logo
२०८३ अषाढ ५, शुक्रबार |
📰
🔍

गजल

प्रभातफेरी अनलाइन३७९४ पटक पढिएको प्रकाशित मिति: २०७८ आश्विन ५, मंगलबार(४ साल अघि)
गजल

बिक्रम दुखुन राई
फालेलु·–६, पाँचथर, हालः मलेसिया

जिन्दगी बर्षौ बित्यो दिन गन्न बाँकी छ ।
मर्छु होला पुर्ने खाडल खन्न बाँकी छ ।

खासमा निमुखा थिए खुद हार बेहोर्दा,
प्रेमको अब्बल खेलाडी भन्न बाँकी छ ।

आऊ हातेमालो गर्दै अघि बढौँ हामी,
जिन्दगीमा गर्न यात्रा टन्न बाँकी छ ।

कर्कलाको पानी झैँ कतिखेर खस्ने हो,
जिन्दगानी घाम छायाँ धन्न बाँकी छ ।

विश्वब्यापी रूपमा नै फैलियो हैजा,
भोक मेट्ने एक अँजुली अन्न बाँकी छ ।