बिपशना शाक्य
“हिलोमा कमल फुल्छ” शाश्वत सत्यलाई आत्मसाथ गर्दै आएका छौं । त्यस्तै स्वास्थ्यको नामसम्म नसुनेका नेपाली जनहरुलाई कोरोनाले एकपटक स्वास्थ्य र उपचार के हो भन्ने अनुभूति गर्ने समेत अवसर जुटाइदियो । कोभिड–१९ ले राम्रो सन्देश दियो भन्न खोजेको होइन तर नेपालीहरुका लागि यो एउटा अवसर बनिदियो । मुलुकका कुनाकन्दरासम्म जहाँ अझै पनि सडक सञ्जालले छुन सकेको थिएन, त्यहाँ कोभिडले छोइदियो । बाध्य भयो राज्यसत्ता, जसले स्वास्थ्य र उपचार पु¥याउनुको विकल्प भेटेन । अनकन्टार बस्तीका निमुखा जनताले स्वास्थ्यको अनुहार देख्ने र भोग्ने अवसर पाए । यो यथार्थ भुल्न सकिने रहेन ।
यदि कोभिड–१९ ले महामारीको रुप नलिएको भए नेपालका कुनाकन्दराले अझै कति वर्ष स्वास्थ्योपचार प्रतिवेदनमा मात्रै सुन्ने थिए । यो यथार्थले धेरै कुराहरुलाई सम्बोधन गर्छ । ध्वंशपछि पुनर्निर्माण भनेजस्तै कोभिडले पनि नेपालीहरुमा स्वास्थ्यको महत्व देखाइदिएको छ । जुन किसिमको महामारी प्रवेश ग¥यो, त्यसले स्वास्थ्य र उपचारको महत्व जन–जनमा जगाइदियो । आज जे जस्तो अवस्थामा हामी छौं, त्यसले स्वास्थ्यको लागि खबरदारी गरिदिएको छ । यसको पछाडि कोभिड–१९ लाई लिन सकिन्छ ।
यो अवस्था निकै चुनौतीपूर्ण छ । जुन कुरा भन्न खोजिएको छ, त्यसले आजको महामारीको उग्र रुप कोभिड–१९ नै हो । यसमा दुईमत छैन । तर कोभिडसँगै सुरु भएका विभिन्न स्वास्थ्य सम्बन्धी अन्य समस्याहरुलाई पनि हामीले मध्यनजर गर्नुपर्छ भन्ने महसुस हुन आवश्यक छ ।
यसले साना बालबालिकादेखि वृद्धवृद्धाहरु सम्मलाई प्रभावित पारेको छ । कोरोनाले स्वास्थ्यसँगै शिक्षा, पर्यटन, व्यवसाय आदिमा ठूलो असर पु¥याएको छ । सम्भवतः सहज रुपमा यि क्षेत्रहरु उठ्ने सम्भावना छैनन् । त्यसका लागि सरोकारवाला पक्ष गम्भीर हुन आवश्यक छ । यो समस्याले सबैको ढाड सेकाएकै छ, सबैलाई लडाएकै छ । कोरोनाकै कारण बालबालिकाको शिक्षा अन्यौलमै छ । प्रायः विद्यालय बन्द नै छ । भन्नलाई त अनलाइन कक्षा सञ्चालन गरेको छ तर अनलाइन कक्षा नेपालको भू–बनौटसँगै पहुँचको आधारमा हेर्ने हो भने ५७ प्रतिशत प्रभावविहिन रहेको त्यससँग सरोकार राख्ने विज्ञहरुले तथ्यांकै निकालेर विरोध जनाएका छन् । त्यति हुँदाहुँदै पनि त्यसैको औचित्यता प्रष्ट्याउन खोज्नुलाई के भन्ने ? जुन ठाउँका बालबालिकाहरुको लागि यो चुनौतिपूर्ण विषय रहेको छ । विद्यालय बन्द भएसँगै बालबालिकामा केही हदसम्म कोरोनाको नकारात्मक असर परेको महसुस गर्न सकिन्छ । यस्ता नकारात्मक असरलाई सकारात्मक परिणाम ल्याउन सामाजिक अभियन्ता सँगसँगै राज्यको महत्वपूर्ण उपस्थिति रहन्छ । त्यसैले राज्यले आफ्नो उपस्थितिलाई भूगोल अनुसार परिमार्जित गरेर अगाडि जानुको विकल्प छैन । आज जुन समस्या महामारीको रुपमा आएको छ, त्यसको निराकरणका लागि अपनाइएका विधिहरु नितान्त हचुवा रहेको परिणामले देखाएको छ । आज शिक्षालाई जुन किसिमबाट प्रहार गर्ने काम भएको छ, यसले नेपाललाई वर्षाैं पछाडि धकेलेको सहजै अनुमान गर्न सकिन्छ । त्यसैले शिक्षा र स्वास्थ्यको क्षेत्रमा वैज्ञानिक मापदण्ड अपनाउँदै निरन्तर शैक्षिक संस्थाहरुलाई भौतिक रुपमा अगाडि बढाउनु आजको महत्वपूर्ण पक्षका रुपमा लिन आवश्यक भएको छ ।
त्यस्तै स्वास्थ्य क्षेत्रमा पनि कोरोनाले अन्य रोगहरुलाई पछि पार्दै आफू निकै तीव्र गतिमा अघि बढेको छ । मानौं कि कोरोना र अन्य रोगबीच एकआपसमा कसले जित्ने भनेर प्रतिस्पर्धा गरेजस्तै भएको छ । जसको कारण आजभोलि मानिसहरु अस्पताल जानसम्म पनि हिच्किचाउँछन् । “जे भए नि कोरोना हो भन्छन्, दुर्घटना भएर अस्पताल पुग्दा नि कोरोना, सामान्य अन्य रोग लाग्दा नि कोरोना भन्छन्” यस्ता खालका भनाइ धेरै सुन्नमा आएको छ । सायद यही कारणले पनि होला अन्य रोगहरुबाट संक्रमित मानिसहरु पिडित भएका छन् । दीर्घ रोगहरुको समयमा उपचार नपाई अकालमै मृत्युलाई अपनाउनु परेको छ । हुन त कोरोनालाई हराउन सबैजना आ–आफ्नो क्षेत्रबाट प्रयास नभएका होइनन् तरपनि सोचे जस्तो परिणाम पाउन भने अझै सकेको छैन, झन्–झन् नयाँ–नयाँ भेरिएन्टको सिर्जना भएको छ । कोरोनाबाट बच्नका लागि भनेर भ्याक्सिन त नेपाल भित्रिएको छ तर त्यसको सही व्यवस्थापन भएको पाइएको छैन ।
कोरोनाले शिक्षा, स्वास्थ्यमा असर पारिरहँदा रोजगारी र पर्यटन क्षेत्रलाई पनि यसले छोडेन । बाह्य पर्यटन आउनुको त टाढाको कुरा, आन्तरिक पर्यटनसम्म पनि भित्रिएको छैन । बडो मुस्किलले लगानी गरेर सुरु गरिएको व्यापार, व्यवसायलाई ठप्प पार्दै व्यवसायीहरुको ढाड कोरोनाले उठ्नै नसक्ने गरी सेकाएको छ । वैदेशिक रोजगारबाट फर्केका कति नेपालीहरु आफ्नै देशमा केही गर्छु भन्नेहरु पनि अन्यौलमै छन् । लगानी गरेर नयाँ व्यवसाय सुरु गरौं भने अहिलेको परिस्थितिले दिँदैन, कतै जागिर नै खाउँ भने पनि भएका कर्मचारी पनि निजी संघ संस्था, कम्पनीले कटौती गर्दै आएको छ । यो अवस्थामा नेपाली युवाहरु फेरि पनि विदेशी भूमिमै फर्किनुको कुनै विकल्प देखिँदैन ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |