logo
२०८३ अषाढ ५, शुक्रबार |
📰
🔍

मुक्तकहरु ः

प्रभातफेरी अनलाइन२४२९ पटक पढिएको प्रकाशित मिति: २०७८ आश्विन २६, मंगलबार(४ साल अघि)
मुक्तकहरु ः

राधेश्याम लेकाली

१. सत्ताको आडमा जे गरेपनि हुँदोरैछ
बस्त्रै नलगाई सडकमा हिंडेपनि हुँदोरैछ
नीजि स्वार्थको लागि देशसँग गद्दारी गर्नेहरुले
यो देशको सम्पदा जे जे पनि बेचे हुँदोरैछ ।

२. जो कोही छन् आज बेइमान
जो कोही बेच्छन् आज इमान
उनीहरु नै आज सम्मानित छन्
जो गरिरहेछन् हाम्रो अपमान ।

३. निरंकुशताले विद्रोह र पछि युद्ध जन्मायो
युद्धले पीडा, यातना र अराजकता जन्मायो
कति सहने निरीहले दुई शक्तिको द्धन्द्ध ?
मोह, ईष्र्या र षड्यन्त्रले देशलाई सत्तम बनायो ।