Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २७, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सन्नाटाको लय ः समयचेतले भरिपूर्ण कविता

प्रभातफेरी अनलाइन ५७७९ पटक पढिएको प्रकाशित मिति: २०७८ भाद्र ९, बुधबार (४ साल अघि)
सन्नाटाको लय ः समयचेतले भरिपूर्ण कविता

प्रदीप सापकोटा
पनौती–१, रयाले, काभ्रे

 

काभ्रेको पनौतीका नरेन्द्रकुमार नगरकोटी नेपाली कवितामा परिचित नाम हो । कविता लेखनसँगै उनी बालसाहित्यको क्षेत्रमा पनि क्रियाशील छन् । यिनमा सम्पादनको अनुभव पनि छ । कवितामा इमानदार भएर पोखिनु उनको विशेषता हो ।उनी जति सरल देखिन्छन्,कवितामा पनि उतिक्कै क्षमतावान।वर्तमान पुस्तामा सक्रिय कवि नगरकोटी नेपाली समाजको पछिल्लो समयका कुरुपता, अन्योल र बेथितिविरूद्ध शान्त र सौम्य मुद्रामा प्रस्तुत हुने सामथ्र्य राख्छन् । वर्तमान विसंगत समाजको जीवन्त चित्रण गर्छन् उनी । नरेन्द्रमा कवितालाई कविता जस्तै बनाएर लेख्न सक्ने खुबी छ ।
नगरकोटीको पहिलो कवितासङ्ग्रह ‘सन्नाटाको लय’मा जम्मा २८ थान कविता सङ्ग्रहित छन् । छोटा कविता, सिर्जनात्मकताले भरिपूर्ण छन् ।कविताहरू गतिशील नदीजस्तै आफ्नै प्रवाहमा सलल बगेका छन् । नेपाली समाजको चित्र र नेपाली मान्छेका ढुकढुकी देखिन्छ कविताभित्र ।


सम्प्रेषण गरिएका कविता यथार्थजन्य भावमा बहन्छन् ।नगरकोटीका प्रत्येक कविता आफैंले भाव दिन्छन् । समकालीन यथार्थलाई मज्जैले उजागर गर्न सफल छन् कवि ।हाम्रा जनहरूका मार्मिक व्यथाहरू राम्रैसँग उधिनेका छन् आफ्ना कविताहरूमार्फत उनले । जीवनका अनेकौं मोडहरूमा खडा भएर इमान्दारपूर्वक लेखेका छन् ।
स्वार्थले घर गरेको यो युगमा निस्वार्थको हुन सक्ला, शान्तिको नारा जपेर अशान्तिको कुरूपतामा बास गरेको वर्तमान समयमा न्याय पनि बिकेको छ । समयको बहाव असामान्य भएको छ । शान्तिको नाम केवल जप्ने कुरा मात्र भएको छ । माटोको सुगन्धित वासना गन्हाउने दुर्गन्धमा परिणत भएको छ । स्वतंन्त्रतामा भ्रम छरिएको छ ।
शालीन शब्दहरूमा ‘सन्नााटाको लय’मा पोखिएका छन् खप्पीस कवि । कवितामा कवि निक्कै गहन र ओजपूर्ण भाषाको प्रयोग गर्न सिपालु देखिएका छन् । अर्काे कविता ‘मार्च ८ मा बा’को सम्झना’ कविको आफ्नै बुवाप्रति समर्पित भएर लेखिएको जस्तो भान हुन्छ । आफ्ना बालाई आँखाको नानीमा बिम्वित गरेर कवि सामान्य कखरा मात्र पढेका बा उतिबेला पनि सचेत थिए, जस्तै दुःखसँग पनि आफुलाई आत्मसमर्पण गरेनन् उनले भनेर बाको महानताको प्रशंसा गरेका छन् ।
किताब र कविताको उपादेयता नबुझ्नेहरूप्रति लक्षित छ,‘रापिलो कविता’।यो कवितामा राजनीतिको प्रभाव झल्किएको छ । उनले यस कवितामा किताब बाख्राको ओछ्यान बन्नुको दोष सत्तालाई लगाएका छन् न कि उनकी आमालाई कहिल्यै पढ्न बाध्य पारेन।गरिबी र भोकको कारण खानेकुरासँग भाइबैनीहरूले किताब साट्न परेको प्रसंग छ यस कवितामा । यो सब अवस्था सृजना हुनुमा राज्य नै दोषी भएकोले एक दिन कविता नै जल्दा त्यसबाट निस्केको राप निभाउन गाह्रो हुने कविको ठोकुवा छ । रापिलो कविताले प्रतिकात्मक अर्थ दिएको छ । यसले राजनीतिको विसंगत र विकृत पक्षलाई बिम्बित गरेको छ ।
‘तृप्ति’ कवितामा प्रेम र प्रणयलाई मुखरित गर्ने प्रयास गरेका छन् कविले । यो कविताको सौन्दर्यलाई थप मिठासपूर्ण बनाउन तारापुञ्ज, गुँरासे ओठ, प्रेमिल प्रतिबिम्ब, गालाका खोपिल्टा आदि प्रतीकहरू कवितामा प्रयोग भएका छन् ।‘ढुकढुकीको आवाज’ले सानु आकाशमुनि बसेकी पुरानो संस्कार र संस्कृतिमा हुर्केकी प्यारीले आफ्ना खसम बिहानी झिसमिसेमै ओछ्यान छोड्दाको परिस्थितिको चित्रण छ । यसमा गाउँ छोडेपछि आएका परिवर्तन झल्काइएको छ ।
‘अर्काे एउटा गीत’,‘स्खलित आस्थाको सन्झ्यालबाट’ आदि कविता क्रान्ति–बिम्ब प्रयुक्त लाग्छन् । यी कविता प्रतीकात्मक रूपले ब्यवस्थाका विसंगतिहरूको बारेमा बोल्छन् । अक्षरहरूको वकालत गर्छन् । गीतमार्फत क्रान्ति र आम मान्छेका दैनिकीमा परिवर्तन ल्याउने सपना बोकेको कुरा गर्छन् । विश्वास भत्किएको कुरा गर्छन् ।‘सपनाको अवशेषमाथि एउटा कविता’नेपाली समकालीन कवितामा देखिने स्वप्नबिम्बको यो कवितामा प्रशस्तै प्रयोग गरिएको छ । सपना देख्दा पनि सुन्दर देख्न सक्नुपर्छ । शीतल र उज्यालो देख्नुपर्छ । यो कवितामा स्वप्नप्रतीक दृष्टिकोण झल्किएको छ । केही भोलिप्रतिको आशावादी भाव ओकलेको छ यसले ।रोटीजस्तै बेलेर दुःखगरि गरि विदेशी भूमिमा केही कमाएर पठाएको पैसाबाट मोजमस्ती गर्नेहरूप्रति उनी रोष प्रकट गर्छन्,‘रेमिट्यान्स धुन’मा ।एउटा श्रमिकको मनको आँखाबाट बोलाइएको छ यहाँ ।कति यथार्थपरक छ यो कविता ।विदेशमा रेमिट्यान्सका लागि हरपल घोटिएको व्यक्तिको दुःख र पीडा बोल्छन् कवि ।
‘राष्ट्रवादको मौसम’मा कवि वर्तमान नेपाली समयको त्रासदीलाई औल्याँइरहेका छन् । छिमेकीले नेपाली भूमिमाथि गरेको बलात हस्तक्षेपलाई राजनीतिका बागडोर सम्हालेर बसेकाहरू मौनता साँधेर बसेकोप्रति लक्षित लाग्छ यो कविता ।यस्तो बेला कविको आफ्नो भूमिप्रतिको माया हृदयको स्पन्दनबाट निस्केर कापीमा गीतको रूपमा पोखिन्छ । किनकी कवि सचेत वर्ग हो ।
‘छोरीलाई बाको सम्बोधन’ मार्फत चरम भावुकतामा बहेर कविले एउटा आम नेपाली बाबुले छोरीका रहर, भविष्यप्रति आशावादीता पोखेका छन् । छोरीको भावी जीवनको गोरेटो खन्न सक्ने हो कि होइन चिन्ता छ उनलाई ।छोरीले बिहानीको झिसमिसेमै जाँतोमा आफ्ना कैयन सपना पिंधेकोप्रति एउटा बाबुलाई कठोर पीडाले भत्भती पोल्छ पो । तर पनि आशावादी हुन छोड्दैन एउटा बाबु ।
संग्रहमा ‘समयको एउटा स्केच’, ‘मेटामोर्फाेसिस’, ‘मई १ मा मजदुर’ ,‘माटोमाथि उभिएर’ जस्ता राम्रा कविताहरूले कविलाई वर्तमान समकालीन कविहरूको पंक्तिमा अग्रस्थानमा उभ्याएको छ ।उनी प्रगतिवादी चेतका कवि हुन ।कविको रचना उसको विचार हो ।भावना हो ।मनको स्पन्दन हो । अनुभूति हो । यसैले यस कृतिमा पनि कविले त्यही विचार,भाव,मनको स्पन्दन र अनुभूतिहरूलाई निर्वाध रूपमा अभिव्यक्त गरेका छन् ।
प्रायःजसो कविताको भाषा बिम्बात्मक र प्रतीकात्मक लाग्छन्।विद्रुप समाजको अवस्था,स्वार्थले विचारमा आएको स्खलन, नैतिक क्षति,जीवनका दुसाध्य, मानवमूल्यको पतन, गरिवीको कारूणिक अवस्था, समाजप्रतिको दायित्ववोधले भरिपूर्ण विषयहरूमा नरेन्द्रले कविताका विषयवस्तु बनाएका छन् । कविता खेतीमा जमेका नरेन्द्र वर्तमान पुस्ताका अग्रगामी चेतले भरिपूर्ण कविमा दरिएका छन्।मानवीय संवेदनशिलताका पाटाहरू उजागर गर्न सफल भएका छन् । कविताहरू सौन्दर्यचेतले भरिपूर्ण छन् ।
कवितामा उनी जीवनवादी बोल्छन् । समसामयिक विकृत यथार्थप्रति शालीन ढंगले प्रहार केन्द्रित गर्छन् ।देशप्रेमको नाममा गद्धारी गर्नेहरूप्रति धावा बोल्छन् ।जीवनका विभिन्न सप्तरंगी फूलहरू रोप्छन् । आफ्ना वरपरका परिवेश वरिपरिका असंख्य अनुभूतिहरू अभिव्यक्त गर्छन् शौम्यतापूर्वक। मानव जीवनका विभिन्न वृत्तिहरु उनले सचेततापूर्वक बाहिर ल्याएका छन् । हाम्रो सामाजिकतालाई मुल धरातलमा राखेर उनका कविता यहि भित्रका विविध पाटोमा रहेको प्रतित हुन्छ ।
भन्न सकिन्छ समकालीन जीवनका विभिन्न समसामयिक पक्षहरूलाई स्पष्ट चित्रण गर्न सन्नाटाको लयमा कवि सफल देखिन्छन् । उनलाई कवितात्मक उचाई चुलिने सम्भावना बोकेका कविको रुपमा मुल्याँकन गर्न सकिन्छ । शुभकामना ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0