २ करोड लाग्ने हो ?
१३. लायकु दरबार उत्खनन्का लागि किन बजेट विनियोजन गरिएन ? त्यस्तै तलेजु मन्दिर निर्माणको नाउँमा किन पारदर्शीता देखाइएन ? के धर्म, संस्कृति र परम्परा मास्नेतर्फ नगर नेतृत्व उदृत भएको हो ?
यी यावत कुराको कुनै स्पष्ट खाका नदेखिएका कारण र ५ वर्षमा ७ अर्ब भन्दा माथिको बजेट आउँदा समेत दीर्घकालिन र पनौतीबासीको विकास र समृद्धिका खातिर कुनै कार्य नहुनुले पनौती नगरको भविष्य अन्धकार देखेकाले तसर्थ हामी जननिर्वाचित प्रतिनिधिहरु वैधानिकता प्रदान गर्ने फड्के किनाराका साक्षी बनिरहन सक्दैनौं ! यस्तो स्वेच्छाचारी, निरंकुश, एकाधिकारवादी सोचको घोर भत्र्सना गर्दै आजको यो नगरसभा नेपाली कांग्रेसको तर्फबाट जनताको अमूल्य मतले निर्वाचित सम्पूर्ण साथीहरुको तर्फबाट बहिष्कार गर्दछौं । साथै आम नगरबासीमा समेत हाम्रा दृष्टिकोण सार्वजनिक गर्न चाहन्छौं भनिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0