Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सौन्दर्यमा आमा

प्रभातफेरी अनलाइन ३०११ पटक पढिएको प्रकाशित मिति: २०७८ आश्विन २६, मंगलबार (४ साल अघि)
सौन्दर्यमा आमा

लघुकथालाई आख्यानको लघुत्तम विधा मानिन्छ । सरल, छोटा, प्रतिकात्मक, प्रभावपूर्ण कथानक अभिब्यक्ति भएको लघुकथा राम्रो मानिन्छ । नेपाली भाषा साहित्यको लघुतम विधाको रुपमा लघुकथाले स्थान बनाइसकेको छ ।
जननी, धर्ती, ममताकी प्रतिमूर्ति आदि जे जे उपमा बनाएर बुझेपनि आमा शब्द आफैंमा महान छ । निस्वार्थको पर्याय हुन् आमा । आमा शब्द कति धेरै बलशाली छ । ब्यापक छ । आमाको ममता तुलना नै अरु केही वा कोहीसँग हुन सक्दैन् । यसैले आमाको महिमा बडो उचों छ । यस्तो महत्वपूर्ण ब्यक्तिको बारेमा अनेकानेक बिम्ब प्रयुक्त गरि ‘सौन्दर्यमा आमा’ भरिएको छ ।
‘सौन्दर्यमा आमा’ लघुकथा संग्रहभित्र ११२ वटा श्रष्टाका सृजनाहरुमा आमालाई सजाइएको छ । आमालाई केन्द्रभागमा राखेर बनेका यी लघुकथाहरुमा आमाको गरिमा, सम्मान, आमाको माया, भोगाई, ब्यवहार आदिको बारेमा चर्चा गरिएको छ । आमालाई बिभिन्न प्रतीक, बिम्बहरु वा आमासँग सम्बन्धित कुराहरुमा रचनाहरु बगेका छन् । आमाको महिमा, आमाको महानता, आमाको ममत्व र आमाको मनसँग कथाहरु जोडिएका छन्।कतै आमाको ममत्वको छहारी पस्किएको छ त कतै आमालाई छोराछोरीले गर्ने दुब्र्यवहारको फेहरिस्त उजागर गरिएको छ। आमालाई सम्मान गर्न जोड दिइएका कथानकता छन् कुनैमा भने कुनैमा आमाले दशधारा दुध पिलाएर आफुले दुःख, कष्ट सहेर आफ्ना सन्तानको सुखको लागि गरेका दुखहरुका कथा छन् ।
साँच्चै आमा करुणाकी खानी हुन् । आमाको महिमा ब्यक्त गर्ने शब्द पनि दुनियाँमा छैन्।आमा जति दयालुभाब,आमा जति सहिष्णुताकी प्रतिमूर्ति दुनियाँमा कोही हुन सक्दैन् । यस्ती आमाको बारेमा विभिन्न रुप र दृष्टिकोणले भरिभराउ कथाहरुले सजिएको छ सौन्दर्यमा आमा।आमाको बारेमा सकारात्मक मात्र हैन् आमालाई हेंला गर्ने, विदेश पलायन भएपछि भुल्ने, दुःख र पीडामा राख्ने सन्तानहरुका कथा पनि छन् यसमा। आमा भूगोल, जात भाषा वा संस्कृतिको भएपनि आमा नै हो ।
आमाको बारेमा धेरै कथाकारहरुको एउटै कृति तयार बनेको सायद यो पहिलो लघुकथा संग्रह हुनुपर्छ। साहित्यकार ममता मृदुलले सम्पादन गर्नु भएको यो कृति आमालाई केन्द्रीयतामा राखी तमाम समकालिन समाजका यथार्थहरुको प्रकटिकरण गरिएको कार्य निश्चय नै सह्रायिन छ । लघुकथा समाजले प्रकाशित गरेको यो लघुकथासंग्रह निश्चय नै पठनिय बनेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
पुस्तक समिक्ष्या सम्बन्धि थप
  • कवितामा अनन्त

    कवितामा अनन्त

  • मोति शोभा श्रेष्ठको अक्षर मोह र अल्झेका धागाहरु

    मोति शोभा श्रेष्ठको अक्षर मोह र अल्झेका धागाहरु

  • सूर्यका कविताको प्रवृत्तिगत विश्लेषण लोकार्पण

    सूर्यका कविताको प्रवृत्तिगत विश्लेषण लोकार्पण

  • ‘ओ पेङ्दोर्जे’ कवितासङ्ग्रहमा राजु स्याङ्तान

    ‘ओ पेङ्दोर्जे’ कवितासङ्ग्रहमा राजु स्याङ्तान

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0