Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १५, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मृत्युलाई शाश्वत सत्य मान्दा मान्दै स्वीकार्न सकिएन बाबु !

प्रभातफेरी अनलाइन ५१७२९ पटक पढिएको प्रकाशित मिति: २०७८ श्रावण १२, मंगलबार (४ साल अघि)
मृत्युलाई शाश्वत सत्य मान्दा मान्दै स्वीकार्न सकिएन बाबु !

प्रल्हाद शर्मा हुमागाईं

आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो टारेर र्टर्दैन त्यो,
इन्द्रै बिन्ति गरुन् झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो,

आँसुका दहमा नुहाउँछ चिसो पानी रुचाउन्न त्यो,
सुख्खा जर्जर अस्थिपञ्जर विना शैया बनाउन्न त्यो,
मैलो भष्मसिवाय अङ्गभरमा केही लगाउन्न त्यो,
हाहाकार सरी मिठो अरु कुनै संङ्गीत गाउन्न त्यो

स्रष्टा लेखनाथ पौडेलले काल महिमामा उल्लेख गरेका ति हरफहरु जसले नेपालीजनमा कालान्तरसम्म छाप छोडिरहने छ । जसको एउटा प्रतिबिम्ब बनेर एलेक्स थापा हाम्रो मानसपटलमा छाएका छन् ।
एलेक्स बाबु तिम्रो र मेरो के त्यस्तो सम्बन्ध थियो, आफ्नै हातले मिट्टी दिएर फर्किँदा पनि यो मानसपटलले विश्वास नै गर्दैन किन ? पलपल आँखा अगाडि छाइरहेका छौ तिम्रो त्यो हिस्सी अनुहार र खिस्स दाँत । कसै गरे पनि ओझेल परेन । कसैका लागि मृत्यु पनि ….
तिमीलाई जन्मदिने आमाले अन्तिम श्रद्धाञ्जलीका बखत एक पटक काखमा आउ न बाबु ! के मैले एक पटक बाबुलाई काखमा लिन पाउँदिनँ भन्दै गर्दा सिंगो हल भावव्हिल मात्र भएन, भक्कानिन समेत पुग्यो । सायद आँखा नरसाउने बिरलै हुनुपर्छ । अन्तिम श्रद्धाञ्जलीका लागि खोलिएको कफिनमा पुष्पवृष्टि मात्र थिएन, प्रत्येकका आँसु जोडिएका थिए । पलपल भक्कानिएकाहरुको लामै लर्काे थियो । सिंगो हलले नियाल्दै थियो, भन्दै थियो बाबुको बाबा खै ? ना जवाफ थियो हल, बस् शुन्य ! आमाको मन न हो ! त्यो पनि संघर्षपूर्ण जीवनका यात्रामा ड्युटीमै सँगसँगै मातृत्व प्यार अनगिन्ती प्राप्त बाबु तिमी । तर सबैको बाबु, जन्म दिने आमा एउटी, कर्मदिने दर्जनौं आमाहरुको प्यारो बाबु तिमी । शालिन स्वभावकी ति आमा कसैको आँखामा राख्दा पनि नबिझाउने जसको कारण एलेक्स तिमी सबैका बाबु थियौ । कसैले पनि कल्पना गरेका थिएन आज यो बज्रपात आउला भनेर । ढुंगामा बजारे पनि कुनै घुन पुतली लाग्ने सम्भावनै थिएन तर यो अकल्पनीय घटनाले सबलाई मर्माहित बनाउन पुग्यौ बाबु तिमी ।
विधिको बिडम्बना ! शनिबार दिउँसो एकाएक सपना हो कि विपना हो सुन्नै नसकिने खबरले सबैका आँखामा कालो बादल ढाकेर सनसनी फैलाए । यो पंक्तिकार पनि त्यसको सिकार नभएको होइन । विश्वासै गर्न सकिनँ ! बाबुको अ्यान्टीको पनि हालत उही थियो । मोबाइलमा घण्टीहरु बजिरहन्थे तर पनि पटक्कै विश्वास लागेको थिएन अकल्पनीय घटनाका बारेमा । शनिबार दिउँसो ४ बजेदेखि आइतबार बिहान ४ बजेतिरै सामाजिक सञ्जालमा जुन शब्द पोखिन पुग्यो, त्यो पनि तिम्रो ठूलो बाबाले, तब स्वीकार्न बाध्य भएँ ! कहिलेकाहिँ यथार्थ स्वीकार्न गाह्रो हुँदो रहेछ । १२ घण्टासम्मको मेरो प्रतिक्षा र विश्वासलाई तोड्दै म हार्न पुगेँ, म निरिह भएँ, कर्कलो गलेझैं गलेँ, तिमीले जित्यौ बाबु । मेरी गृहलक्ष्मीको पनि हालत झण्डै दयनीय बनायो । किन पो, यो अवस्थामा पु¥यायो बाबु ? तिम्रो त्यो खिसिक्क मुस्काउने मोहनी मुहार मैले कसै गरेपनि मानसपटलबाट बिदा गराउन सकिनँ । अनि तिमीलाई हृदयदेखि नै “मेरो एलेक्स दादा” यो वाक्य पनि मेरो मानसपटलबाट कहिल्यै हट्ने भएन । सम्भवतः ८÷९ वर्ष अघिको हुनुपर्छ मेरो मुटुको धड्कन सानो बाबु तिम्रो प्यारो भाइ प्रविणराजले सम्बोधन गरेको त्यो वाक्य पटक–पटक ठोकिन आउनु अनि मेरो मुटुको धमनी बनेर बस्यो ।
मानिसको मृत्यु शाश्वत यथार्थ हो । कुनै पनि शास्त्रमा अजम्बरी छैन तर मरणका पनि प्रकृति हुन्छन् । कसको मरण कस्तो, कसरी यसमा निर्भर भएको देखिन्छ । स्वीकार्नै नसकिने मृत्युवरणभित्र पर्ने पुत्रशोक । यस किसिमको आघात आफैंलाई मार्छु भन्ने शत्रुलाई पनि नपरोस् भनिन्छ । यस किसिमको किंकर्तव्यविमुढ प्रतिबिम्ब सुनीजीका १९ बसन्तपछि पनि अझै बज्रपात बनिदियो पापी दैव ! आँसुका भेल रोकिएका छैनन् । छिनछिनमा होस विहिन बन्न विवश हुनुको विकल्प ति आमासँग छैन । जीवनको आशाको धरोहर गुमाउनुको पिडाका बारेमा चर्चा गर्ने शब्द नै छैन । बाबु तिम्रो अन्तिम श्रद्धाञ्जलीमा सहभागिता जनाइरहँदा तिम्रो कमाइ देख्दा एकपटक फेरि भक्कानिन विवश भएँ । छोटै अवधिमा गर्नुपर्ने सबै कर्म सकाएर जीवनभर बिर्सन नसक्ने खोप लगाएका छौ । फेरि पनि तिमीप्रति श्रद्धासुमन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

    Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

    Post Thumbnail

    संघीय संरचना अनुसार नेपाल रेडक्रस सोसाइटी बिकेन्द्रीकृत ढांचामा गएको छ ।

    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0