Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

हेलचेक्¥याई गर्दा कोरोना फैलँदै

प्रभातफेरी अनलाइन ३९९४ पटक पढिएको प्रकाशित मिति: २०७८ भाद्र २, बुधबार (४ साल अघि)
Post Thumbnail

कोरोना महामारिको तेस्रो लहर फैलिएको आशंका गरिएको छ । कोरोना रोकथामको लागि सम्बन्धित निकायले निषेधाज्ञाको सुचनाहरु निरन्तर रुपमा जारी गरीरहेको छ । तर सुचना सुचनामै सिमित हुंदा समस्या आउने प्रवल संभावना रहेको छ । सुचना जारी गरिन्छ, व्यवहारमा उतारिदैन जसको कारण सुचना जारी गर्नुको कुनै अर्थ रहेको छैन । नियमित रुपमा मास्क लगाउंदा पनि संक्रमण फैलनबाट कम हुने अनुसन्धानबाट पुष्टि भएको छ । जसको कारण साताव्यापि मास्क अभियान सुरुगरियो तर अभियान अभियानमै सिमित भयो । सम्बन्धित निकायले जारि गररेको सुचनाको खिल्लि उडाउंद शुभ अशुभ कार्यहरुमा ठुलै लर्को, राम्रै जमघट हुने गरेको छ । जसको कारण रोग फैलन सहज भएको छ ।
सार्वजनिक यातायातमा यात्रागर्ने मात्रै नभएर साउन महिनाको सोमबार शिव मंन्दिरहरुमा लाग्ने गरेको भिड सामान्य अवस्थामा भन्दा कमि छैन । जुन भिडभाडमा माक्स लगाउनेहरु विरलै देख्न पाईन्छ । यदा कदा कसैले मास्क लगाएपनि आफन्तसंग भेटघाट हुंदा मास्क खोलेर रमाउने गरेको देखिन्छ । नातागोताको घरघरमा आवत जावत कमी छैन । विगत सामान्य अवस्थामा जस्तै पाहुना लाग्ने गरेको देखिन्छ । आफन्तको घरमा गएर सामान्य सामाजिक दुरी समेत कायम गरिएको पाइन्न । सनबुनपानीले हात धुने या त सेनिटाईजर प्रयोग गर्ने कार्य ह्वात्तै घटेको छ । सामान्य चिया पसल, होटलहरुमा स्वास्थ्य मापदन्ड भन्ने कुन चराको नाम साबित भएको छ । स्वास्थ्य मापदण्ड कायम गरी सामाजिक दुरु कायम नगर्ने हो भने भयावह स्थिति आउने समय नजिंकदो छ ।
विगतमा कसैलाई कोरोना पोजेटिभ देखिएमा उसंग संम्सर्गमा आउनेहरुको परिक्षण गरिन्थ्यो, पछिल्लो समय सो कार्य बन्द भएको छ । नेपालमा कोरोनाको महामारीको सुरुवातिको अवस्थामा घरमा एकजनालाई पोजेटिभ देखिदा अरुलाई नसरेको धेरै उदाहरणहरु रहेका छन् । तर हालको समयमा एका घरमा कसैगाई पोजेटिभ देखिएमा परिवारका सवै सदस्यलाई देखिने गरेको छ । नेपालमा कोरोनले पाईलो टेक्दै गर्दाको अवस्थामा बाध्यताबस भिडभाडमा समावेस हुनु परेको अवस्थाबाट घर फर्कने क्रममा गुप्तबास अनिवार्य थियो तर हालको अवस्था ….? । साउन महिनाको सोमबारे ब्रतमा स्वास्थ्य मापदन्ड पालना नगरी संम्बन्धित निकायको सुचनालाई उलंघन गर्दै शिव मंदिर धाउनेहरुका कारण संक्रमण फैलन सहज भएको अनुमान गरीएको छ । महिलाहरुको प्रमुख चाड तिज नजिकदै छ, ज्न समयमा पनि सम्बन्धित निकायले जारी गरेको सुचनालाई उलंघन गर्नेलाई कारवाहीको दायरामा ल्याईएन भने कोरोनको महामारी थप भयाबह हुन सक्छ ।
कतिपय सर्वसाधारणमा चेतनाको कमिको कारन स्वास्थय मापदन्ड पुरा नगरेको हुन सक्छ त कतिले हेलचेक्¥यार्ईले गर्दा । कोरोनाको महामारीबाट बच्नको लागि जनचेतनामुलक कार्यलाई थप मजबुत बनाउन जरुरी रहन्छ । सर्वसाधारण व्यक्तिमा जवसम्म चेतनाको बिकास हुदैन तवसम्म कोरोना नियन्त्रण गर्न कठिन हुन्छ । कोरोना नियन्त्रण हुन नसकेमा मुलुकमा लकडाउन अनिवार्य हुन्छ । जसको कारण सामान्य परिवारमा जटिल समस्या उत्पन्न हुनको साथै मुलुकमा आर्थिक समस्या आउने भएकोले लकडाउन गर्नु पर्ने बाध्यातमक अवस्थाबाट जोगिनको लागि सर्वसाधारण जनतामा चेतना साथै सम्बन्धित पक्षले जारी गरेको सुचनाको उलंघन गर्नेलाई कानुनि दायरामा ल्याउन आवश्यक रहन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0