प्रभातफेरी अनलाइन२८४९ पटक पढिएको प्रकाशित मिति: २०७८ आश्विन १२, मंगलबार(४ साल अघि)
आर्य अयुषा
सिन्धुपाल्चोक
हुन्छ ‘नाफा’ को किटानी के भयो ?
तिम्रो जिब्रोको लगानी के भयो?
के बिझाएकै हो तिम्रो शिर यहाँ,
मेरो छातीको सिरानी के भयो ?
फेरि के सोच्यौ र किन हो गफर्कियौ,
गर्छु भन्थ्यौ मानहानी के भयो ?
आज हामी पो बिरानो हुन पुग्यौं,
हाम्रो मायाको कहानी के भयो ?
जिन्दगीसँग आगो तुलना गर्दथ्यौ,
दम्भ पानी या खरानी के भयो ?